झापा— जानाजान नेपाली भूमिमा पसेर सर्वसाधारण कुटपिट गर्ने र नेपाली सुरक्षाकर्मीलाई हतियार ताक्ने भारतीय सुरक्षा बल एसएसबीका १३ जवानलाई झापा प्रशासनले आइतबार बिना शर्त छोडिदिएको छ।दक्षिण झापाको केचना ४ स्थित स्थानीयबासी लालमहम्मद आलमको घरमा बिहान ४ बजे नै आएर उनी र उनकी पत्नीलाई कुटपिट गरेको एसएसबीको टोलीलाई स्थानीयले लखेट्न खोजेका थिए। त्यतिबेला एसएसबीले बन्दुक ताकेर गाउँलेलाई थर्काएको थियो। आलमको घरसँगै जोडिएको सशस्त्र प्रहरीको नेपाली सीमा सुरक्षा पोष्टका प्रहरी घटनास्थल तत्कालै पुगेका थिए। नेपाली भूमि प्रवेश गरेका एसएसबीका सुरक्षाकर्मीले सशस्त्रलाई पनि भारतीय सुरक्षाकर्मीले बन्दुक ताकेका थिए।
त्यसबेलासम्ममा गाउँले धेरै भेला भएका थिए। गाउँलेले उनीहरुलाई त्यसै छाड्न नहुने बताएपछि सशस्त्रले उनीहरुलाई सुरक्षा दिएर आफ्नो क्याम्पमा लगेको थियो। यसरी आफ्नै सुरक्षाकर्मीलाई बन्दुक ताक्ने र गाउँलेमाथि त्यत्तिकै कुट्ने भारतीय सुरक्षाकर्मीलाई झापाका सहायक प्रमुख जिल्ला अधिकारी डम्बरुप्रसाद निरौलाले त्यत्तिकै छाडेका हुन्।
'हामीलाई नेपाली भूमिमा आएर बन्दुक देखाउनेलाई सहायक सिडिओले त्यत्तिकै छाडे', सशस्त्रका एक जवानले भने 'यो पाराले हामी बोर्डरमा कसरी बस्नु?'
जानाजान नेपाली भूििममा हतियारसहित आएका भारतीय सुरक्षाकर्मीलाई भारततिर बुझाउन गएका सहायक प्रजिअ निरौलाले भारतीय सञ्चारमाध्यमलाई लामो ब्रिफिङ दिएका थिए।
नेपालतर्फ आएपछि नेपाली सञ्चारकर्मीले घटनाबारे बुझ्न खोज्दा उनी केही तनाबमा देखिएका थिए। कसरी छोड्ने निर्णयमा पुग्नुभयो? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, 'सिडिओ सा बलाई सोध्नुस्।'
नेपाली प्रशासनले भारतीय सुरक्षाकर्मीलाई प्रहरीको बाक्लो सुरक्षा घेरामा राखेर दशगजामा पुर्याएको थियो।