काडमाडौं- राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिले चुरे संरक्षण गुरुयोजनाको मस्यौदामा छलफल गर्न आगामी १५ गतेलाई कार्यक्रम राखेको थियो। त्यसमा निम्तालु थिए चुरेसँग सरोकार राख्ने सबै सांसद।
समितिले वनमन्त्री अग्नि सापकोटालाई ८ गते कार्यक्रमको निम्तो पठायो। विशिष्ट अतिथिका रूपमा उनलाई आमन्त्रण गरिएको थियो। पत्र पुगिसकेपछि समिति अध्यक्ष रामेश्वर खनाल आफैं ९ गते मन्त्रीलाई अनुरोध गर्न मन्त्रालय पुगे। अध्यक्ष खनाललाई विश्वास थियो– निम्तो स्वीकार गरेर मन्त्री कार्यक्रममा सहभागी हुनेछन् र हौसला बढाउनेछन्।
तर, खनाल राजीनामा लेख्ने मनस्थिति बनाएर फर्किए। भोलिपल्ट बिहीबार उनीसँगै अन्य चार सदस्यले सामूहिक राजीनामा दिए। यस्तो परिस्थित आउनुको कारण थियो– मन्त्रीलाई प्रमुख अतिथि नबनाइनु र समयमै बधाई दिन नपुग्नु।
बुधबार सिंहदरबारस्थित मन्त्रीको कार्यकक्षमा दुई जनाबीचको वार्ता सुनेका मन्त्रीका स्वकीय सचिव युवराज दुलाल भन्छन्, 'खनालले निम्तो दिएपछि मन्त्री सापकोटाले पूर्वजानकारी नदिई किन कार्यक्रम राखेको र प्रमुख अतिथि को हो भनेर सोधेका थिए।'
दुलालका अनुसार मन्त्रीले एकपछि अर्को प्रश्न तेर्स्याएपछि खनालले भनेका थिए, 'यो एक वर्षअघि नै निर्धारण भएको वार्षिक कार्यक्रम हो। प्रमुख अतिथि उपसभामुखलाई बनाउने कि भनेका छांै। निमन्त्रण पठाइसकेका छैनौं। यसमा छलफल गर्न म आएको हु"।'
त्यसपछि पनि मन्त्री सापकोटाले प्रश्न गरे, 'कसलाई सोधेर यो काम गर्नुभयो?' खनालले जवाफ दिए, 'संविधानसभाका महासचिवलाई।'
अनि मन्त्री सापकोटा झनै तात्तिए र भने, 'ए, वनमन्त्री हु"दाहँुदै बाहिरबाहिर छलफल गरेर प्रमुख अतिथि बनाउने? मलाई बेवास्ता गर्ने म तपाईंको कार्यक्रममा आउन सक्दिनँ।'
मन्त्रीले यति भनेपछि खनालले आफ्ना कुरा राखे, 'तपाईं नै नजाने भनेपछि समितिको काम कसरी अघि बढ्छ? वन मन्त्रालयस"ग समन्वय नै नभएपछि काम गर्न गाह्रो हुन्छ। म तपार्इंलाई सजिलो बनाइदिन राजीनामा दिन्छु।'
जवाफमा मन्त्रीले भने, 'तपाईंलाई जे मन लाग्छ त्यही गर्नुस्।'
त्यसपछि खनाल मन्त्रीको कार्यकक्षबाट बाहिरिएका थिए। मन्त्रीका स्वकीय सचिव दुलाल भन्छन्, 'पोर्टफोलियोमा पनि उपसभामुखभन्दा मन्त्री ठूलो हुन्छ। खनाल सरले मन्त्रीको अपमान गर्न मिल्छ र!' तर, मन्त्री र उपसभामुखको पोर्टफोलियो एउटै हो।
मन्त्री सापकोटाको चित्त दुखाइ यतिमै सीमित रहेन। 'मन्त्री भएपछि बधाई दिन खनाल सर सात/आठ दिनपछि मात्र मन्त्रालयमा आउनुभयो,' दुलालले भने, 'उहा"ले सुरुदेखि नै मन्त्रीलाई बेवास्ता गर्दै आउनुभएको थियो।'
त्यसो त खनाल यसअघि मन्त्रीलाई भेट्न चारपटक मन्त्रालय पुगेका थिए। तर, मन्त्रीले सुरुदेखि नै उनलाई समय दिएनन्। उनका निजी र स्वकीय सचिवले पटक–पटक समय नदिएको स्रोतले बतायो। 'विभिन्न बहाना बनाउँदै पछिपछि भन्दै भेट्न दिइएन,' स्रोत भन्छ, 'बुधबारको घटनाले मात्र होइन, मन्त्री सुरुदेखि नै समिति नेतृत्वप्रति अनुदार मनस्थितिमा थिए।'
मन्त्री सापकोटाले बुधबार बबरमहलस्थित जिल्ला विकास समितिको सभाकक्षमा २७ बु"दे प्रतिबद्धतापत्र सार्वजनिक गरेर कार्यकक्षमा फर्किएपछि खनालस"ग असन्तुष्टि जनाएका हुन्। त्यसो त, उनले बुधबारको कार्यक्रममै चुरे संरक्षणमा थप बहस गर्नुपर्छ भनेर आफू अनुदार रहेको सन्देश सार्वजनिक गरिसकेका थिए।
