काठमाडौं–प्रधानमन्त्री केपी ओलीले सोमबार ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा त्रिपक्षीय वार्ता बोलाउँदा मधेसी मोर्चाका नेता भने विराटनगरमा आन्दोलनको नयाँ रणनीति बनाउन व्यस्त छन्।विराटनगरस्थित संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको घरमा आन्दोलनको रणनीति तय गर्न छलफलमा व्यस्त छन्। सरकारले वार्तामा पनि बोलाउने गोली पनि हान्ने गरेको भन्दै मोर्चाका शीर्ष नेताले वार्ता र आन्दोलनसँगसँगै लौजाने बताएका छन्।
गत शुक्रबार सघीय गठबन्धनले इटहरीमा गर्न लागको विरोधसभामा कार्यक्रम स्थानीयले विथोलेपछि मोर्चाका नेताहरु यतिबेला पूर्व केन्द्रित रणनीतिमा व्यस्त छन्। नयाँ रणनीतिक बनाउन सोमबार ११ बजेदेखि यादवको निवासमा मोर्चाका नेताहरु छलफलमा व्यस्त छन्। 'सरकारले वार्तामा पनि बोलाउने अनि मान्छेपनि मार्ने गर्दैछ,' यादवले नागरिकन्युजसँग भने,'हामी पनि वार्ता र आन्दोलनलाई सँगसँगै लौजाने मनस्थितिमा पुगेका छौं।' सरकारले वार्तामा बोलाउनुलाई सकारात्मक भन्दै यादवले मोर्चाकातर्फबाट वार्तामा दोस्रो तहका नेताहरु सहभागी हुने बताए। 'मोर्चा जहिले पनि वार्तामार्फत नै समस्याको समाधान गर्न चाहन्छ,' यादवले भने,' आजको बैठकमा मोर्चाका प्रतिनिधि सहभागी हुनुहुनेछ।' उनले आफ्नो दलकोतर्फका वरिष्ठ नेता अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राउत सहभागी हुने बताए।
सरकारसँगको वार्तामा मोर्चाका प्रतिनिधि सहभागी भइरहँदा मोर्चाका शीर्ष नेताहरु भने आन्दोलनको रणनीतिक तय गर्न व्यस्त छन्। यादवको निवासमा तराई मधेस सद्भावनाका अध्यक्ष महेन्द्र यादव, सद्भानना अध्यक्ष राजेन्द्र महतो, तमलोपा महामन्त्री शवेन्द्रनाथ शुक्ललगायतका नेता आगामी आन्दोदनको विषयमा छलफलमा कन्द्रित छन्।
बालुवाटारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, आन्दोलनरत मधेसी मोर्चा र सत्तापक्ष दलबीच त्रिपक्षीय वार्ता हुँदैछ। सरकारले भने आजको वार्ताबाट निकास निकाल्ने तयारी गरेको स्रोतले जनाएको छ।