चितवन–'मधेसमा दुई प्रदेश भनेर हामीले आठ वर्षअघि भनेको यसका बारेमा पार्टी नेतृत्व बोल्नु पर्छ,' सौराहामा एमालेले आयोजना गरेको विशेष राष्ट्रिय कार्यकर्ता भेलामा लोकतान्त्रिक मधेसी संगठनमा आवद्ध राजमहमद मिया अन्सारी मंगलबार बिहान आफ्नो समूहमा यो कुरा जोड तोडका साथ उठाउँदै थिए।टोली नेता सत्यनारायण साह भने यसलाई टिप्ने वा नटिप्ने अलमलमा थिए। भेलामा सहभागि भएकाहरु नौ समूहमा विभाजित भएर छलफलमा केन्द्रित भएका थिए। सबै समूहमा नेतृत्वको आलोचना भएको थियो। 'मधेसमा सम्बन्धमा पार्टीलाई हामी कार्यकर्ताले दिएको सुझाव मान्य हुँदैन तर त्यही कुरा आन्दोलनरत दलले उठाएपछि पार्टी मान्न तयार हुन्छ भन्ने गुनासाहरु आए,' समूह दुईका टोली नेता रामप्रित पासवानले भने।
आफ्ना भनाइ समूह छलफलको टिपोटमा पर्ने सम्भावना नभएपछि टोली नम्बर नौमा रहेका राजमहमद मिया अन्सारी भन्दै थिए, 'यो कुरा त्यसै आएको होइन । ६४ सालमा वीरगंजमा भएको मधेसी सम्मेलनले नै मधेसमा दुई प्रदेशको कुरा उठाएर पार्टीलाई पठाएको थियो । त्यो विषय यो भेलामा किन छलफलमा नल्याउने ?'
भेलामा औपचारिक छलफलका लागि ल्याइएको 'तराई मधेसमा उत्पन्न समस्या र समाधनामा पार्टीको दृष्टिकोण' नामक कार्यपत्रमा तराईका जिल्लाहरु समेटेर बनेका प्रदेश नम्बर दुई र पाँचले यो अवधारणालाई समेटेको उल्लेख छ। पुर्व पश्चिम काँक्रो चिराको आकारमा प्रदेश निर्माण गर्ने माग उठे पनि त्यसलाई पुरा गर्न नसकिने कार्यत्रपमा जोड दिइएको छ।
'स्वतन्त्र राष्ट्रले आफ्नो दीर्घकालीन हित र रणनीतिक स्वार्थलाई मध्यनजर राखेर प्रदेशको सीमांकन गर्नुपर्छ। अरुले मागे अनुसार भने अनुसार सीमांकन हुनपर्छ भन्ने माग जायज छैन,' महासचिव इश्वर पोखरेलकातर्फबाट प्रस्तुत भएको कार्यपत्रमा उल्लेख छ। तराईमा आधारभूत रुपमा दुई प्रदेश हुनु पर्ने माग नयाँ संविधानले सम्बोधन गरेको सो कार्यपत्रमा उल्लेख छ।
संघीयताको सिमांकन अहिले चर्चामा छ। मधेसीले मागे अनुसारको दुई नम्बर प्रदेश दिएको एमालेको जिकिर छ। तर भेलामा दुई नम्बर प्रदेशमा पहाडका जिल्लालाई पनि मिलाउनु पर्ने माग उठेको रामप्रित पासावान बताउँछन्। 'दुई नम्बर प्रदेशमा मकवानपुर, उदयपुर सिन्धुलीलाई किन नराख्ने भन्ने कुरा समूह छलफलमा आयो,' पासवानले भने ।