समिति स्रोतका अनुसार राप्रपा नेपालबाट उपसभामुख भएका गंगाप्रसाद यादव चुरेको गुरुयोजना निर्माणसम्बन्धी छलफलमा सुरुदेखिकै सहभागी भएकाले उनलाई प्रमुख अतिथि बनाउने बिषयमा छलफल भइरहेको थियो। तर, अन्तिम निर्णय भएको थिएन। त्यही विषयमा मन्त्रीस"ग छलफल गर्न खनाल मन्त्रालय पुगेका थिए। 'मधेसस"ग जोडिएको मुद्दा भएकाले मधेसी समुदायका उपसभामुखलाई प्रमुख अतिथि बनाउ"दा राम्रो सन्देश जान्छ भन्ने विश्लेषण समितिको थियो। वनमन्त्रीलाई यो कुरा पचेन,' समितिका एक सदस्यले भने।
मन्त्री सापकोटाले समिति र त्यसको नेतृत्वप्रति असन्तुष्टि जनाए पनि समिति गठन आदेशअनुसार वन मन्त्रालय समितिको सरकारस"ग सम्पर्क गर्ने माध्यम निकाय मात्र हो। अरू काम समितिले आफ्नो तरिकाले स्वतन्त्र रूपमा गर्न सक्छ। समितिमा वन प्रशासनबाट सदस्यसचिव राख्ने प्रावधान मात्र छ। अरू कर्मचारी वन, कृषि लगायतका सबै मन्त्रालयबाट लैजाने गरिन्छ।
कानुनी प्रावधानअनुसार मन्त्रालयले समितिका कुनै पनि काममा हस्तक्षेप गर्न मिल्दैन। 'खनालले कार्यक्रम गर्नका लागि मन्त्रीस"ग जति समन्वय गर्नुभयो त्यो धेरै हो,' मन्त्रालयका ती पदाधिकारीले भने, 'अहिलेसम्म सबै काम समन्वयमा भइरहेको थियो। समितिमा स्वतन्त्र काम गर्ने व्यवस्था गरिएको थियो। तर, यसमा पनि राजनीति घुस्यो।'
मन्त्रालयस्रोत भने जे जस्ता असन्तुष्टि देखिए पनि मन्त्री सापकोटाले राष्ट्रपति चुरे संरक्षण समिति खारेजीको माग राख्दै आएका समूहहरूको दबाबमा यस्तो व्यवहार प्रदर्शन गरेको बताउ"छ। 'उल्लिखित घटना भएकै हो। तर, यो मात्र सबै कारण भने होइन,' मन्त्रालय स्रोत भन्छ।
अध्यक्ष खनाललाई तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो कार्यकालमा आर्थिक सल्लाहकारमा नियुक्ति गरेका थिए। स्रोतका अनुसार उनलाई 'बाबुरामले ल्याएको मान्छे' को ट्याग लगाइएको छ। खनाल बाबुरामको नया" शक्तिमा जान्छन् भन्ने हल्ला पनि नियोजित रूपमा भित्रभित्र फिँजाइएको थियो। 'प्रचण्ड (एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल) विरोधी गुटले च्यापेको मान्छे भनेर पनि मन्त्रीले यस्तो व्यवहार गरेको हुनुपर्छ,' स्रोतको तर्क छ, 'खनाल दबाब नझेल्ने, निडर र स्वतन्त्र रूपमा काम गर्ने मान्छे भएकाले पनि सबै समूह उहा"विरुद्ध लागेको देखिन्छ।'
कांग्रेस नेतृत्वको अघिल्लो सरकारले तीन दशकदेखि विनाशउन्मुख चुरे क्षेत्र संरक्षण गर्न समिति गठन गरेको हो। त्यही सरकारले एकै दिन खनालको नियुक्ति र वातावरण चुरे संरक्षण क्षेत्र घोषणा गरेको थियो। यी निर्णय सामुदायिक वन उपभोक्ता महासंघलाई चित्त बुझेको थिएन। महासंघमा एमाले समर्थित व्यक्तिहरूको पकड छ। समितिले राम्ररी काम गर्योत भने चुरेमा आफ्नो भाग खोसिने महासंघको ठहर छ। त्यसैले समिति विघटन गर्नुपर्छ भन्नेसम्मको माग महासंघले राख्दै आएको छ।
'महासंघ लगायतका समूहले मन्त्री सापकोटाको कान सुरुमै फुकेका थिए। मन्त्री उनीहरूको कुरा सुनेर समिति र नेतृत्वप्रति अनुदार देखिएका थिए,' मन्त्रालयका एक अधिकारीले भने, 'त्यसैको प्रतिफल हो यो घटना । तर, यति स–साना कुरालाई लिएर मन्त्री यति अनुदार हुनु हुँदैनथ्यो।'
