चर्को दबाबपछि विवादित अर्थमन्त्रीको बहिर्गमन
२३ असार २०७९
•
६ मिनेट पाठ
चर्को दबाबपछि विवादित अर्थमन्त्रीको बहिर्गमन
बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई सामेल गराएर गोपनीयता भंग गरेको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्माले बुधबार प्रतिनिधिसभा बैठकमा उपस्थित भएर पदबाट राजीनामा दिएका छन्।  




बजेटको गोपनीयता भंग गरी मुलुकमाथि गम्भीर अपराध गरेको दाबीसहित प्रमुख विपक्षी एमालेले सदनबाट अर्थमन्त्री शर्माको राजीनामा र संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो। सडकमा पनि नागरिक समाजका तर्फबाट राजीनामा माग राखेर प्रदर्शन भइरहेका थिए। यस्तो अवस्थामा उनले बाध्य भएर राजीनामा दिएका हुन्। अर्थमन्त्रीका रूपमा शर्मामाथि लागेका आरोपमाथि छानबिन गर्न प्रतिनिधिसभाले समिति पनि गठन गरेको छ।

अर्थमन्त्री शर्माले जेठ १५ गते संसद्मा आर्थिक वर्ष २०७९/८० को बजेट पेस गरेका थिए। १४ गते राति अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर बजेट चुहाएको, करका दर हेरफेर गरेको, बजेटको गोपनीयता भंग गरेकोजस्ता आरोप उनीमाथि लागेका छन्। आफूमाथि लगाइएका आरोप निराधार र झुटा भएको दाबी गर्दै आएका शर्माले बुधबार भने प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

अर्थमन्त्री शर्मामाथि गम्भीर आरोप लागेपछि अर्थ मन्त्रालयको सिसिटिभी फुटेज बाहिर ल्याउन माग गरिएको थियो। तर मन्त्रालयले १३ दिनभन्दा बढीको रेकर्ड सिसिटिभीमा नरहने भएकाले उपलब्ध गराउन नसकिने बताएपछि अर्थमन्त्री शर्मा थप शंकाको घेरामा मात्र परेनन्, पदबाट राजीनामा दिन पनि दबाब बढ्यो।  

माओवादी केन्द्रका नेतासमेत रहेका अर्थमन्त्री शर्माले बजेट तयार गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको समाचार जेठ १९ गते सार्वजनिक सञ्चार माध्यममा आएका थिए। प्रतिनिधिसभाको जेठ २० गतेको बैठका एमालेका सांसद योगेश भट्टराईले गम्भीर आरोप लागेपछि अर्थमन्त्री शर्माले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने र संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेका थिए। एमालेले बजेटबारे अर्थमन्त्रीले सदनमा जवाफ दिँदा, विनियोजन विधेयक पारित गर्दा र बजेटसँग सम्बन्धित आश्रित विधेयक पारित गर्दा बैठक बहिष्कार गरेको थियो।

असार २० गते एमाले संसदीय दलका नेता केपी ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै बजेट निर्माण गर्ने क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करका दरहरू हेरफेर गरेको भन्दै अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै यस विषयमा संसदीय छानबिन समिति गठनको माग गरेका थिए। त्यसको भोलिपल्ट मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच अर्थमन्त्रीले राजीनामा दिने सहमति भएको थियो।  

अर्थ मन्त्रालयले बजेट भाषणभन्दा अघिल्लो रातिको सिसिटिभी फुटेज मेटिएको जबाफ दिएपछि अर्थमन्त्रीका लागि परिस्थिति थप असहज बन्यो। उपभोक्त हित संरक्षण मञ्च नेपालका सचिव जयप्रसाद पौडेलले सूचनाको हक प्रयोग गरी मागेको प्रश्नको जवाफ दिने क्रममा अर्थ मन्त्रालयले मन्त्रालयमा जडान भएको सिसिटिभी फुटेजको क्षमता र क्यामेराका आधारमा बढीमा १३ दिनसम्मको मात्र फुटेज अभिलेखमा रहने जनाएको थियो। त्यसभन्दा बढीको अभिलेख क्रमशः मेटिँदै जाने मन्त्रालयको जबाफमा उल्लेख थियो।  

अर्थमन्त्रीमाथि नैतिकताको प्रश्न उठिरहेका बेला सरकारको नेतृत्व गरेको कांग्रेसका महासचिव एवं सांसद गगन थापा, उपसभापति धनराज गुरुङले पनि राजीनामा दिनु उपयुक्त हुने बताएका थिए। तर अर्थमन्त्री शर्माले संसद्मा बजेटमाथिको छलफलमा उठेका प्रश्नको जबाफ दिने क्रममा भनेका थिए, ‘बजेट केही मान्छेलाई अनैतिक लागेर मेरो राजीनामा माग गर्दैमा मैले राजीनामा दिनुपर्दैन। मेरो निर्णयमा म जबाफदेही छु, बजेट जनता र देशको पक्षमा ल्याएका कारण केहीलाई अनैतिक लागेको हुनुपर्छ।’ अर्थमन्त्री शर्माले एक अन्तर्वार्तामा ‘एमाले को हो सिसिटिभिको फुटेज माग्ने?’ भनेर प्रतिप्रश्न गरेका थिए।  

