काठमाडौं-पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले मधेस अान्दोलन र भारतीय नाकाबन्दीलाई एकै दर्जा दिएर नबुझ्न अाग्रह गरेका छन्।
उनले मधेस अान्दोलन भारतीय नाकाबन्दी भन्दा ४० दिन पहिले नै सुरू भएको भन्दै अान्दोलनकारीका जायज माग कुन हदसम्म पूरा गर्न सकिन्छ त्यो तत्काल गर्नुपर्ने बताए। नाकाबन्दी र मधेस अान्दोलनलाई छासमिस गरेर जनतालाई भ्रमित गर्ने काम बन्द गर्न उनले अाग्रह गरेका छन्।
मधेस अान्दोलन अान्तरिक समस्या हो भन्दै उनले सार्थक वार्ताबाट समाधान खोज्न सरकारलाई सुझाव दिए। उनले नाकाबन्दी भन्दा ४० दिन पहिले सुरू भएको मधेस र थारूहटको अान्दोलन नेपाली जनताकै अान्दोलन भएको भन्दै त्यसलाई अोझेलमा पारेर नाकाबन्दीसँग मात्रै त्यसलाई जोडेर चर्चा हुनु गलत भएको बताए। भारतीय पक्षको नाकाबन्दी नाजायज र गलत भएको भन्दै कुटनीतिक वार्ता मार्फत त्यसलाई हल गर्नुपर्ने उनले प्रष्ट पारे।
नयाँ शक्तिबारे
नयाँ शक्तिको प्रचारात्मक अभियान सुरू भएको भट्टराईले बताए। नीति, विचार र कार्यदिशाको अहिले नै टुंगो नलागेको उनको भनाइ छ। ‘नयाँ घर बन्न लागेको छ, यो घरमा पुराना घरको छानो, भित्तो, खाँबो ल्याएर राख्ने भन्ने हुँदैन’ भट्टराईले भने ‘हामीले जगैदेखि नयाँ घर बनाउँदै छाैं, अहिले यो पार्टी भैसकेको पनि छैन र कुनै पार्टीसँग एकता हुने भन्ने हल्ला र अनुमान मात्रै हुन्।’
भट्टराईले संघीय समाजवादी फोरम वा अन्य कुनै दलसँग पार्टी एकता हुने हल्ला मात्र भएको बताए।
राजधानीमा आइतबार र सोमबार आयोजना गरिएको नयाँ शक्ति अभियान उद्घाटन समारोह पछि मंगलबार आयोजीत पत्रकार सम्मेलमा भट्टराईले नयाँ शक्ति अहिले पार्टी नभै सकेको र अभियानकै रुपमा रहेको बताए। उनले पार्टीनै नबनिकन कसरी एकता हुन्छ ? प्रश्न गरे। छलफल सबै पक्षसँग भए पनि एकताको बारे कसैसँग छलफल नभएको उनको भनाई थियो।
दुई दिने भेलाले भट्टराईलाई नयाँ शक्ति अभियानको संयोजक चयन गरेको छ। भेलाले ९ बुँदे प्रतिवद्दता समेत जारी गरेको छ।
भिडियोः