काठमाडौं–सभामुख ओनसरी घर्तीले बारम्बार सदन अवरोध गर्दा महत्वपुर्ण विधेयक पारित हुन नसकेको भन्दै सक्रियता बढाएकी छिन्। निरन्तर सदन अबरूद्ध हुँदा महत्वपूर्ण विधेयक पारित हुन नसकेकाे भन्दै सभामुख घर्ती सक्रिय भएकी हुन्।सभामुख घर्तीले सोमबार विहान प्रधानमन्त्री केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस नेताहरु महेश आचार्य र चिनकाजी श्रेष्ठसँग अबरुद्ध सदन, अघिल्लो सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकलगायत समसामयिक विषयमा परामर्श गरेकी छिन्। सभामुख कार्यकक्ष सिंहदबारमा भएको छलफलमा प्रमुख दलका नेताहरुले सबै समस्याको समाधान संसदमार्फत गर्नुपर्ने भन्दै सदन सुचारु गर्न आफूहरु सहयोग गर्न तयार रहेको बताएका थिए। सभामुखका निजी सचिव सुरजकुमार दुराका अनुसार सबै समस्याको समाधान वार्तामार्फत नै समाधान गर्न तीन दल तयार भएका छन्। स्रोतका अनुसार सो छलफलमा नेताहरुले मधेसका समस्याका विषयमा सदनमा छलफल गर्न आफूहरु तयार रहेको बताएका थिए।
यसैबीच आज सोमबार ११ बजे सुरु हुने भनिएको संसद बैठक अझै सुरु हुन सकेको छैन्। सभामुख ओनसरी घर्ती अहिले सदन सुरु गर्ने विषयमा आन्तरिक छलफलमा व्यस्त छिन्। सभामुखले मधेसी दलका सांसदसँग छलफल गरेकी थिइन। स्रोतका अनुसार मधेसी दलका सांसदले आफ्नो दलका शीर्ष नेता मुलुक बाहिर रहेका कारण उनीहरु नफर्केसम्म सदन चल्न नदिने बताएका छन्। उनीहरुले यसअघि आफ्ना नेतालाई बोल्न दिएको भए सदन सुचारु गर्ने विषयमा सकारात्मक हुन सकिन्थ्यो भन्दै शीर्ष नेताले नबोलेको र उनीहरु मुलुक बाहिर रहेका कारण सदन सुचारु गर्न सहयोग गर्न नसकिने बताएका छन्। प्रमुम तीन दलले भने आफूहरुले बोल्नु पाउनुपर्ने र संविधान संशोधन विधेयकमाथि छलफल गर्न सदन सुचारु गर्न सभामुखलाई आग्रह गरेका छन्।