छुट्टै भेला बोलाउने तयारीमा भट्टराई पक्ष
२० असार २०७९
•
३ मिनेट पाठ
छुट्टै भेला बोलाउने तयारीमा भट्टराई पक्ष
जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवसँग अब सँगै बस्न सक्ने अवस्था नभएको निष्कर्ष निकालेको डा. बाबुराम भट्टराई पक्षले आफ्नो शक्ति देखाउन छुट्टै भेला बोलाउने तयारी गरेको छ। भट्टराई पक्षमा देखिएका कार्यकारिणी समिति सदस्य प्रशान्त सिंहका अनुसार बुधबार थप केही निर्णय गर्ने तयारी छ। ‘हामीले सोमबार र मंगलबार आन्तरिक छलफल गर्छौं। त्यसपछि केही न केही निर्णय गर्छौं,’ सिंहले भने, ‘अध्यक्ष उपेन्द्र यादवले बोलाएको केन्द्रीय समिति बैठकमा सहभागी हुने कि बहिष्कार गर्ने भन्ने विषयमा पनि आन्तरिक छलफलमा छौं। अहिलेसम्म उहाँले बोलाएको बैठकमा जानुहुन्न भन्ने धारणा धेरैजसोबाट आएको छ।’  




कार्यकारिणी समितिका अध्यक्ष यादवले असार २७ र २८ गते वीरगन्जमा केन्द्रीय समितिको बैठक बोलाएका छन्। उक्त बैठक भट्टराई पक्षले बहिष्कार गर्ने सम्भावना धेरै छ। भट्टराई पक्षका नेताहरूले आइतबार आफूनिकट नेताहरूसँग अनौपचारिक छलफल गरेका छन्। उनले आफ्नो पक्षमा खुलेका महेन्द्र यादव र राजकिशोर यादवसँग छलफल गरेका थिए। स्रोतका अनुसार महेन्द्र र राजकिशोरले हतारिएर निर्णय नगर्न भट्टराईलाई सुझाव दिएका छन्। ‘अहिले नै हतारिएर निर्णय नगरौं। अझै एक/दुई दिन छलफल गरौं भन्ने सुझाव उहाँहरू (महेन्द्र र राजकिशोर) बाट आएको छ,’ कार्यकारिणी सदस्य सिंहले भने।  

अघिल्लो साता भट्टराई र यादवबीच भेट भएको थियो। उक्त भेटमा भट्टराईले आपसमा गालीगलौज नगरी सौहार्दपूर्ण ढंगबाट छुट्टिन यादवसँग प्रस्ताव राखेका थिए। उक्त प्रस्तावमा यादवले पनि सहमति जनाएका थिए। भट्टराईको उक्त प्रस्तावलाई नेता महेन्द्र र राजकिशोरले हतारको निर्णय भनी टिप्पणी गरेका थिए। स्रोतका अनुसार महेन्द्र र राजकिशोरले केही दिन पर्खेको भए राम्रो हुने बताएका थिए। ‘उपेन्द्रले सरकारबाट पुरानो टिम फिर्ता गरी नयाँ पठाउँदासम्म भट्टराईले पर्खेको भए राम्रो हुने धारणा नेता महेन्द्र र राजकिशोरको थियो। मन्त्री हुन नपाएकाहरू उपेन्द्रको विरोधमा उभिने र यसबाट उनी कमजोर हुने विश्लेषण उहाँहरूको थियो,’ भट्टराई पक्षका अर्का एक कार्यकारिणी सदस्यले भने।

मन्त्री हुने आकांक्षाले जसपाका केही सांसद आन्तरिक गुटबन्दीमा कतै पनि खुलेका छैनन्। मन्त्री नहुनेबित्तिकै नखुलेका सांसद यादवको विपक्षमा उभिने निश्चित छ। यो कुरा कार्यकारिणी अध्यक्ष यादवले पनि बुझेका छन्। त्यसैले उनले मन्त्री फेर्न आलटाल गरिरहेका छन्। मन्त्री फेरे पनि आफ्नो पक्ष बलियो हुनेगरी अध्यक्ष यादवले निर्णय लिने एक नेताले बताए। भट्टराई पक्षले भने अध्यक्ष यादवले सकेसम्म चाँडो मन्त्री फेरबदल गरून् भन्ने चाहेको छ।  

