काठमाडाैं-भारतीय नाकाबन्दीले देश अाक्रान्त रहेको बेला भारतीय दूतावासले नेपालका केही ‘छानिएका’ नेता र सांसदहरू बोलाएर लन्च पस्किदैछ। भारतीय राजदूत रन्जीत रे का तर्फबाट लन्च निम्तो पाउनेमा सत्तारूढ दल, प्रमुख प्रतिपक्षी र अान्दोलनरत मधेसी मोर्चाका नेता एवं सांसदहरू छन्। लन्च लैनचाैरस्थित दूतावास भित्र शुक्रबार हुने निम्तो पत्रमा उल्लेख छ।
निम्तालु मध्येका एक पूर्व अर्थमन्त्री एवं एमाले नेता सुरेन्द्र पाण्डेले टेलिफोनमार्फत निम्तो अाएको स्वीकारे। ‘हाे निम्तो अाएको छ, तर किन लन्च अायोजना गरिएको थाह छैन।’
‘तपाँइ जानु हुन्छ त ?’ भन्ने प्रश्नमा उनले भने ‘खै जाने नजाने निर्णय गर्न सकेको छैन।’
‘लन्च डाक्नुको अवसर के रहेछ सोध्नु भएन?’ पाण्डेले भने ‘मलाई कुनै त्यस्तो अवसर त बताएनन्।’
भारतीय दूतावासका प्रवक्ता अभय कुमारले लन्चबारे अाफूलाई थाहा नभएको बताए। ‘स्पोक पर्सनका रूपमा मलाई प्रेसलाई यो कुरा जानकारी गराउन भनिएको छैन,’ उनले नागरिकन्युजसँग भने ‘लन्चबारे मलाई केही थाहा छैन।’
तपाँइ दूतावास भित्र हुनुहुन्छ, त्यहाँको सबै जानकारी तपाँइलाई हुन्छ, दूतावासमा नेपाली नेताहरू लन्चमा अाउने कुरा त थाह हुनु पर्ने हैन र ? उनको जवाफ थियो ‘मलाई यो कुरा नसोध्नुस्, सबै कुरा मलाई थाह हुँदैन।’