तराई-मधेस खोज्दै एमाले
२५ मंसिर २०७२
•
१० मिनेट पाठ
तराई-मधेस खोज्दै एमाले
काठमाडौं- तराई–मधेसलाई केन्द्रित गरेर नेकपा एमालेले चितवनको सौराहामा आयोजना गरेको विशेष राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी सिराहाकी सांसद आशा यादवको दुई दिनको काम थियो– भेटेजति नेताहरुलाई मधेसका गुनासा सुनाउने। हुन पनि आशाको समस्या कम्ती पेचिलो थिएन।




संविधान जारी भएपछि छठ मनाउन घर पुगेकी यादवले आफ्नै थातथलोबाट भाग्नुपर्ने स्थिति सिर्जना भयो।

'आन्दोलनकारीहरुको चर्को दबाब छ। घर बस्न नसकेर हिँडे,' यादवको गुनासो थियो, 'यता आएर समस्याबारे शीर्ष नेतालाई सुनायो वास्तै गर्दैनन्। अहिले पनि सुरक्षाकर्मीले घर नआउन सल्लाह दिन्छन्।'

चार महिनादेखि जारी मधेस आन्दोलन क्रममा जिल्लाबाट चितवन आएका नेताहरुले सुनाएका कुरा राजधानी बस्ने नेताका आँकलनभन्दा निकै फरक थियो।

यादवजस्तै एमालेका मधेसी नेता तथा सांसद राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौंबाट चितवन झरेका थिए। यादवसँग कुरा गरेपछि एमालेका एक पदाधिकारीको टिप्पणी थियो, 'सांसद भइसकेको मान्छे, अहिले ठुङ्ने नागजस्तो भएर प्रस्तुत हुनुपरेको छ भने अरू कार्यकर्ताको अवस्था के होला?'

भेलामा सहभागीले आफ्ना समस्या त फुकाए तर नेताहरुले त्यसप्रति चासो दिएको महसुस गर्न भने पाएनन्।

धेरैजसोको भनाइ थियो– हामीले उठाएका कुराप्रति नेतृत्व गम्भीर भएन। 'हामीले त्यही विषय उठाउँदा नसुन्ने, तर अरू (आन्दोलनकारी) ले ल्याउँदा त्यही कुरा स्विकार्ने,' उनीहरुको टिप्पणी थियो, 'पार्टी र नेताले नै हामीलाई आफ्नो कार्यक्षेत्रमा समस्यामा पारे।' उनीहरु भन्दै थिए, 'भोलि पूरा गर्नैपर्ने मागबारे हाम्रै नेताका अभिव्यक्तिले काम गर्न झन् अप्ठ्यारो पार्योम।'

जिल्लामा रहेकालाई मोर्चासम्बद्ध दलहरुको भेलामा सहभागी नहुन पार्टीको उर्दी थियो।

त्यसो त उनीहरु दोहोरो चपेटामा परेको गुनासा सुनाइरहेका देखिन्थे। एकातिर आन्दोलनकारी मधेसी नेता–कार्यकर्ताको, अर्काेतिर पार्टीको। पार्टी नीतिअनुसार उनीहरु मधेस आन्दोलनमा सहभागी हुन सक्दैनथे भने आन्दोलनकारीहरु मधेसविरोधी पार्टीमा किन बसेको भनेर आन्दोलनमा होमिन धम्क्याइरहन्थे।

'दिनहुँजसो धम्की आउँछ,' सर्लाहीबाट भेलामा सहभागी हुन पुगेका एमाले नेता जयप्रकाश यादवले सुनाए, 'मधेस आन्दोलनमा एमालेको भूमिका नकारात्मक छ, अझै पनि सोही पार्टीमा लाग्छौ भनेर धम्क्याउछन्।'

त्यसो त मधेसी मोर्चाले अहिले जे माग उठाइरहेका छन्, एमालेका मधेस नेताले त्यसलाई पहिल्यै पार्टीमा राखेका थिए। तर, पार्टीले वास्तै गरेन।

प्रदेश नम्बर २ मा राखिएका जिल्लाको तीनटा समूहमा भएको छलफलमा समेत अधिकांशले नेतृत्वले आफूहरुले उठाएको मुद्दालाई गम्भीरतापूर्वक नलिएको आरोप लगाए।

सविधान जारी भएपछि विवादको तारो बनेको प्रदेश नम्बर २ का सांसदले एक दर्जनपटक छलफल गरेका थिए। दलका शीर्ष नेताले संसदमा प्रतिबद्धता जनाएअनुसार समानुपातिक समावेशी र जनसंख्या, भूगोलको आधारमा निर्वाचन क्षेत्र निर्धारणजस्ता विषयलाई तत्काल अघि बढाउन दबाब दिए पनि खासै वास्ता नगरेको उनीहरुको गुनासो थियो।

त्यसो त तराईमा जारी आन्दोलनले जनजीवन कष्टकर बनेको भन्दै पार्टी अध्यक्षसमेत रहेका केपी शर्मा ओलीलाई मंसिर ३ गते मधेसी नेताहरुको टोलीले भेटेको थियो। प्रधानमन्त्री ओलीले मागहरु हेरेपछि उनीहरुलाई भनेका थिए, 'मधेसी मोर्चाले उठाएको जस्तै रहेछ।'

