काठमाडौं- तराई–मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताको दिल्ली दौडाहाअघि प्रमुख राजनीतिक दलसँग भएको वार्ता बिनानिष्कर्ष टुंगिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ भएको वार्ता प्रमुख दलले अघि सारेको तीनबुँदे साझा धारणा मोर्चाले अस्वीकार गरेपछि निष्कर्षमा पुग्न नसकेको हो।सत्तारूढ दल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र आन्दोलनरत मोर्चाबीचको वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले सात दलको साझा प्रस्तावका रूपमा तीनबुँदे धारणा प्रस्तुत गरेका थिए। तर, मोर्चाका नेताले आफूहरूले अघि सारेको ११ बुँदे मागलाई साझा धारणाले समट्न नसकेको भन्दै अस्वीकार गरेका छन्।
जनताले धेरै दुःख पाइसकेको भन्दै बैठकमा प्रधानमन्त्री ओलीले आन्दोलन फिर्ता लिन आग्रह गर्दै दलहरूको साझा धारणा अघि सारेका थिए। सत्तारूढ दल नेकपा एमाले, एकीकृत नेकपा माओवादी, राप्रपा नेपाल, मधेसी जनधिकार फोरम लोकतान्त्रिक, राप्रपा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत सात दलले साझा धारणा निर्माण गरेका हुन्।
'हामीले अघि सारेको ११ बुँदे मागका सम्बन्धमा प्रमुख दलहरूको साझा धारणा खोजेका हौं,' बैठकपछि सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले नागरिकसँग भने, 'तीनबुँदेले मात्रै हाम्रो माग सम्बोधन हुँदैन।'
आफ्नो मागका बारेमा सत्तारूढ दलहरूले दिल्लीमा भ्रम छरेको भन्दै त्यस विषयमा भारतीय नेतासँग छलफल गर्नका लागि त्यता जान तयारीमा रहेका मधेसी मोर्चाका नेतासँग प्रधानमन्त्री ओलीको आह्वानमा वार्ता भएको हो। मोर्चाका चारवटै घटक दलका नेता आइतबार बिहान दिल्ली जाने कार्यक्रम छ।
प्रमुख दलको साझा धारणामा सुशील कोइराला नेतृत्वको सरकारले संसदमा दर्ता गराएका संविधान संशोधनसम्बन्धी विधेयक अघि बढाउने, प्रदेश सीमांकनको विषयमा खुला रहँदै राजनीतिक समिति गठन गरी समस्या समाधान गर्ने र मोर्चाले आन्दोलन स्थगित गरी वार्तामा आउने उल्लेख छन्। यस्तै, संविधान संशोधनमा समानुपातिक समावेशी सहभागिता सुनिश्चित गर्ने र जनसंख्या तथा भूगोलको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने पनि साझा धारणामा उल्लेख छ। त्यसमा मोर्चाले आफ्नो बटमलाइन भन्दै आएको प्रदेश सीमांकनको विषयमा खुला रहेर राजनीतिक समाधान खोज्ने बताइएको छ।
वार्तामा संघीय समाजवादी फोरम नेपाल अध्यक्ष उपेन्द्र यादवले सरकारले शान्तिपूर्ण आन्दोलनमाथि दमन गरेको भन्दै आलोचना गरेका थिए।
प्रधानमन्त्री ओलीले शुक्रबार नै बैठक आह्वान गरे पनि मोर्चाका नेताहरू बालुवाटारको पूर्वनिर्धारित वार्तालाई छाडेर भारतीय राजदूतकोमा पुगेपछि वार्ता बसेन।
शनिबारको वार्तामा मोर्चाले सरकारले वार्ताको वातावरण बनाउनका लागि निर्णय भएका विषय समेत कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका थिए। 'वार्ताको वातावरण बनाउने जिम्मेवारी दुवै पक्षको हो। मोर्चाले राखेका सर्तहरू कार्यान्वयन भए नभएको बारेमा कुरा उठेको छ,' एमाले महासचिव ईश्वर पोखरेलले भने, 'त्यसको कार्यान्वयनका बारेमा यसअघि दुवैले गठन गरेको २ सदस्यीय टोलीले हेर्नेछ।' वार्ताको वातावरण बनाउन कानुनमन्त्री अग्नि खरेल र मोर्चाका नेता लालबाबु राउतको टोली गठन गरिएको थियो।
वार्तामा प्रधानमन्त्री ओलीले पुनर्निर्माण प्राधिकरण गठन हुन नसक्दा पीडितहरूले झनै समस्या झेल्नुपरेको भन्दै सो सन्दर्भमा संसदमा रहेको विधेयक पारित गराउन सहयोगका लागि सबैसँग आग्रह गरेका थिए। मोर्चासँगको वार्तामा सहमति नभए पनि सरकारले यसअघि नै दर्ता गराएको संविधान संशोधन विधेयक पारित गर्ने प्रक्रियामा तत्काल नलगिने संकेत देखिएको छ।
'संविधान संशोधन अहिलेको समस्या समाधानका लागि हो,' महासचिव पोखरेलले भने, 'समस्या समाधान नभए कसरी अघि बढ्न सकिएला!' संविधानको विषयमा असन्तुष्टि जनाउँदै आएको मोर्चाको आह्वानमा १ सय १० दिनदेखि आन्दोलन जारी छ।