काठमाडाैं-सरकार समर्थित दल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र मधेसी मोर्चाबीच अाज दिउसो १ बजे वार्ता हुने भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा वार्ताको निम्तो अाएको मधेसी मोर्चाका नेता रामनरेश राय यादवले बताए।
उनले मोर्चाका शीर्ष नेता वार्तामा सहभागी हुने बताए।
‘हामीले ११ बुँदे प्रस्ताव पेस गरेका छाैं,’ यादवले नागरिकन्युजसँग भने ‘अाजको वार्तामा सरकारको मुड हेरेर अान्दोलन चर्काउने वा मत्थर पार्ने निर्णय हुनेछ।’ उनले किस्तामा सहमति गर्ने सरकार पक्षको प्रस्ताव मान्य नहुने बताए। ‘प्याकेजमै सहमित हुनुपर्छ, सरकार त्यसमा गम्भीर भएन भने अान्दोलन झनै चर्काउँछाैं।’ बिहीबार भएको वार्तामा सरकारका तर्फबाट किस्तामा मोर्चाका मागहरू सम्बोधन गर्ने प्रस्ताव अस्विकार गरेको उनले बताए।
मोर्चा नेताहरू भारत भ्रमणबाट फर्केपछि हिजो बिहीबार सरकार पक्ष, नेपाली कांग्रेस र मोर्चाबीच वार्ता भएको थियो।