काठमाडौं–प्रमुख तीनदलबीच कांग्रेस नेतृत्वको सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक अगाडि बढाउने सहमति भएको छ। बैठकले आन्दोलनरत समुहका माग संविधान संशोधनमार्फत पुरा गर्ने भन्दै संविधान संशोधन विधेयक अगाडि बढाउने सहमति भएको नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए।बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकले मुलुकको समस्या समाधान गर्न प्रमुख तीन दलबीचको एकता अपरिहार्य रहेको निश्कर्ष निकाल्दै बैठकले सबै विवादित विषयमा तीन दलको समान धारणा बनाउने सहमति भएको छ।
बैठकमा मधेसी मोर्चाले राखेको ११ बुँदे मागका विषयमा छलफल भएपनि सबै समस्याको समाधान संविधान संशोधनमार्फत नै गर्ने सहमति भएको खनालले जनाए। 'सीमाकंनको विषय संघीय आयोगले छिनोफानो गर्ने कुरामा हामीबीच समान धारणा बन्यो,' खनालले नागरिकन्युजसँग भने।' मधेसी मोर्चाले भने मुख्य रुपमा सीमाकंन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तथा समानुपातिक समावेशीलाई बटम लाइन बनाएको छ। तर, तीन दलको बैठकले भने सीमाकंनको मुद्दा भने संघीय आयोगमार्फत नै टुंग्याउने सहमति भएको खनालले बताए।
बैठकपछि संचारकर्मीसँग कुरा गर्दै कांग्रेस महामन्त्री कृष्ण सिटौलाले तीनदलबीच कतिपय विवादित विषयमा सहमति नजिक पुगेको जानकारी दिए। एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने केही विषयमा तीन दलबीच ठोस सहमति भएको जनाए। उनले अब एक दुई दिनभित्रै मधेसी मोर्चासँग वार्ता हुने उनको भनाइ थियो। बैठकमा प्रधानमन्त्री, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्ण सिटौलालगायतकोउपस्थिति थियो।