यस्तै, चुरेका ढुंगा, गिट्टी र बालुवा खोसि्रन नपाएका क्रसर उद्योगीहरूको अर्को समूह पनि छ। त्यो समूह पनि तत्कालीन वनमन्त्री महेश आचार्य, समिति र त्यसको नेतृत्वस"ग असन्टुष्ट थियो। यो समूहको चर्को दबाबका बाबजुद पनि आचार्य र खनालकै अडानले गर्दा चुरे संरक्षण गुरुयोजना लगायतका काम तीव्र गतिमा भइरहेका थिए।
'यो समूहले पनि चुरे संरक्षणका पहल र काम रुचाएको थिएन। यसले पैसा र शक्ति देखाएर मन्त्रालयलाई चर्को दबाब दिँदै आएको थियो। त्यो समूह पनि यतिबेला सक्रिय भएको हुनुपर्छ,' ती अधिकारीले भने। मन्त्रालयका अर्का एक पदाधिकारी भन्छन्, 'राजनीतिक नियुक्तिका पदहरूबाट राजीनामा गराउने सरकारको कार्यविधि बनेको छ। मन्त्रीले पनि त्यही कार्यान्वयन गर्न खोजेका हुन्।'
बिहीबार राजीनामा दिएका चार सदस्यमध्येका एक डा. विजयकुमार सिंह दनुवारले आफूहरू कुनै पनि दलको कार्यकर्ता नभएकाले नैतिकताका आधारमा राजीनामा दिएको बताए। 'हामी कार्यकर्ताका रूपमा आएका होइनांै। प्रभावशाली नेतृत्व छ भनेर विशेषज्ञ समूहका रूपमा आएका हौं। तर, हामीलाई सहयोग भएन, राजीनामा दियौं,' उनले भने।
दनुवारका अनुसार अध्यक्ष खनालले समिति नितान्त प्राविधिक रूपमा चुरे बचाउन एउटा भिजन र मिसन लिएर अघि बढिरहेका बेला अहिलेको वन नेतृत्वबाट असहयोग हुने संकेत पाएपछि राजीनामा दिने बताएका थिए। उनले अरूलाई काम गर्न भनेका थिए। 'उहा" (खनाल) को नेतृत्वदायी भूमिका प्रभावकारी हुन्छ भनेर आएका थियौं, उहा"ले नै राजीनामा दिएपछि हामीले पनि छाड्यौं,' दनुवारले भने।
वन संरक्षण अभियन्ता तथा जनवकालत मञ्चका अध्यक्ष भोला भट्टराईले समिति विघटन गर्ने अन्तिम उद्देश्यले मन्त्रीले राजनीति सुरु गरेकेा बताए। 'जे कुराको डर थियो, त्यही भइरहेको छ। अब त चुरे संरक्षण हुन्छ कि भन्ने लागेको थियो। तर, नहुने संकेत मन्त्रीको अनुदार छविबाट प्रस्ट हुँदैछ,' उनले भने, 'यसमा वन संरक्षणमा लागेका एमाले समर्थित संगठनहरूको चलखेल पनि त्यत्तिकै देखिन्छ।'
मन्त्रीस"ग भेटेर बुधबारै खुमलटारस्थित आफ्नो कार्यालय पुगेका खनालले मन्त्रीस"गको तितो अनुभव चार जना सदस्यलाई सुनाएका थिए। १० गते बिहीबार कार्यालयमा राजीनामा छाडेर उनी हिँडे। उनीस"गै चारजना सदस्यले पनि राजीनामा दिए।
समितिका अध्यक्षसहित सदस्यहरूले बिहीबार खुमलटारमा राजीनामा लेखिरहँदा बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा भने 'चुरे संरक्षण गुरुयोजनामा' विभिन्न संघसंस्था र नागरिक समाजका प्रतिनिधिबीच छलफल भइरहेको थियो। समितिले पुस मसान्तमै संरक्षण गुरुयोजना ल्याउने योजना बनाएको थियो। मन्त्रीले असहयोग गरेका कारण समितिकासबै कार्यक्रम रद्द भएका छन्।
अघिल्लो सरकारले २०७१ असार २ गते इलामदेखि कञ्चनपुरसम्मका ३६ जिल्लाको १२.८ प्रतिशत भूभागलाई चुरे संरक्षण क्षेत्र घोषणा गरेको थियो। त्यही दिन समिति गठनको निर्णय गरी रामेश्वर खनाललाई अध्यक्ष नियुक्त गरेको थियो। त्यतिबेला तत्कालीन मन्त्रीले समितिको कामकारबाहीमा कुनै हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाउँदै खनाललाई अध्यक्ष बन्न मनाएका थिए।
सरकारले त्यही दिन ०७१ साउन १ गतेदेखि लागू हुने गरी ढुंगा, गिट्टी र बालुवा निकासीमा प्रतिबन्ध लगाएको थियो। भदौ १३ गते थप चारजना सदस्य नियुक्त गरेको थियो।