लेखनाथ पाण्डे, माघ १- भारतीय विदेशमन्त्री एसएम कृष्णाले आफ्नो नेपाल आगमनको मुख्य एजेण्डा दुई देशबीच रहेको हार्दिक सम्बन्ध अझ बढाउनु रहेको बताएका छन्। केही समयअघिमात्र काठमाडौं आइपुगेका उनले भारतको विदेश नीतिमा नेपाल उच्च प्राथमिकतामा रहेको पनि सञ्चारकर्मीसामु उल्लेख गरे।
उनले यसै विषयमा केन्द्रित रहेर नेपाली नेतृत्वसँग वार्ता गर्ने पनि बताए। र, दुई देशबीचको सम्बन्ध अझ मजबुत हुने विश्वास पनि व्यक्त गरे। उनलाई विमानस्थलमा उपप्रधान तथा परराष्ट्र मन्त्री सुजाता कोइरालाले स्वागत गरेकी थिइन्।
बिहान ११ बजे विशेष विमानबाट काठमाडौँ उत्रने कार्यक्रम भए पनि नयाँ दिल्लीमा हुस्सु लागेको हुनाले पौने ११ बजे बल्ल विमान उडेपछि उनी पौने १२ बजेतिर मात्र काठमाडौं उत्रन सकेका थिए।