स्थानीय तह चुनाव अघिसम्म भट्टराईको पक्षमा खुलेका वरिष्ठ नेता अशोक राई अहिले मौन छन्। राईलाई फकाउन अध्यक्ष यादवले उनकी पत्नी सुशीला श्रेष्ठलाई सरकारमा पठाउन चाहेका छन्। राई अहिले दुवै पक्षको तानातानमा छन्। स्थानीय तह चुनावसम्म भट्टराईलाई साथ दिएका केही नेता अहिले अध्यक्ष यादवतिर लागेका छन्। मन्त्री हुने आकांक्षाले केही सांसदले कित्ता परिवर्तन गरेको बुझाइ भट्टराई पक्षको छ। १५ दिनअघिसम्म भट्टराईलाई खुलेर साथ दिएका प्रदीप यादव अहिले अध्यक्ष यादवको कित्तामा पुगेका छन्। भट्टराई पक्षले कार्यकारिणी समितिमा आफ्नो बहुमत जुटाउन अध्यक्ष यादवतिर लागेका नेताहरूसँग सम्पर्क र संवाद सुरु गरेका छन्।  

कार्यकारिणी समिति अध्यक्ष यादवले असार २७ र २८ गते बोलाएको केन्द्रीय समितिको बैठकमा सहभागी हुन संघीय परिषद्का अध्यक्ष भट्टराईलाई निम्ता पठाएका छैनन्। भट्टराईका सहयोगी रोशन पोखरलले भने, ‘उहाँ (भट्टराई) ले मिडियाबाट मात्र केन्द्रीय समितिको बैठक बोलाइएको छ भनेर थाहा पाउनुभएको हो। अहिलेसम्म बैठकबारेमा जानकारी गराइएको छैन। निम्ता पनि गरिएको छैन।’ संघीय परिषद्का अध्यक्षलाई नै जानकारी नगराईकन बोलाउन लागिएको केन्द्रीय समितिको बैठक वैधानिक नहुने उनले बताए। उनले भने, ‘यो भनेको गुटको बैठक हो।’

स्रोतका अनुसार केन्द्रीय समिति बैठकबारे भट्टराई पक्षका केही नेतालाई निम्ता गरिएको छ भने केहीलाई जानकारी गराइएको छैन। केही दिनअघि अध्यक्ष यादवले बोलाएको संसदीय दलको बैठकमा पनि भट्टराई र उनी पक्षका नेता राजकिशोर यादव र महेन्द्र यादवलाई डाकिएको थिएन। भट्टराई पक्षकी नेत्री अमृता अग्रहरीलाई भने त्यो बैठकमा बोलाइएको थियो।
अर्को समाचार
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
५ मिनेट अघि
•
१ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
विराटनगर । कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका छन्।




कोशी प्रदेश अधिवेशनबारे जानकारी दिन शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता राईले यस्तो बताएका हुन्।

राईले राणा र पञ्चायतले चारतारे झण्डा र रुख चिन्ह बोक्न रोक्न नसकेको बताउँदै थापाले आफूहरूलाई रोक्न नसक्ने दाबी गरेका हुन्। नेता राईले भने, ‘राणा र पञ्चायतले रोक्दा त बरु जेल गयौं तर, चारतारे झण्डा र रुख चिन्ह बोक्न छाडेनौं, गगन थापाले रोकेर रोकिदैनौं।’ राईले नियमित महाधिवेशन पक्षधर नै आधिकारिक कांग्रेस भएकाले रुख चिन्ह र चारतारे झण्डा आफूहरूकै भएको दाबीसमेत गरे।

उनले गगन थापाप्रति कटाक्ष गर्दै रुख चिन्हबाट चुनाव जितेका आफूहरूलाई चुनाव हारेकाहरूले हटाउने विषय आफैँमा हास्यास्पद रहेको बताए। ‘रुख चिन्हबाट चुनाव जितेका हामीहरूलाई चुनाव हारेकाहरूले हटाउने भन्ने विषय गलत हो’, राईले भने, ‘उहाँले यसलाई विशेष महाधिवेशन ठान्नुभएको भए त्यो भ्रमबाट मुक्त हुनुहोस्।’ राईले नेपाली कांग्रेस कोशी प्रदेशको अधिवेशन मंसिर १७ र १८ गते विराटनगरमा हुने जानकारी दिए।

उनले अधिवेशनको तयारी धमाधम भइरहेको बताउँदै कोशी प्रदेशका १४ वटै जिल्लाबाट अधिवेशनमा २ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने जानकारी दिए। अधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेर तयारीलाई तीव्र पारिएको राईले बताए। अधिवेशनको उद्घाटन कार्यक्रममा सभापति शेरबहादुर देउवा, १५औँ महाधिवेशनका संयोजक डा. शशांक कोइरालालगायत केन्द्रीय नेताहरू सहभागी हुने नेता राईले जानकारी दिए।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस