बालुवाटार बैठकमा के के भयो?
१४ मंसिर २०७२
•
५ मिनेट पाठ
बालुवाटार बैठकमा के के भयो?
काठमाडौं–सय  दिनभन्दा बढी समयदेखिको मधेस आन्दोलन र भारतीय नाकाबन्दीबीच निरास सर्वसाधान सोमबार हुने त्रिपक्षीय वार्ताप्रति निकै आशावादी थिए। आइतबार प्रधानमन्त्री केपी ओलीले आन्दोलनरत पक्ष, प्रमुख प्रतिपक्ष र सत्तापक्षबीचको त्रिपक्षीय बैठक बोलाएका थिए।सोमबार ११ बजे प्रधानमनन्त्री निवास बालुवाटारमा बैठक सुरु भयो। तर मधेसी मोर्चा आबद्ध नेताहरु उपेन्द्र यादव, महेन्द्र राय यादव र राजेन्द्र महतो भने बैठकमा उपस्थिति भएनन बरु, उनीहरु उपेन्द्र यादवको विराटनगरस्थित निकासमा आन्दोलनको भावी रणनीतिबारे छलफल गर्न व्यस्त भए। मोर्चाकातर्फबाट तमलोपा अध्यक्ष महन्थ ठाकुर वार्तामा सहभागी भएका थिए।




बैठकको सुरुमा प्रधानमन्त्री केपी ओलीले सबै दलले आफ्नो अडान छोडेर मुलुकलाई निकास दिनुपर्ने प्रस्ताव राखको थिए। बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री ओलीले जनताले धेरै दुःख र सास्ती पाएको भन्दै सबै दल आफ्नो अडानबाट पछि हट्नुपर्ने बताएका थिए। ओलीले मुलुकको आर्थिक अवस्था जर्जर भएको भन्दै सबै मलिेर नै समस्याको समाधान गर्नुपर्ने बताएका थिए।

प्रधानमन्त्री भएपछि मधेसी मोर्चासँगको बैठकमा प्रत्यक्ष सहभागी नभएका प्रधानमन्त्री ओली पहिलो पटक मोर्चानेता सहभागी बैठकमा सहभागी भएका थिए। नरम रुपमा प्रस्तुत भएका ओलीले जसरी पनि जारी समस्याबाट मुलुकलाई निकास दिनुपर्ने बताएका थिए। मधेसी मोर्चाले यसअघि सरकारी वार्ता टोलीसमक्ष पेश गरेको ११ बुँदे मागका समबन्धनमा पनि बैठककमा छलफल भयो। 'सीमाकंनलगायतका समग्र विषयमा खुल्ला रुपमा छलफल भयो,' बैठकमा सहभागी तराइ मधेस सद्भावनाका वरिष्ठ नेता रामनरेश रायले नागरिकन्युजसँग भने,' आजको बैठकले 'आइसब्रेक' गर्ने काम गरेको छ।'

बैठकमा मधेसी मोर्चाका नेताहरुले भने मोर्चाले यसअघि सरकारी वार्ता टोलीसमक्ष पेश गरेको ११ बुँदे माग नै आफूहरुको बटम लाइन भएको बताएको थियो। 'मोर्चाले पेश गरेको ११ बुँदे मागका विषयमा प्रमुख दलले साझा धारणा बनाएर पुन बैठक बस्ने सहमति भएको छ,' बैठकमा सहभागी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले नागरिकन्युजसँग भने,'मोर्चाले मुख्य रुपमा सीमाकंन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र र समानुपाति समावेशीता मोर्चाको मुख्य माग रहेको जानकारी गरायौं।' बैठकमा एमाले नेता माधव नेपालले भने सीमाकंनको विषयले मुलुक अप्ठ्यारो अवस्थामा आइपुगेको भन्दै तत्कालका लागि सीमाकंनको मुद्दा स्थगित गर्नुपर्ने बताएका थिए। 'उहाँले (माधन नेपाल) हाँसी हाँसी सो कुरा गर्नु भएको हो,' राउतले भने,'त्यसलाई गंभीरतापुर्वक उहाँले भनेकोजस्तो मलाई लाग्दैन।'

बैठकमा प्रधानमन्त्री ओलीले विगत केही समयदेखि एक अर्काको कार्यक्रम विथोल्ने प्रकारका घटना भएको भन्दै कुनैपनि पक्षबाट त्यसप्रकारका घटना हुन नदिने प्रस्ताव गरेका थिए। सो विषयमा सबै सहमत भएको राउतले जनाए।

