चितवन-नेकपा एमालेका बरिष्ठ नेता माधव नेपालले अख्तियार दुरुपयोग अनुशन्धान आयोगले पूर्व प्रशासक, मन्त्री र सासंदहरुमाथि छानबिन सुरु गरेको आपत्ति जनाएका छन् ।आइतबार साँझ प्रेश चौतारी चितवनले गरेको पत्रकार सम्मेलनमा नेता नेपालले अख्तियारले एमालेका छ जना नेतासहित २९ जनामाथि छानबिन सुरु गरेको प्रति आपत्ति जनाएका हुन्। 'अख्तियारले अति गर्यो' अख्तियारको कदमका बारेमा पत्रकारहरुले जिज्ञासा राख्ना साथ नेता नेपालले भने । उनले यसो भनि रहँदा अख्तियारले पत्र काटेको एमाले सासंद सुरेन्द्र पाण्डे साथ मै थिए ।
'भ्रष्टाचारमा संलग्नै नभएको सरोकार नै नभएका सुरेन्द्र पोण्डे, राजेन्द्र पाण्डे, विजय पौडेल जस्तालाई छानबिनको दायरामा ल्याएर अख्तियारले बेठिक गरेको छ' नेता नेपालले भने । उनले नाम लिएका एमाले नेताहरु नेपाल निकटका मानिन्छन् । सरकारी ओहदामा बसेर प्रतक्ष्यरुपमा भ्रष्टाचार गर्नेलाई अख्तियारले केही नगरेको तर नेताहरुलाई निशाना बनाएर अख्तियारले राजनीति गरेको उनले आरोप लगाए।
सौराहा भेलामा अख्तियारको कदमका बारेमा पनि छलफल हुने उनले बताए । मधेसी समुदायका एमाले नेता डा.वंशिधर मिश्रलाई पनि अख्तियारले छानबिन गर्ने भएको छ । उनी पुर्व मन्त्री हुन् ।