प्रतिनिधिसभा बैठकलाई बुधबार सम्बोधन गर्ने क्रममा पनि उनले आफूले कुनै गलत काम नगरेको बताए। ‘मार्ग प्रशस्त गर्न राजीनामा दिन चाहन्छु, संसदीय छानबिनलाई सहयोग गर्दछु। हजाराैं छानबिन होस्, संसदीय छानबिन मात्र नभई अन्य छानबिन पनि होस्, म सहयोग गर्न तयार छु,’ उनले भने, ‘नागरिक समाजको आवाजलाई सम्मान गरेर राजीनामा दिएको छु। मैले गल्ती गरेर राजीनामा दिएको होइन।’ उनले आफूले सदनमा आएर बोल्न नपाउने भन्ने एमालेको भनाइलाई खण्डन गर्दै भने, ‘छानबिन नगरीकनै अपराधी बनाउने काम गरियो। यो कहाँको लोकतन्त्र हो?’ सभामुखले अर्थमन्त्रीलाई सम्बोधन गर्न बोलाउँदा एमालेका सबै सांसद सिटबाट उठेका थिए। त्यसपछि सभामुखले एमाले सांसद योगेश भट्टराईलाई भनाइ राख्न समय दिए। भट्टराईले कुन कानुनअन्तर्गत कारबाही गर्ने भन्ने प्रश्न उठेका अर्थमन्त्री शर्माको जवाफ सुन्न एमाले तयार नभएको बताए। उनले भने, ‘राजीनामा गर्नुस्, संसदीय छानबिन समितिले तपाईंको धारणा माग्नेछ।’ सम्बोधन गर्ने क्रममा अर्थमन्त्री शर्माले एमाले सांसद भट्टराईको भनाइप्रति आपत्ति जनाए। उनले भने, ‘एक सांसदले आफ्नो आदेश जारी गर्नुभयो, सैनिक नेतृत्वले जस्तै दोषी करार गर्नुभयो, यही हो लोकतन्त्र? यो राजनीतिक पूर्वाग्रहको पराकाष्ठा हो।’  

अर्थमन्त्री शर्माले आफू निर्दोष रहेको दाबी गर्दै सिसिटिभीको फुटेज नयाँ हो या पुरानो यसबारे आफूलाई थाहा नभएको बताए। ‘सिसिटिभीको क्षमता कति छ भन्ने कुरा मलाई कसरी थाहा हुन्छ। अहिले फुटेज हेर्दा मात्र थाहा भयो। अनि मलाई नानाथरी आरोप लगाउने? कुन सिसिटिभीको क्षमता कति हुन्छ, मलाई कसरी थाहा हुन्छ? कहिले राखेको हो सिसिटिभी? प्राविधकि व्यक्तिले जान्ने कुरा होला त्यो, सत्यतथ्य त्यहीँ छ। मलाई सिटिटिभीको फुटेज डिलिट गर्न जरुरी पनि छैन, त्यसबारे ज्ञान पनि छैन,’ उनले भने। उनले केपी ओली नेतृत्वको सरकारको पालामा जस्तो सुपारी तस्करी आफूले नगरेको बताए।  

अर्थमन्त्री शर्माले बजेट सार्वजनिक गर्नुअघि त्यसबारे आफूले कुनै व्यापारीलाई सूचना नदिएको पनि बताए। उनले भने, ‘मैले बजेट निर्माण गर्दा कुनै त्रुटि गरेको छैन। कुनै बेला उपयुक्त समयमा तमाम घटनाको तथ्य कुरा प्रस्ट गरौंला।’ उनले अर्थतन्त्रलाई उकास्ने गरी आफूले बजेट ल्याएको दाबी गरे। प्रतिनिधिसभा कक्षबाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा पनि उनले यो कुरा दोहो¥याए।  

बिहान ११ बजे बोलाइएको संसद् बैठकमा संसदीय छानबिन समिति गठन गर्ने र अर्थमन्त्री शर्माले सदनमा कुरा राख्ने तयारी भएको थियो। तर प्रमुख प्रतिपक्षी एमालेले पहिला अर्थमन्त्रीले राजीनामा दिएपछि मात्रै संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेपछि बैठक दिउँसो २ बजेसम्म स्थगित भएको थियो। त्यस अवधिमा एमाले र माओवादीबीच छलफल भयो। ११ सदस्यीय छानबिन समिति गठन गर्ने, अर्थमन्त्रीले भनाइ राख्ने र उनले बोल्दा एमालेले सदन बहिष्कार गर्ने सहमतिमै भएको एक सांसदले बताए।

छानबिन समितिमा कोको छन्?

