काठमाडौं–मधेसी मोर्चा दिल्ली दौडाहाबाट फर्केपछि बसेको प्रमुख तीन दल र मधेसी मोर्चाबीचको बैठकले ठोस सहमति विना नै सकिएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहीबार बसेको सत्तापक्ष, प्रतिपक्ष र मधेसी मोर्चाको बैठकमा मोर्चाले विगतमा आफूले बुझाएको ११ बुँदे प्रस्तावप्रति तीन दलको धारणा नआएसम्म सहमति हुन नसक्ने बताएपछि बैठक निष्कर्षमा पुग्न नसकेको हो।बैठकमा मोर्चाले सरकार समक्ष पेश गरेको ११ बुँदे मागका विषयमा शुक्रबार तीन दलले समान धारणा बनाएर भोली नै मोर्चासँग पुन अर्को बैठक गर्ने सहमति भएको मोर्चाका नेता एवं तराइ मधेस सद्भावना पार्टीका उपाध्यक्ष रामनरेश रायले जानकारी दिए।
बैठकमा तीन दलले कांग्रेस नेतृत्वको सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकलाई सहमतिको आधारमा परिमार्जनसहित पारित गराउन प्रस्ताव राखेका थिए। तर मोर्चाले भने भूकम्पले क्षतिग्रस्त भएका भौतिक संरचना पुननिर्माणको लागि गठित पुननिर्माण प्राधिकरण विधेयक पारित गराउन सहयोग गर्ने अन्य विधेयक भने अगाडि बढाउन नदिने अडान राखेको नेता रायले जनाए। 'मोर्चाले औषधि ल्याउन सहयोग गर्ने, विद्यालय संचालन गर्न दिनेलगायतका धेरै विषयमा लचकता अपनाएको छ,' बैठकमा मोर्चाका नेताहरुले भनेका थिए,'सरकार पक्षले अहिलेसम्म ११ बुँदे मागका विषयमा साझा धारणासमेत बनाउन सकेन।'
मोर्चाका नेताहरुले तीन दलको स्पष्ट धारणा नआएको भन्दै आपत्ति जनाएपछि शुक्रबार प्रमुख तीन दलले ११ बुँदे मागका विषमया साझा धारणा बनाएर भोली नै मोर्चासँग वार्ता गर्ने भएका छन्। तीन दलले भने नाकाबन्दी र सीमा अबरोध हटाएर संवादमार्फत नै सहमति खोज्न प्रस्ताव गरेको थियो। बैठकमा प्रधानमन्त्री केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, काग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, मोर्चाबाट उपेन्द्र यादव, महन्थ ठाकुरलगायतको सहभागिता थियो।