काठमाडाैं-भारतीय विदेश मन्त्री सुस्मा स्वराजले अन्ततः भारतले नाकाबन्दी गरेको स्विकारेकी छन्। सोमबार भारतको राज्य सभामा चलेको बहसमा सांसदहरुले नेपाल सम्बन्ध अहिलेसम्मकै सबैभन्दा खराव स्थितिमा पुर्याएको आरोप लगाएपछि स्वराजले यो नै भारतको नेपालमा पहिलो नाकाबन्दी नभएको बताइन्।
बहसमा सहभागी अधिकांश सांसदले भारत स्वतन्त्र भएको ६५ बर्षको इतिहासमा मोदी नेतृत्वको वर्तमान सरकारले नेपालसँगको सम्बन्ध बिगारेको अारोप लगाएका थिए।
मोदी सरकारको नेपाल नीति असफल भएको भन्दै चर्को अालोचना गरेका थिए। अाक्रोशित शैलीमा सरकारको वचाउमा उत्रिएकी स्वराजले नेपालमा भारतले गरेको नाकाबन्दी यो पहिलो नभएको बताएकी हुन्। बारम्बार भारतले नाकाबन्दी गरेको तथ्य अस्विकार गर्दै अाएकी स्वराज जब अाक्रोशमा उत्रिइन तब उनले वास्तविकता खुलाइन्।
वर्तमान सरकारले मात्रै नाकाबन्दी गरेको हैन भन्दै अफ्नो वचाउ गर्न बिदेशमन्त्री स्वराजले पुरानो इतिहासको सहारा लिइन्। उनले राजिवगान्धीको पालामा यसअघि सवा सालसम्म भारतले नेपालमा नाकाबन्दी गरेको उल्लेख गरिन्।
‘नेपालसँग पहिलो पटक यस्तो खराव स्थिति भएको हैन,’ स्वराजको कथन थियो ‘राजिवगान्धीको सरकारका पालामा पनि नेपालमाथि नाकाबन्दी भएको थियो।’
आउनुस् हेरौं स्वराजको अभिव्यक्तिः