आज नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक बस्दैछ। आज दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा बस्ने साे बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेताहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ।
यसअघि १९ गते पहिलो दिनको बैठकमा प्रदेश इन्चार्ज/अध्यक्षहरुले र २० गतेको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए। उक्त बैठकमा सहभागीहरुले आगामी चुनावमा गठबन्धन भन्दा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने, यसअघिको स्थानीय तह चुनावमा भएको अन्तरघात छानविन गर्नुपर्ने र यही बैठकबाट पदाधिकारी टुंगो लगाउनु पर्ने धारणा राखेका थिए।
पहिलो दिनको बैठकमा राखिएका नौ एजेण्डाहरुमा पदाधिकारी, स्थायी कमिटी र पोलिटव्युरो पनि गठन गर्ने उल्लेख थियो। पदाधिकारीमा अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा नेताहरुबीच विवादका कारण यो निर्णय हुन सकेको छैन। यस्तै आज नै उक्त बैठक सक्ने माओवादीले तयारी गरेकाे छ।