काठमाडौं–मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले तत्काल सुधार गर्नुपर्ने विषय समेटिएको २ बर्षे विस्तृत सुधार कार्ययोजना–२०७२ पारित गरेको छ। भूकम्प पीडितलाई राहत तथा पूर्नस्थापनाका काम, भूकम्प पछिको पूननिर्माण लगायत तत्काल गर्नुपर्ने प्राथमिक कामहरू कार्ययोजनामा समेटिने उल्लेख छ।
बैठकले जापान सरकारले दिएको ३३ अर्ब रुपैयाँ र चीनबाट प्राप्त १४ अर्व आर्थिक तथा प्राविधिक सहायता स्विकार्ने निर्णय गरेको उद्योग मन्त्री सोमप्रसाद पाण्डेले जानकारी दिए।
पाण्डेका अनुसार भूकम्प र नाकाबन्दीले पारेको प्रभावसँग जुध्न सरकारले दुई बर्षे तत्कालीन सुधारको कार्ययोजना पारित गरेको हो।
बैठकले उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री विजयकुमार गच्छदारको संयोजकत्वमा ठूला पूर्वाधार आयोजना तथा अनुगमन उच्चस्तरीय समिति गठन गरेको छ। समितिमा उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी, अर्थमन्त्री विष्णु पौडेल, सन्चारमन्त्री शेरधन राई छन्।

ठूला पूर्वाधार आयोजना तथा अनुगमन उच्चस्तरीय समिति गठन