यसअघि मोर्चाले सरकारी वार्ता टोलीसमक्ष राखेका ११ बुँदे मागका विषयमा तीन दलले साझा धारणा बनाएर १६ गते पुन वार्तामा बस्ने सहमति भएको छ। 'भोली दिनभर औपचारिक, अनौपचारिक तथा द्विपक्षीय वार्ता गरेर ११ बुँदे मागका विषयमा साझा धारणा बनाउने कांग्रेसले प्रस्ताव गरेको थियो।
अर्को समाचार
दलहरुबीच चार विषयमा जुटेन सहमति
२६ जेष्ठ २०७२
•
४ मिनेट पाठ
दलहरुबीच  चार विषयमा जुटेन सहमति
काठमाडौं-प्रमुख चार राजनीतिक दलबीच सोमबार संविधान निर्माणसम्बन्धी १६ बुँदे सहमति भए पनि केही विषयमा छलफल भएर पनि सहमति जुट्न सकेन।बालुवाटार बैठकमा मुख्यतः चार विषयमा सहमति जुटाउने लामो प्रयास विफल भयो र त्यसलाई थाती नै राखेर १६ बुँदामा सहमति भयो। सोमबार राति सहमति हुन नसकेका विषयलाई थप छलफल गर्दै निष्कर्षमा पुग्ने दलहरुको समझदारी छ।विपक्षी मोर्चाका संयोजक तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सिंहदरबारस्थित मोर्चाको बैठकमा जानकारी गराउँदै आफूहरुका तर्फबाट दुई विषयमा सहमति गर्ने प्रयास भए पनि विफल भएको प्रस्ट्याए। 
‘समानुपातिक प्रणालीका लागि ‘निम्न वर्ग, गरिबीको रेखामुनि रहेको वर्ग' भन्ने एउटा कोटा थप गर्ने र दुईवटा पार्टीले एउटै चिह्नबाट चुनाव लड्न पाउने व्यवस्था गरौं भन्ने प्रयास गर्यौं तर सफल हुन सकिएन,' दाहालले बैठकमा भने, ‘ती विषयलाई पुनः छलफल गरेर अघि बढ्ने अनौपचारिक सहमति भएको छ।' 
मुख्यतः समानुपातिक निर्वाचन प्रणालीको कोटामा कांग्रेस उपसभापति रामचन्द्र पौडेल लगायतले असहमति प्रकट गरेका थिए। 
‘प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा थ्रेस होल्ड राख्नेबारे त छलफल भयो तर त्यसमा सहमति हुन सकेन,' दाहाललाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘यदि थ्रेस होल्ड राखियो भने ०.५ प्रतिशत देखि १ प्रतिशतसम्म मात्रै राख्न हामीले जोड गरिरहेका छौं, त्यसमा पनि निर्णयमा पुग्न सकेनौं।' 
उनका अनुसार सोमबार हुन नसकेका मुद्दामा छलफल गर्दै जाने निर्णय गरेर १६ बुँदे सहमति गरिएको दाहालले बैठकमा राखेका थिए। त्यसो त ‘बहुलवाद' शब्द राख्नुपर्ने प्रधानमन्त्री सुशील कोइरालाको प्रस्तावमा पनि सहमति हुन सकेन। प्रधानमन्त्रीको उक्त प्रस्तावमा एमाओवादी अध्यक्ष दाहाललगायतले आपत्ति जनाएपछि त्यसमा सहमति हुन नसकेको हो। यद्यपि, सोही विषयलाई लिएर कोइराला–दाहालबीच विवाद बढेपछि ओली र गच्छदारले मध्यस्थता गरेर टुंगोमा पुर्याईएका थिए। 
‘शासकीय स्वरुपको हकमा ‘बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतान्त्रात्मक संसदीय शासन प्रणाली' अवलम्बन गर्ने सहमति जनाए पनि त्यसमा पनि पूर्ण सहमति हुन सकेन। एमाओवादीले त्यसमा ‘नोट अफ डिसेन्ट' सहित सहमति जनाएको हो। 
स्थानीय निकायको निर्वाचन मिति तय गर्ने प्रयास पनि सफल भएन। ‘यथाशक्य चाँडो' स्थानीय निकाय निर्वाचन गर्ने सहमति मध्यरात भयो। ‘पहिला संविधान जारी गरेर निर्वाचनको मिति तय गर्ने तयारीमा हामी छौं,' कांग्रेस महामन्त्री कृष्ण सिटौलाले भने। 
एमाले नेता माधवकुमार नेपाल र कांग्रेस उपसभापति रामचन्द्र पौडेलले राखेको धेरै अर्थात् ८ प्रदेश बनाउनु हुन्न भन्ने फरक मतमा पनि सहमति जुट्न सकेन। 
‘धेरै प्रदेश बनाउनु हुन्न भन्नेमा अझै पनि म प्रस्ट छु तर संविधान निर्माणका लागि म ८ प्रदेशको सहमतिमा बाधक भने हुन्न, हस्ताक्षर गर्नुस्,' बैठकमा नेपालको भनाइ थियो।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस