चितवन–मधेस आन्दोलनमा केन्द्रित रहेर मन्थन गर्न नेकपा (एमाले) केन्द्रीय समितिको आयोजनामा आजबाट चितवनको सौराहामा विषेश केन्द्रीय भेला सुरु हुँदै छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपीशर्मा ओलीले सोमबार उद्घाटन गर्ने भेला दुई दिन चल्ने छ।भेलामा केन्दीय सचिवालयले तयार गरेका तीनवटा कार्यपत्र पेश हुँदै छन्। एमाले केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले दिएको जानकारी अनुसार उद्घाटन सत्र समापन भएसँगै आठ समूह बनाएर कार्यपत्रमाथि छलफल हुने छ। तराई मधेसमा देखिएका आर्थिक समाजिक संरचना र पार्टीको नीतिकाबारेमा एउटा कार्यपत्र पेश हुदैछ। त्यस्तै नाकाबन्दी पछि उत्पन्न समस्या र पार्टीको नीति तथा तराइ मधेसका सम्बन्धमा पार्टीका विगतदेखिका नीतिका बारेमा पनि कार्यपत्र प्रस्तुत हुने छ ।
सचिवालयले निर्माण गरेको कार्यपत्र एमाले महासचिव इश्वर पोखरेल, उपमहासचिव घनश्याम भुषाल र सचिव प्रदिप ज्ञवालीले प्रस्तुत गर्ने प्रचार विभाग प्रमुख भट्टराईले बताए । मंगलबार कार्यपत्र माथि आएका सुझावलाई समेटेर सौराहा घोषणापत्र जारी हुने छ । सौराहा भेलाले नै पार्टीको दुई महिने अभियानका कार्यक्रमहरु समेत तय गर्ने भट्टराईले जानकारी दिए ।
तराई मधेसका २२ जिल्लाका पार्टी नेतृत्वसहित केन्द्रीय पदाधीकारीसमेत गरेर भेलामा २७५ जना सहभागि हुने छन् । संविधानका विशेषता र संविधानले समेटेका अधिकारका बारेमा जिल्ला नेतृत्वलाई जानकारी गराउने र उनीहरुका धारणा बुझेर मधेसका सन्दर्भमा ठोस नीति बनाउन भेलाले भूमिका खेल्ने प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।