काठमाडौं–उपप्रधान तथा रक्षमन्त्री भीम रावलले आवश्यक परे नेपाली जनता र मुलुकको सुरक्षाकोलागि नेपाली सेनासहित सबै सुरक्षा निकाय परिचालन हुने बताएका छन्।'मुलुकको भू–भाग र जनताको रक्षाका लागि सरकार प्रतिबद्ध छ,' शनिबार रिपोर्टस क्लबले आयोजना गरेको सााक्षात्कारमा मन्त्री रावलले भने,'जनता र जमिनको रक्षाका लागि आवश्यक परे सबै सुरक्षा निकाय परिचालित हुन्छन।
रावलले अहिले नेपाल प्रहरीमात्रै परिचालित रहेको भन्दै अवस्था परिस्थिति र आवश्यकता अनुसार जनताको हितकोलागि सबै निकाय परिचालन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
उनले भने, 'सरकार धेरै संयमित भएर प्रस्तुत भएको छ । रोक्नु पर्ने ठाँउमा नरोकेको र गर्नु पर्ने ठाँउमा आवश्यक बल प्रयोग नगरेको गुनासो आइरहेको छ। आवश्यकता अनुसार सरकारले निर्णय लिन्छ।'
उपप्रधानमन्त्री रावलले भारतसँग कुटनीतिक र अनौपचारिक रुपमा सरकारले संवाद जारी राखेको भन्दै सरकार भारतसँग सम्बन्ध सुधार्ने पक्षमा रहेको स्पष्ट पारे।
भारतले अत्यावश्कीय वस्तु रोक्दा जनता जनताबीच मनोमालिन्य बढेको दाबी गर्दै उनले भने, 'यसरी सीमामा सामान रोक्ने कुरा कुनै पनि सन्धी सम्झौतासँग मेल खाँदैन । आयात निर्यात सहज बनाउनु पर्छ । नाकामा देखिएको अवरोध र नेपाल भित्रको राजनीतिक विषयलाई एकै ठाँउ मिसाउनु हुँदैन।'
समानुपातिक समावेशीता, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बनाउने कुरा सबैले स्वीकारेकोले मधेसी मोर्चा सहमत हुने वित्तिकै संविधान संसोधन विधेयक अगाडि बढाउने जानकारी दिँदै मेचिदेखि महाकालीसम्मको सिंगो भू–भागलाई एक प्रदेश बनाउने कुरा सहमति हुन नसक्ने उनले जिकिर गरे।
सरकारले बार्ता बनाउन आन्दोलनमा मृत्यू भएकालाई १० लाख रुपैया, घाईतेको निशुल्क उपचार, झुठा मुद्दा फिर्ता लिने जस्ता कार्य अघि बढीसकेको भन्दै अब मधेसी मोर्चाले औषधीको ट्रक जलाउने, जिउँदै मान्छे जलाउने, एम्बुलेन्स तोडफोड गर्ने र नाकामा धर्ना दिने काम रोक्नु पर्ने दावी गरे । उनले आन्दोलनकारीले ढुृङगा हाने यात्रुहरुको हत्या गर्ने कार्यको छानविन हुने भन्दै मृतक परिवारलाई राज्यले सहायता गर्ने बताए ।