सौराहा (चितवन)-सात प्रदेशको सीमांकनमा अडिग रहँदै आएको सत्ता नेतृत्व दल नेकपा एमाले सीमा पुनरावलोकन गर्न तयार देखिएको छ । मधेस समस्याबारे अन्तक्र्रिया गर्न चितवन, सौराहामा आयोजित दुई दिने भेलाले राजनीतिक समिति बनाएर तीन महिनाभित्र प्रदेशको सीमांकन पुनरावलोकन गर्ने निर्णय लिएको हो ।
भेलाले सीमांकन हेरफेरमा 'जातीय सद्भाव र राष्ट्रिय एकतामा प्रतिकूल असर नपर्ने गरी' राजनीतिक दलहरुको सहमतिका आधारमा गर्नेसहित १७ बुँदे प्रस्ताव पारित गरेको छ ।
'सीमाहरू पुनरावलोकन गर्दा जातीय सद्भाव अभिवृद्धि हुने, राष्ट्रिय अखण्डता अझ सुदृढ हुने तथा विकास–निर्माण र आर्थिक समृद्धिको राष्ट्रिय लक्ष्यलाई सहयोग पुग्ने सुनिश्चित गर्नुपर्ने र यस क्रममा जनताको चाहनालाई केन्द्रबिन्दुमा राख्नुपर्ने कुरामा यो भेला विशेष जोड दिन चाहन्छ,' तराई–मधेसलाई केन्द्रित गरेर आयोजना गरिएको भेलाले पारित गरेको प्रस्तावमा भनिएको छ ।
एमाले भेलामा छलफल संरचना पनि संघीय संरचनाअनुसारकै थियो । सहभागीलाई सात प्रदेश र जनसंगठनका दुई गरी नौ समूहमा विभाजन गरी छलफल चलाइएको थियो । तराई–मधेस आन्दोलनको केन्द्रबिन्दु रहेको प्रदेश नम्बर २ का तीन र प्रदेश नम्बर ५ का २ टोली थिए ।
भेलामा टोली नम्बर ३ ले सुनसरी, झापा, मोरङ मात्रै नभएर उदयपुर, सिन्धुली र मकवानपुर पनि प्रदेश नम्बर २ मा मिलाउनुपर्ने गरी सीमाकंनको पुनरावलोकन गर्न सुझाव दिएको थियो । भेलामा सहभागी केही प्रतिनिधिले तराई–मधेसमा दुई प्रदेशमा जाँदा पनि केही फरक नपर्ने धारणा राखेका थिए ।
छलफलमा भाग लिँदै टोलीले पार्टी नेतृत्वले आफ्नो समुदायको पक्षमा उठाएका जायज मागलाई पार्टीभित्रैबाट उठाउँदा अस्वीकार गर्ने र आन्दोलनरत पक्षको दबाब अघि झुकेर त्यही माग पूरा गर्दा जनताको सान गिरेको भन्दै नेतृत्वको आलोचना गरेका थिए । उनीहरुले मधेसी सांसदले पहिले नै समानुपातिक समावेशिता र जनसंख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारणका लागि दिएको सुझावलाई नेतृत्वले लत्याएको आरोप लगाएका थिए ।
त्यसैगरी, संसदमा दर्ता भएको समानुपातिक समावेशी सहभागिता र निर्वाचन सम्बन्धी विधेयक अघि बढाउने निर्णय पनि भेलाले गरेको छ । तराई–मधेसका २२ जिल्लाका कार्यकर्ताको विशेष उपस्थिति रहेको भेलाले नयाँ संविधानका विषयमा जनचेतना अभिवृद्धिका लागि तीनमहिने कार्यक्रम पनि घोषणा गरेको छ ।
'संविधानको घोषणा ऐतिहासिक उपलब्धि ः अबको अभिभारा राष्ट्रिय एकता सुदृढीकरण र समृद्धि' भन्दै देशव्यापी रुपमा सञ्चालन हुने कार्यक्रम तराई–मधेसमा बढी केन्द्रित हुने एमालेले जनाएको छ ।
भेलालाई सम्बोधन गर्दै एमाले महासचिव ईश्वर पोखरेलले अभियान सोमबारबाटै सुरु भइसकेको भन्दै फागुन २१ गते औपचारिक रुपमा अन्त्य हुने जानकारी दिए ।
अभियानअन्तर्गत स्थानीय भाषामा संविधान र भारतीय नाकाबन्दीको विषयमा लेखिएका ब्यानर बोकेर घरदैलो कार्यक्रम, सभा, गोष्ठी गर्ने, प्रदेशस्तरमा ठूला आमसभा आयोजना गरिने बताइएको छ । त्यसका लागि पाँच दिनभित्र आमसभा आयोजना गर्ने स्थल र मिति छनोट गर्न निर्देशन दिइएको छ ।
भेलाले तराई–मधेसमा निर्माणाधीन अवस्थामा रहेका विकास कार्यक्रमलाई पर्याप्त बजेट व्यवस्था गर्नसमेत सरकारसँग माग गरेको छ । भारतीय नाकाबन्दी र तराई–मधेसमा जारी आन्दोलनको आलोचना गर्दै प्रस्तावले आपूर्ति व्यवस्था सहज बनाउन, नाकाबन्दी झेल्दै आएका उद्योग व्यापारी र सर्वसाधारणलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
त्यसैगरी, परनिर्भरता र पराश्रय अन्त्य गर्न आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि विशेष कार्यक्रम ल्याउन सरकारसमक्ष माग गरेको थियो ।
भेलामा सहभागी कार्यकर्ताले सुरक्षाका कारण जिल्ला जान नसकेको र पार्टीविरोधी भावना बढेको भन्दै नेतृत्वलाई अभिव्यक्ति दिँदा गम्भीर बन्न आग्रह गरेका थिए ।
त्यसैगरी, अख्तियार दुरुपयोग अनुन्धान आयोगले एमालेका केही नेतालाई अनुसन्धानका लागि प्रतिशोधका आधारमा पत्र काटेको भन्दै भेलाले सो कार्यको भत्र्सना गरेको छ ।