काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलले जनता, राष्ट्रियता र मुलुकको अखण्डतालाई अप्ठ्यारो पर्ने गरी प्रदेशको सीमा हेरफेर नहुने बताएका छन्।तीनकुने सुविधानगरस्थित एकीकृत उपभोक्ता सङ्घको १२औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले भने, "नाकाबन्दी गरेर नेपाली जनताको घाँटी थिचेर प्रदेशको सीमालाई हेरफेर गर्न खोजिए त्यसलाई कुनै पनि हालतमा मान्न सकिदैन ।"
हिमाल, पहाड र तराई मिलेर बनेको देशलाई त्यसैअनुरुप प्रदेश कायम गर्नुपर्छ भन्नेमा आफूहरु दृढ रहेको बताउँदै मन्त्री खरेलले देशभित्रबाट उठाइएका कुरामा छलफल गरेर सहमतिमा पुग्न सकिने भए पनि बाहिरबाट हुने कार्यलाई कदापि स्वीकार गर्न नसक्ने बताए।
कार्यक्रममा जिल्ला न्यायाधीश विदुर कोइरालाले टोलबासीकै सहयोग र स्रोतसाधनमा निर्भर रही एकीकृत उपभोक्ता सङ्घले स्थानीयको हितमा काम गरेकै कारण मन जित्न सफल भएको उनले दाबी गरे।
संस्थाका पूर्वअध्यक्ष पदमनारायण श्रेष्ठ, लीलाराज पाठक, भूपति खड्का र निवर्तमान अध्यक्ष शशीविक्रम राणाले स्थानीय सङ्गठित हुँदाको प्रतिफलको रुपमा संस्थाले सामाजिक उन्नयनको क्षेत्रमा व्यापक काम गर्न सकेको बताए ।