आन्दोलनले देश बर्बाद भयो : प्रधानमन्त्री
२१ मंसिर २०७२
•
६ मिनेट पाठ
आन्दोलनले देश बर्बाद भयो : प्रधानमन्त्री
चितवन- मधेस आन्दोलनका विषयमा समीक्षा गर्न चितवनको सौराहामा सोमबारबाट नेकपा (एमाले) को विशेष राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको दुई दिने भेलामा पार्टी सचिवालयले तयार गरेका तीनवटा कार्यपत्रमाथि छलफल हुनेछ।




उद्घाटनक्रममा ओलीले लामो समयदेखि जारी मधेस आन्दोलनले देश बर्बाद भएको बताए। शान्तिपूर्ण विरोध गर्ने अधिकार सबैलाई भए पनि मधेस आन्दोलन दुःख दिने नियतले भएको भन्दै उनले यस्तो अवस्था कायमै रहे जनताको जिउधन सुरक्षा गर्न सरकार अग्रसर हुने चेतावनी दिए। 'आन्दोलनका नाममा प्रहरी चुप लागेर मारिन तयार रहनुपर्छ भन्ने हुँदैन, आन्दोलन गर्दा पुलिस ताक्ने, एम्बुलेन्स फोड्ने अनि ज्यादती भयो भन्ने?' उनले भने, 'कहीँ, कतै ज्यादती भएका छन् भने त्यसलाई रोकौँला तर अब सहेरै बस्नुपर्छ भन्ने छैन,' प्रधानमन्त्री ओलीले भने। मधेस गएका सासंदलाई निर्वाचन हारेकाले रोक्ने काम गरेको भन्दै उनले यस्तो सधैँ नहुने बताए।

'संविधानले अधिकार दिने हो, दालभात होइन,' प्रधानमन्त्री ओलीले भने, 'अधिकार दिने सवालमा हिमाल, पहाड, तराई–मधेस कहीँका जनतालाई बढी–घटी भएको छैन।' देशलाई नकारात्मक असर नपर्ने अवस्था छ भने अनावश्यक कुरा पनि मान्न तयार हुनुपर्ने भएकाले मधेसी दलको मागबमोजिम संविधान संशोधन गर्न सरकार तयार रहेको उनले जानकारी दिए। 'विरोध गर्ने केही कुरा नपाएर संविधानको धारामा समानुपातिक समावेशी हुनैपर्छ भन्नुभयो, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बनाउनुपर्छ भन्नुभयो, त्यो थप्न हामी तयार नै छौं,' ओलीले भने।

नागरिकताको विषयमा पनि अनावश्यक प्रचार गरिएको उनको भनाइ थियो। 'बिहे गरेर आउने विदेशी बुहारीलाई नागरिकता दिने भनेकै छ तर छोरी बिहे गरेर लैजाने विदेशी ज्वाईंलाई पनि नागरिकता लिएर जाऊ भन्न सकिन्न,' ओलीले भने, 'यस्ताको हकमा केही कडा प्रावधान राख्नैपर्छ। यस्तो कुरामा ठूलो आपत्ति जनाउनु उचित होइन।'

सीमांकनको विषयमा पिँजडाको सुगाले खाम तानेर भाग्य हेरेजसरी हचुवामा काम गर्न नसकिने उनले बताए। 'यसका विधि छन्, संविधानले तय गरेका मान्यता छन्, त्यसैलाई आधार बनाएर प्रदेशबारे छलफल गर्न तयार छौं,' उनले भने। तर, आन्दोलनरत दल समस्या निराकरणमा कत्ति पनि गम्भीर नदेखिएको उनले दाबी गरे। 'संविधान बनाउन आउनुहुन्न, कसैलाई प्रधानमन्त्रीमा हराउन–जिताउन भने आउनुहुन्छ, सरकार वार्ता गर्न आऊ भनेर कुरेर बस्छ, उहाँहरु हामी त अन्तै गयौं, आउन भ्याएनौँ भन्नुहुन्छ,' ओलीले भने, 'भूकम्पपछिको पुनर्निर्माणका लागि प्राधिकरण गठन गर्नु छ तर १५–२० जनाले संसद नै रोक्नुहुन्छ, यसरी सधैं चल्दैन।'

सानो देशलाई स्वाभिमानपूर्वक अगाडि बढ्न सजिलो नभएको अनुभव उनले सुनाए। 'यस्तो बेला राष्ट्रलाई समृद्ध बनाउने कि साम्प्रदायिक राजनीति गरेर उत्तेजनामा बहकिने भनेर सोच्ने समय आएको छ,' प्रधानमन्त्री ओलीले भने।

आठ समूह बनाएर छलफल
भेलामा केन्द्रीय पदाधिकारी, स्थायी समिति सदस्य, मधेसका २२ जिल्लाका पार्टी अध्यक्ष, इन्चार्ज, अञ्चल इन्चार्ज, मधेसका केन्द्रीय सदस्य, सांसदसमेत २ सय ७५ जना सहभागी छन्। उनीहरुलाई तीन समूहमा विभाजन गरेर पार्टी केन्द्रीय सचिवालयले निर्माण गरेको कार्यपत्रमाथि छलफल हुने प्रचार विभाग प्रमुख योगेश भट्टटराईले जानकारी दिए।

उनका अनुसार तराई मधेसका आर्थिक–सामाजिक समस्या समाधानका लागि पार्टीले लिने नीतिबारे पनि कार्यपत्र पेस हुनेछ। त्यस्तै नाकाबन्दीपछि उत्पन्न राष्ट्रिय परिस्थितिका सम्बन्धमा पार्टीले लिनुपर्ने नीति र तराई मधेसका सम्बन्धमा पार्टीले विगतदेखि लिँदै आएका विषयमा भेलामा छलफल हुनेछ। मंगलबार निचोड प्रस्तुत हुने र दुई महिने राष्ट्रिय अभियानका कार्यक्रम तय गर्नेछ।

सहभागीलाई नेपालको संविधान र पार्टीको नीतिबारे जानकारी दिन तराईका ६ भाषामा तयार गरिएको किताब वितरण गरिएको छ। तराईका अवधी, मैथली, भोजपुरी, पुर्वी र पश्चिमी थारु भाषामा सामाग्री तयार गरेको भट्टराईले जानकारी दिए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस