चितवन–लामो समयदेखि आन्दोलनमा रहेका मधेस केन्द्रित दलहरुका नेताको भारत भ्रमणको विरोधमा रहेका एमाले वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले दिल्लीमै भएको १२ बुँदे सहमतिको भने बचाउ गरेका छन्।शसस्त्र संघर्षमा रहेको तत्कालीन विद्रोही शक्ति माओवादीलाई शान्ति प्रकृयामा ल्याउन ६२ साल मंसिरमा दिल्लीमा १२ बुँदे सहमति भएको थियो। आइतबार साँझ चितवनमा पत्रकारसँग कुरा गर्दै नेता नेपालले सो सहमति दिल्लीको साटो केरलामा गर्ने तयारी भएको पनि खुलासा गरे । 'धेरैले यसमा भारतका सरकारी अधिकारीको भूमिका देख्छन्। कसै कसैले त सहमति हिन्दी भाषामा तयार भएर आएको र पछि नेपालीमा तयार पारेको भनेर भाषण पनि गर्छन् । तर त्यो हुँदै होइन,' नेता नेपालले भने ।
भारतका कम्युनिष्ट पार्टीकोे भने सहमति गराउनमा भूमिका रहेको उनले बताए। भारतमै बस्ने प्रवासी नेपालीको डेरामा सहमतिको मस्यौदा तयार गरेको उनले बताए । राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि शान्ति पुर्ण विरोध कार्यक्रम गर्दे आएका तत्कालीन संसदमा रहेका सात दल र माओवादीबीच १२ बुँदे सहमति हुँदा नेता नेपाल एमालेका महासचिव थिए । त्यो बेला एमालेमा महासचिव मुख्य हुने परिपाटी थियो ।