उनीहरुको मागपत्रमा पनि २ नम्बर प्रदेश निर्माणप्रति असन्तुष्टि झल्कन्थ्यो जुन मोर्चाले उचालिरहेको छ। ओलीले अहिले देखिएको समस्या समाधान गर्ने भन्दा पनि एक वर्षभित्र देशलाई लोडसेडिङमुक्त पार्ने, तराई जोड्ने राजमार्गको स्तरोन्नति गर्ने, रेल चलाउनेजस्ता विषय बढी जोडेका थिए।

समूहगत छलफलमा सहभागी भएका केहीले मधेसमा दुई प्रदेशको विषय उठाए पनि त्यसले नेताहरुको प्रतिवेदनमाथि छलफलक्रममा भने ठाउँ नै पाएन। तर प्रदेश नम्बर २ का तीनटै टोलीले हाल प्रदेश नम्बर २ मा उदयपुर, सिन्धुली र मकवानपुर जोडिनुपर्ने मुद्दा उठाएका थिए।

'अहिलेको प्रदेश नम्बर २ ले पहिचान मात्रै दिएको छ। सामर्थ्यवान बनाउने हो भने उदयपुर, सिन्धुली र मकवानपुरलाई पनि यो प्रदेशमा मिलाउनुपर्छ,' टोली नम्बर ३ का प्रमुख शत्रुधन महतोले भने।

'मधेसी मोर्चाको मागअनुसार जाने हो भने सुनसरी र मोरङ पनि यसै प्रदेशमा राख्दा आपत्ति हुँदैन भन्ने धारणा धेरैको थियो,' आशाले सुनाइन्।

भेलामा मधेस आन्दोलनबारे नेताहरुका चर्को अभिव्यक्तिप्रति पनि आक्रोश व्यक्त गरिए।

'कांग्रेस वा एकीकृत नेकपा माओवादीका नेताहरु केन्द्रमा एउटा र जिल्लामा अर्को कुरा गरेर बसेका छन्,' यादवले भनिन्, 'एमालेका नेताहरुले जिल्ला तहमा त्यस्तो गरेका छैनन् तर सबैभन्दा बढी आक्रमणमा हामी नै पर्ने गरेका छौं।'

नेताहरुको अभिव्यक्तिका कारण पनि भेलामा चर्को आलोचना भएको थियो। 'नेतृत्वले बोल्दा विचार नपुर्या एका कारण पनि अप्ठ्यारो अवस्था सिर्जना भएको छ,' टोली नम्बर २ को सुझाव थियो।

प्रधानमन्त्री नहुँदै केपी शर्मा ओलीले मधेसी दलका नेताहरुले संविधानसभा बहिस्कार गरेको विषयमा दिएको 'दुईचारवटा आँप झर्ने' अभिव्यक्ति दिएका थिए। आन्दोलनकारीले निर्माण गरेको मानवसाङ्लोलाई उनले 'माखेसाङ्लो' भनी होच्याएको विषयले पनि मधेसमा आफूहरुलाई असहज तुल्याएको सहभागीको भनाइ थियो।

वरिष्ठ नेता झलनाथ खनालले अन्तर्वार्ता क्रममा मेचीदेखि महाकालीसम्मको तराईको भूभागलाई मात्रै समेटेर 'धोती प्रदेश' निर्माण गर्न सकिँदैन भनेर दिएको अभिव्यक्तिप्रति पनि अधिकांशको आक्रोश थियो।

पाँच पुस्तादेखि तराईमा बस्दै आएका एमाले केन्द्रीय सदस्य लीला श्रेष्ठ अहिले जति पहाडे र मधेसी समुदायबीच विभाजन कहिल्यै नदेखिएको बताउँछन्। उनको आँकलनमा यो अवस्थाले दीर्घकालीन समस्या उत्पन्न गर्न सक्छ।

'आगामी दिन दुवै समुदायबीच देखिएको मनोमालिन्य कम गर्ने गरी कार्यक्रम आवश्यक देखिएको छ,' श्रेष्ठले भने।

भेलाले १६ बुँदे प्रस्ताव पारित गर्दै मंसिर २१ देखि तराई केन्द्रित तीनमहिने अभियान चलाउने घोषणा गरेको थियो।

तराई–मधेसको मनोविज्ञान बुझ्ने विषयमा पार्टी पहिलेदेखि नै चुकेको धारणा पार्टी महासचिव ईश्वर पोखरेलको छ। भेलामा पोखरेलले प्रस्तुत गरेको 'तराई मधेसमा उत्पन्न समस्या र समाधानको पार्टी दृष्टिकोण' शीर्षक कार्यपत्रमै 'अन्तरिम संविधान, २०६३ को समयमै पार्टीले तराईमधेसको मनोविज्ञान र सरोकारवालाका माग बुझेर अघि बढ्न सकेको भए परिस्थिति फरक हुनेथ्यो' भन्ने उल्लेख छ।

एमालेका मधेसीमूलका नेताले पटकपटक पार्टी मधेसको मागप्रति गम्भीर नभएको आरोप लगाउँदै पार्टी छाड्ने गरेका छन्।

तराईमा एमालेको १ सय १६ मध्ये प्रत्यक्षतर्फ ३७ स्थान छ भने कुल मतको ३२ प्रतिशत प्राप्त गरेको छ। एमालेका अधिकांश ठूला नेता तराई मधेसबाटै निर्वाचित हुन्।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस