काठमाडाैं-अाज साँझ ५ बजे हुने भनिएको सरकारपक्षीय दल, प्रमुख प्रतिपक्षी र मधेसी मोर्चाबीचको वार्ताबारे मोर्चा नेता उपेन्द्र यादवले अनभिज्ञता जनाएका छन्। उनले वार्ताबारे अाफूलाई थाहा नभएको बताए। ‘तपाँइहरूकै मिडियाहरूबाट वार्ताको हल्ला सुनेको छु,’ यादवले नागरिकन्युजसँग भने ‘कसैले वार्तामा बोलाएको मलाई थाहा छैन।’
सरकारमा साझेदार एमाले, एमाओवादीसहितका दल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित आन्दोलनरत मधेसी मोर्चाबीच बेलुका ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता हुने तय भैसकेको भएपनि यादवले यस्तो प्रतिकृया दिएका छन्।
४ बजे नेपाली कांग्रेस सहित प्रमुख तीन दल र ५ बजे मधेसी मोर्चासँग वार्ता हुने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दहालले बताए। प्रधानमन्त्रीले साँझ हुने वार्ताबारे अाफ्नो ट्विटरबाट पनि अाधिकारिक जानकारी गराइसकेका छन्। बेलुका हुने वार्तामा दलको तर्फबाट धारणा तय गर्न र एजेन्डाहरुमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न एमालेको स्थायी समिति बैठक समेत डाकिएको छ।
‘वार्ताले फलदायी निष्कर्ष दिने वा नदिने भन्ने कुरा मधेसी मोर्चाको तयारीमा भर पर्छ,’ प्रधानमन्त्री निकट श्रोतले भन्याे ‘कांग्रेससहित सरकारपक्षीय दलको साझा धारणा अाएको छ, वार्ताबाट निष्कर्ष निकाल्नेमा जोड हुनेछ।’
तर मोर्चाको एक प्रमुख दल संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका यादवले वार्ताबारे खबर नै नपाएको बताएर अाजको वार्ता पनि विगतका जस्तै निश्फल हुने संकेत दिएका छन्।
‘सरकार तर्फबाट खबर अायो भने बेलुकाको वार्तामा जानुहुन्छ नि?’ नागरिकन्युजको प्रश्नमा यादवले भने ‘कस्तो खबर अाउँछ त्यसमा भर पर्छ,’ उनले भने ‘तीन दलले मात्रै भनेर हुने भए उनीहरूले संविधान जारी गरिसकेका छन् नि, हाम्रो कुरा कसरी लिन्छन् त्यसपछि वार्ताको ठेगान हुन्छ।’