काठमाडौं-नेपालस्थित भारतीय दूतावासको गाडीमा प्राबिधिक गडबडीका कारण अागलागी भएको दूतावासले जनाएको छ। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माअोवादीका कार्यकर्ताले अागलागी गरेको प्रचार झुटो भएको दूतावासले प्रष्ट पारेको छ।
विप्लव नेतृत्वको माअोवादीका प्रवक्ता खड्गबहादुर बिश्वकर्माले पनि उक्त अागजनीमा पार्टीको प्रत्यक्ष संलग्नता नरहेको बताएका छन्। ‘भारतीय नम्बर प्लेटको गाडी नेपाली भूमिमा चल्न नदिने हाम्रो नीति हो, त्यही नीति मन पराएर जनताले गाडीमा हान्यो होला।’ उनले नागरिकन्युजसँग भने ‘कार्यकर्ता नै परिचालन गरेर गाडीमा हानिएको हैन, हाम्रो नीती मन पराएर जनताले गाडीमा हान्यो होला।’
भारतीय दूतावासकाे अाधिकारिक ट्विटर हेण्डलबाट दिइएको सूचनामा ‘प्राबिधिक कारणले गाडीमा अगलागी भएको र कसैलाई क्षति नभएको’ उल्लेख छ।
दूतावासको ट्विटः
भारतीय दूतावासका सूचना अधिकृत अभय कुमारले ब्याट्रीमा ‘फल्ट’ भएर अागलागी भएको बताए। ‘कसैले गाडी जलाएको हैन, टेक्निकल फल्टले अागो लागेको हो,’ उनले नागरिकन्युजसँग भने ‘कसैले हाम्रो गाडी जलाएको भन्छ भने त्यो झुट हो।’
दूतावासका काउन्सलर चढ्ने २२ सीडी १७ नम्बरको कारमा शनिबार महाराजगञ्जस्थित बिरेन्द्र प्रहरी अस्पताल छिर्ने चोकमा आगलागी भएको थियो।
विप्लव नेतृत्वको माअोवादीका प्रवक्ता खड्गबहादुर बिश्वकर्माले पनि उक्त अागजनीमा पार्टीको प्रत्यक्ष संलग्नता नरहेको बताएका छन्। ‘भारतीय नम्बर प्लेटको गाडी नेपाली भूमिमा चल्न नदिने हाम्रो नीति हो, त्यही नीति मन पराएर जनताले गाडीमा हान्यो होला।’ उनले नागरिकन्युजसँग भने ‘कार्यकर्ता नै परिचालन गरेर गाडीमा हानिएको हैन, हाम्रो नीती मन पराएर जनताले गाडीमा हान्यो होला।’
भारतीय दूतावासकाे अाधिकारिक ट्विटर हेण्डलबाट दिइएको सूचनामा ‘प्राबिधिक कारणले गाडीमा अगलागी भएको र कसैलाई क्षति नभएको’ उल्लेख छ।
दूतावासको ट्विटः
Fire in the personal vehicle of an #EmbassyofIndiaKathmandu personnel, today, was an accident due to technical fault, no one is hurt.
— Embassy of India KTM (@IndiaInNepal) November 28, 2015भारतीय दूतावासका सूचना अधिकृत अभय कुमारले ब्याट्रीमा ‘फल्ट’ भएर अागलागी भएको बताए। ‘कसैले गाडी जलाएको हैन, टेक्निकल फल्टले अागो लागेको हो,’ उनले नागरिकन्युजसँग भने ‘कसैले हाम्रो गाडी जलाएको भन्छ भने त्यो झुट हो।’
दूतावासका काउन्सलर चढ्ने २२ सीडी १७ नम्बरको कारमा शनिबार महाराजगञ्जस्थित बिरेन्द्र प्रहरी अस्पताल छिर्ने चोकमा आगलागी भएको थियो।