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माण सन्दर्भमा अनधिकृत व्यक्तिको संलग्नता भएनभएको विषयमा छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन गरिएको छ। समितिमा प्रमुख प्रतिपक्षी एमालेका सांसद खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक छन्। त्यस्तै सत्तारूढ दल कांग्रेसबाट पुष्पा भुसाल र सीताराम महतो, माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र शक्तिबहादुर बस्नेत, नेकपा एकीकृत समाजवादीबाट सरलाकुमारी यादव, जसपाबाट सुरेन्द्रकुमार यादव समितिका सदस्य छन्। लोसपाबाट लक्ष्मणलाल कर्ण समितिको सदस्य छन्। समितिले आवश्यकताका आधारमा सभापति चयन गर्न सक्ने व्यवस्था गरिएको छ। समितिलाई काम थालेदेखि १० दिनको कार्यादेश छ। प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम छानबिन समिति गठन गरिएको हो।
अर्को समाचार
संसद्मा थन्किएका विधेयक अघि बढाइँदै
२२ असार २०७९
•
३ मिनेट पाठ
संसद्मा थन्किएका विधेयक अघि बढाइँदै
आर्थिक वर्ष २०७९/८० को बजेट पारित भएसँगै प्रतिनिधिसभाले धमाधम विधेयक पारित गर्ने तयारी गरेको छ। प्रतिनिधिसभाको बुधबार बस्ने बैठकले तीन विधेयक पारित गर्ने कार्यसुची तय गरेको छ।




फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९, सामाजिक सुरक्षा (पहिलो संशोधन) विधये २०७९, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रतिनिधिसभाले मंगलबारको बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक पारित गरेको थियो। प्रतिनिधिसभामा र राष्ट्रियसभामा ५५ भन्दा बढी विधेयक छन्। राष्ट्रियसभातर्फ औषधि (तेस्रो संशोधन) विधेयक २०७९, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९, रेल्वे विधेयक २०७९ असार १७ गते पारित भएको थियो।

राष्ट्रियसभाबाट पारित विधेयक अघि बढाउने क्रममा रेल्वे विधेयक २०७९, औषधि (तेस्रो संशोधन) विधेयक, २०७९, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि प्रतिनिधिसभामा बुधबार सैद्धान्तिक छलफल हुने भएको छ।

प्रतिनिधिसभाबाट संसदीय समितिमा पठाएका दुई महत्वपूर्ण विधेयक यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन सुपरिवेक्षण र समन्वय) ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भइरहेको छ। यी दुई विधेयक पनि छिट्टै समितिबाट टुंगोमा पुग्न लागेको छ।

यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमा जबर्जस्ती करणीको कसूरमा हुने सजाय बढाउने, त्यस्तो कसूरमा मेलमिलाप गराउने कार्यलाई कसुर मानी सजायको व्यवस्था गर्ने, पीडितलाई क्षतिपूर्ति तथा पुनस्र्थापनाको व्यवस्था गर्ने र झुटा उजूरी दिएको ठहरेमा उजुर गर्नेलाई समेत सजाय गर्ने व्यवस्था राखिएको छ। यसै विधेयकमा बलत्कारको मुद्दामा हदम्याद नराख्ने भन्ने व्यवस्था राख्न महिला सांसदले संशोधन प्रस्ताव दर्ता गरेका छन्।

यस विधेयकमा कानुन न्याय तथा मानव अधिकार समितिमा छलफल भइरहेको छ। मंगलबार छलफलका क्रममा मनोविद करुणा कुँवरले बलत्कार भएको समयमा जस्तो लक्षणहरू देखापर्छ बीसौं वर्षपछिसम्म पनि त्यस्तै खालको लक्षणहरू देखा परिरहने सम्भावना रहने हुँदा दोषीलाई कडा कारबाहीको आवश्यकता रहेको बताइन्। उनले हिंसामा परेकाहरूलाई शारीरिक र मानसिक दुवै रूपमा लक्षणहरू देखापर्ने हुँदा कानुन पनि त्यसलाई सम्बोधन गरेर बनाउनुपर्ने उनको भनाइ थियो।

यता राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन सुपरीवेक्षण र समन्वय) ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक माथिको छलफल जारी छ। यस विधेयकमा सरकारले सुरक्षा संवेदनशीलता बढी भएका कारण काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थाको जिम्मा संघीय प्रहरीलाई दिनु पर्ने भन्ने व्यवस्था राखेर विधेयक ल्याएको छ।

प्रदेश प्रहरीको अधिकार कटौती गर्न नभई राजधानीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिनुपर्ने सरकारको तर्क छ। ‘सुरक्षासँग सम्बन्धित कतिपय नीति निर्णयको गोपनियता पनि राख्नुपर्छ र उपत्यकाको सुरक्षा संवेदनशीलतालाई गम्भीरतापूर्वक हेर्नुपर्छ भन्ने मंगलबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले बताएका थिए। 
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस