काठमाडौं–नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीले आज आइतबार आव्हान गरेको नेपाल बन्दको धेरैले कडा आलोचना गरेका छन्। भारतीय नाकाबन्दीको बिरोध र स्वाधीनता रक्षाकालागि भन्दै गरिएको बन्दले नेपाली जनतालाई नै थप पीडा दिने भन्दै बन्दको चर्को बिरोध गरिएको छ।भारतीय नाकाबन्दीले महिनाैंदेखि करिब बन्दजस्तै रहेको देशलाई थप बन्द गरेर उल्टै घाटा पुग्ने र भारतलाई नै फाइदा हुने उल्टो आन्दोलन गरेको भन्दै माओवादीको तीब्र आलोचना भएको छ।
बन्द आव्हान गरेको दल माओवादीका प्रवक्ता खड्गबहादुर बिश्वकर्माले स्वाधीनता बचाउन, भारतीय नाकाबन्दी हटाउन, भारतको दादागिरीलाई चुनौती दिन र नेपाली जनताको राजनीतिक अधिकारको रक्षा गर्न बन्द आव्हान गरिएको बताए। उनले जनतालाई बन्दले केही असर पार्ने भन्दै अघिपछि भन्दा मौलिक ढंगको बन्द हुने बताए।
'यो मौलिक बन्द कस्तो हुन्छ?' नागरिकन्युजको प्रश्नको जवाफमा उनले भने 'जनतालाई साथ दिन अपिल गर्ने हो तर बन्द गर्नै पर्छ भन्ने दवाव रहदैन।' उनले थपे 'जनताले गाडी चलाए चल्छ, नचलाए चल्दैन तर चलाउनेलाई हामी कारवाही गर्दैनौं।' उनले बन्दको अवज्ञा गरेर सवारी चलाए पनि कुनै अवरोध नहुने नागरिकन्युजसँगको कुराकानीमा प्रष्ट पारेका छन्। तर जनताले बन्दको समर्थन गर्ने उनले विश्वास व्यक्त गरे।
पीडामा भएका जनतालाई थप पीडा दिन किन बन्द गरेको? नागरिकन्युजको प्रश्नमा माओवादी प्रबक्ताको जवाफ सुन्नुहोस्ः
अडियोः
बााटो हिड्नेदेखि चिया पसलका चर्चा र छलफलमा बन्दले जनतालाई थप दुःख दिने भन्दै भारतलाई कुनै दबाब नपर्ने धारणा मुखरित भएको छ। भारतलाई दबाब पुग्ने अन्य विरोध वा कुटनीतिक पहलको खाँचो रहेका बेला पीडामा रहेका उनै जनतालाई थप भार पार्ने बन्द अायाेजना हुन दुर्भाग्य भएकाे प्रतिकृयाहरू अाएका छन्। सामाजिक सञ्जालहरुमा बन्दको व्यापक आलोचना भएको छ।
ट्विटरमा बन्दबारे गरिएका केही टिप्पणीहरुः

यो नेपाल बन्द गर्ने पार्टीको नेतालाइ त राची लानु पर्ने भो तर दुखको कुरा राची नि भारतमै रैछ। #StopNepaalBanda
— iLameLi (@OstiHem) November 29, 2015
यस्तो बेला बन्द गर्न पर्छ भन्ने आईडिया मास्टर को होला?अनि बैठकमा यो कुरा सबभन्दा राम्रो हो भनेर सहमती जनाउने को को होलान?अभिनन्द गर्देभो ;))
— गौरव (@gpokhrel) November 29, 2015
भारतको नाकाबन्दीले लगभग ८०% बन्द जस्तै रहेको देशमा बन्द घोषणा गरेर लोक हसाउने श्री बिप्लब लाई पशुपतिनाथ भगवानले सद्बुद्धी दिउन्।
— Sagar khanal (@sgrkhnl) November 29, 2015
नाकादेखि संशोधनको खाकासम्म सबै बन्द छन् । विप्लव कणले के बन्द गर्ने भन्या हु्न् ? लोकले तिम्रो सुझबूझ पो बन्द भो कि भनेर सोध्ला है !
— Khagendra Sangroula (@belakoboli) November 29, 2015
महिनौँ देखि देश बन्द छ, जनजिवन सामान्य गराउन पहल गर्नु नि बरु। विरोधमा अर्को बन्द रे। भिजन "खटारा" नै हो, यत्तिकै नेता बन्ने त होइनन् के।
के फ़रक पर्यो र, आज, नेपाल बन्द भएर। गाडीमा पेट्रोल भए पो ! बन्द के को लागी हो, थाहा छैन, र थाहा पाउने कोसीस पनी गरेन।
— Karna Sakya (@KarnaSakya) November 29, 2015