चितवन–पार्टी फुटेसँगै भरतपुरका रहेको कार्यालय भवन उपयोग गर्ने विषयमा एकीकृत नेकपा (माओवादी) र तत्कालीन नेकपा–माओवादीबीच हिंस्रक झडप भएकै ठाउँमा बुधबारबाट दुवै माओवादीले संयुक्त रुपमा कार्यालय सञ्चालन सुरु गरेका छन्।कार्यालय प्रयोगका बारेमा विस २०६९ सालको असार १६ गते दुई माओवादीबीच झडप हुँदा गोलीसमेत चलेको थियो । दुईजनालाई गोली नै लागेको थियो। 'केन्द्रीय समितिले टोली बनाएर उपयोग के कसरी गर्ने भन्ने विषयमा छलफल गरेको थियो । त्यही टोलीको निश्कर्ष अनुसार हामी आजबाट दुई माओवादीहरुले यही सम्पर्क कार्यालय सुरु गरेका छौं,' एकीकृत नेकपा (माओवादी) चितवनका अध्यक्ष यमबहादुर परियारले भने । कृष्णपुरमा रहेको १० कठ्ठा क्षेत्रफलको जमिनमा एउटा सभा हलसहित भान्सा र १२ कोठाका दुई भवनहरु रहेका छन्।
भवनका कोठाहरु आधा आधा प्रयोग गर्ने सहमति भएको वैद्य माओवादी पक्षका चितवनका नेता घननाथ सापकोटाले बताए। वैद्य नेतृत्वको माओवादी र नेकपा (एकीकृत) बीच गएको कात्तिक २२ मा एकीकरण भएर नयाँ पार्टीको नामा नेकपा (क्रान्तिकारी) (माओवादी) राखिएको छ। वैद्य माओवादीबाट एक वर्षअघि नेत्रबिक्रम चन्दको नेतृत्वमा एउटा समूह पनि बाहिरिएको छ।
चन्द नेतृत्वको माअोवादीको कार्यालय भवनमा हिस्सेदारी रहने सम्बन्धमा केही निर्णय भएको छैन। 'केन्द्रले बनाएको समिति अनुसार वैद्य जी नेतृत्वको माओवादी र हाम्रो पार्टीको राज्य समिति तथा जिल्ला समिति र मोर्चाहरुको सम्पर्क कार्यालय यहाँ रहन्छ । विप्लप (चन्द) जीको सम्बन्धमा हामीलाई केन्द्रबाट निर्देशन आएको छैन,' एकीकृत नेकपा (माओवादी) का जिल्ला अध्यक्ष परियारले भने।
माओवादीले ६५ सालमा सो ठाउँमा कार्यालय राखेको थियो । एमाओवादीबाट वैद्य अलग भएसँगै दुई पक्षले नै कार्यालयमा दावि गर्दै आएका थिए । दुवै माओवादीले एकै दिन प्रशिक्षण कार्यक्रम राखेका बेलामा झडप भएको थियो। झडपपछि कार्यालय खाली गराएर प्रहरीले रेखदेख गर्दै आएको थियो। माओवादी पार्टीका कार्यालयहरु अन्यत्रै थिए।