काठमाडौं–राप्रपा नेपालका अध्यक्ष कमल थापाले धवल शम्शेर राणा र राजेन्द्र लिङ्देनलाई महामन्त्रीमा नियुक्त गरेका छन्। राणा पार्टीको उपाध्यक्ष र लिङ्देन पूर्वाञ्चल संयोजक रहेका थिए। 'पार्टी विधानमा भएको व्यवस्थाअनुसार अध्यक्षले राणा र लिङ्देनलाई महामन्त्रीमा नियुक्त गर्नु भएको हो,' राप्रपा नेपालका सह प्रवक्ता मोहन श्रेष्ठले नागरिकन्युजसँग भने, 'विधानमा एकभन्दा बढी व्यक्तिलाई महामन्त्रीमा नियुक्त गर्न सक्ने व्यवस्था छ ।'
चन्द्रबहादुर गुरुङको असोज १६ गते क्यान्सरबाट अमेरिकाको कोलोराडो अस्पतालमा निधन भएपछि सो पद रिक्त रहँदै आएको थियो।
चन्द्रबहादुर गुरुङको असोज १६ गते क्यान्सरबाट अमेरिकाको कोलोराडो अस्पतालमा निधन भएपछि सो पद रिक्त रहँदै आएको थियो।