मधेसको माग बुझ्न ढिलो भो : एमाले
२३ मंसिर २०७२
•
५ मिनेट पाठ
मधेसको माग बुझ्न ढिलो भो : एमाले
चितवन- २०६३ सालको अन्तरिम संविधानको प्रस्तावनामा संघीयता उल्लेख गर्न नसक्नु कमजोरी भएको एमालेले स्वीकार गरेको छ। 'अन्तरिम संविधान लेख्दा नै त्यसको प्रस्तावनामा संघीयता उल्लेख गर्न पार्टीभित्र सुझाव आएका थिए,' एमालेको सौराहा भेलामा पार्टी महासचिव इश्वर पोखरेलले पेस गरेको कार्यपत्रमा उल्लेख छ।

यसमा तराईका पार्टी नेता तथा कार्यकर्ताको विशेष सक्रियता रहेको कार्यपत्रमा स्मरण गरिएको छ। 'समयमै तराई–मधेसको मनोविज्ञान, सरोकार र माग बुझेर अगाडि बढ्न सकेको भए स्थिति धेरै भिन्न हुने निश्चित थियो,' पोखरेलको कार्यपत्रमा भनिएको छ। संघीयताबिना अन्तरिम संविधान आएसँगै नेपालमा पहिलो आन्दोलन सुरु भएको थियो।

त्यही आन्दोलनका कारण अन्तरिम संविधान संशोधन गरेर संघीयता स्वीकार गर्नुपरेको थियो। पहिलो संविधानसभाका बेला राज्य पुनःसंरचनाका लागि सुझाव प्रस्तुत गर्न रामचन्द्र झाको संयोजकत्वमा गठित समितिलाई पार्टीले व्यवस्थित र संस्थागत रूपमा मार्गदर्शन गर्न र उचित निर्णय गर्न नसकेको कार्यपत्रमा उल्लेख छ। 'संसदीय दलले ०६५/६६ सालमा गठन गरेको कार्यदलले विभिन्न खाले छलफल र अन्तरक्रिया गरेर १५ प्रदेशको प्रस्ताव अगाडि सार्योथ तर त्यस सम्बन्धमा व्यवस्थित र संस्थागत निर्णय गर्न सकेन,' पार्टी भूमिकाको समीक्षा गर्दै भनिएको छ।

एक मधेस प्रदेशको अवधारणाविपरीत धेरै प्रदेश निर्माण गर्ने विषयमा भने एमालेले अगुवाइ गर्न सकेको भनिएको छ। पूर्व–पश्चिम काँक्रो चिरेजस्तो प्रदेश निर्माण उपयुक्त हुने धारणा एमालेको छ। मधेसमा दुई प्रदेश चाहिने भनेर उठेको आवाजप्रति एमालेले त्यस्तो मागलाई संविधानले समेटिसकेको जवाफ दिएको छ।

पोखरेलको कार्यपत्रमा प्रदेश नम्बर दुई र पाँचलाई मधेस प्रदेशका रूपमा व्याख्या गरिएको छ। मधेसी मोर्चाले प्रदेश नम्बर दुईमा झापा, मोरङ सुनसरी र प्रदेश नम्बर पाँचमा कैलाली कञ्चनपुरलाई मिसाउन माग गर्दै आएको छ। प्रदेश सीमांकन आफूले मागेअनुसार नै हुनुपर्ने मधेसी समुदायको माग जायज नभएको कार्यपत्रमा उल्लेख छ। ०६४ साल फागुन १६ मा संयुक्त मधेसी मोर्चा र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरलाबीच भएको आठ सूत्रीय सम्झौतामा संविधानसभाबाट हुने निर्णयलाई आधार मानेर प्रदेश बनाउने उल्लेख भएको पोखरेलले स्मरण गराएका छन्।

काँक्रो र अम्बाको उदाहरण ल्याएर काँक्रोजस्तो सर्लक्क पूर्व पश्चिम नभई अम्बाजस्तो तल–माथि अर्थात् हिमाल, पहाड र तराई मिसिएको प्रदेश निर्माण गर्नु उपयुक्त हुने एमालेको बुझाइ छ। यस्तो निष्कर्षमा पार्टीले अगुवाइ गर्दै आएको भनेर पोखरेलको कार्यपत्रमा गर्व गरिएको छ।

'करेला जस्तै पनि चिरौँला'
सौराहा भेलाले पारित गरेका निर्णय सार्वजनिक गर्न बुधबार बिहान भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले सीमांकनबारे लचिलो बन्ने संकेत दिएका छन्। उनले भने, 'बसौं, छलफल गरौं। सिमाना पुनरावलोकन गर्दा जातीय सद्भाव र राष्ट्रिय अखण्डता मजबुत बनाउने हो। काँक्रो वा अम्बाजस्तै नभए करेला जसरी पनि चिरौंला।'

भेलाले आन्दोलनका कार्यक्रम फिर्ता लिएर सीमांकनमा छलफल गर्न मधेसी दललाई अपिल गरेको छ। राजनीतिक समिति बनाएर तीन महिनामा सीमांकन टुंग्याउन मुख्य राजनीतिक दलबीचको सहमतिलाई भेलाले समर्थन गरेको छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस