काठमाडौं–उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपाल र भारतबीच देखिएको असहज परिस्थिति हटाउने विषयमा सकारात्मक छलफल भएको बताएका छन्।भारत भ्रमणबाट बिहीबार फर्केका थापाले अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै केही दिनमा अहिलेको असहज परिस्थितिमा केही दिनमा सुधार आउने संकेत गरे। 'भ्रमण सकारात्मक भयो,' उनले भने,'केही परिणाम निस्कने अपेक्षा गरेका छौं। अहिले धेरै कुरा गर्ने अवस्था छैन। संचारकर्मीले पनि त्यही प्रकारको भूमिका निर्वाह गर्नुपर्छ।'
भारत रहँदा दुई देशबीच देखिएको असहज अवस्थाका विषयमा गंभीर छलफल भएको उनले बताए। परराष्ट्रमन्त्री थापाले भारतीय विदेशमन्त्री सुस्मा स्वराजलगायतका पदाधिकारीसँग छलफल गरेका थिए। थापासँगै भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायसमेत नेपाल फर्किएका छन्।