चितवन–मधेस आन्दोलनका बारेमा ठोस धारणा बनाउन एमाले केन्द्रीय समितिको आयोजनामा चितवनमा मधेसका २२ जिल्लाका अध्यक्षसहितको भेला हुने भएको छ । सौराहामा सोमबार र मंगलबार चल्ने भेलाको तयारी पुरा भएको एमाले चितवन प्रचार विभागले शनिबार बिहान भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।'मधेसमा उठेको आन्दोलनका बारेमा पार्टी केन्द्रीय समितिले आफ्नो धारणा नल्याएको होइन । तर जहाँ आन्दोलन चलेको छ त्यहीका नेता ज्युहरुको पनि मनसाय बुझेर मधेस बारेमा ठोस अवधारणा बनाउन खोजेका छौं,' भेलाको उद्देश्यका बारेमा एमालेका वैकल्पिक केन्द्रीय सदस्य कृष्ण खनालले जानकारी गराए । मधेसमा संविधान प्रति असहमति जनाउँदै तीन महिनाभन्दा पनि लामो समयदेखि आन्दोलन चलेको छ ।
मधेसमा आन्दोलन चल्नुको कारणमा आन्तरिक र बाह्य भूमिका के कति छ ? समाधान के कसरी गर्ने ? भन्ने बारेमा समूहगत छलफल चल्ने खनालले बताए । मधेस आन्दोलन चल्नुमा भखभरतको भूमिका छ भन्ने चर्चा एमालेमा व्यापक छ । मधेसकै नेताहरु राखेर छलफल चलाएपछि प्रष्ट धारणा आउन र दीर्घकालीन रुपमा समाधान निकाल्न मद्दत पुग्ने अपेक्षा राखेको उनले बताए ।
मधेसका २२ जिल्लाका जिल्ला अध्यक्ष र जिल्ला इन्चार्जहरु र अञ्चल इनचार्जहरु भेलामा सहभागी हुने छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भेलाको उद्घाटन गर्ने कार्यक्रम छ । भेलामा केन्द्रीय पदाधीकारीहरु, स्थायी समितिका सदस्यहरु र मधेसका जिल्लाबाट प्रतिनिधित्व गर्ने पार्टीका केन्द्रीय सदस्य र सासंदहरुले भाग लिने छन् । सहभागि संख्या २३५ हुने जानकारी गराइएको छ ।
सहभागिहरुलाई १० समूहमा विभाजित गरेर मधेसका बारेमा विभिन्न विषयमा मन्थन गर्ने र मंगलबार साँझ सौराहा घोषणापत्र जारी गर्ने तयारी रहेको एमाले चितवन प्रचार विभागका प्रमुख अरुणपिडित भण्डारीले जानकारी दिए । मधेस समस्या निराकरणका लागि सरकारले पहल गरेन, पार्टीले ठोस धारणा बनाएन भन्ने गुनासा कार्यकर्ताहरुले नै गर्दै आएपछि एमाले भेला राख्ने निचोडमा पुगेको हो ।
भेलामा तराइमा देखिएको राजनैतिक अस्थिरता, संविधान कार्यन्वयनमा आएको समस्या, संघीय राज्यहरुको बारेको विवाद फुकाउन मात्रै छलफल हुने छैन । चितवन एमालेका प्रचार विभाग प्रमुख अरुणपिडित भण्डारी तराइका जिल्लाहरुमा पार्टीको राजनैतिक र साँगठानिक गतिविधिहरुलाई प्रभावकारी बनाउने विषयमा पनि भेलामा विशेष छलफल हुने बताउँछन् ।