बाजुराको बुढीगंगामा जनता र विधीको जित भन्दै नागरिकमा खुसीयाली
२७ असार २०७९
•
१० मिनेट पाठ
बाजुराको बुढीगंगामा जनता र विधीको जित भन्दै नागरिकमा खुसीयाली
जितपछिको विजयी जुलुसमा सहभागिहरू। तस्बिर: नागरिक
बुढीगंगा नगरपालिकाको चुनाव सकिएसँगै उम्मेदवार भन्दा बढी स्थानीय खुसी देखिएका छन्। अन्तिम मत परिणाम सार्वजनिक पछि गाउँ गाउँमा उत्साह र विजय जुलुसमा स्थानीयको उत्साहजनक सहभागिता देखिएको छ। गाउँलेहरुले टोल टोलमा असारको काम समेत छोडेर विजय जुलुस मनाइरहेको अवस्था छ।




उसोत असार २३ गते मतदान लगत्तै सामाजिक सञ्जालमा धेरै भव्य र शान्त वातावरणमा निर्वाचन भएकोमा खुसी व्यक्त गरिसकेको अवस्था थियो। केहीले त राज्य शक्तिको दुरुपयोग गर्नेहरुलाई पराजित गर्न सम्भव भएको भन्दै राबहादुर बाँनिया र माया कुँवरको जितको पूर्व दाबी समेत गरिसकेका थिए।  

नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाले सामाजिक सञ्जालमै सबै प्रकारका राज्य शक्तिका षड्यन्त्र विफल पार्दै जनताको जित भएको स्टाटस नै राखेका थिए। २३ गते मतदान सकिएपनि गणना भने २४ विहान १२ बजेपछि मात्र सुरु भयो।  

गणना गर्दा तीन दिन लागेपनि जितको पूर्व अनुमान सुरुवादी १ र १० नम्बर वडाको मत गणना सकिएलगत्तै स्थानीयले गरिसकेका थिए। काँग्रेसका केही नेताहरुले सामाजिक सञ्जाल मार्फत नै हार जित स्वभावित भएको भन्दै स्वीकार गरेको अवस्था पनि थियो।

बुढीगंगाको निर्वाचन एमाले काँग्रेसबीचको मात्र प्रतिस्पर्धा थिएन। वर्तमान गठबन्धन सरकारको सत्ता र शक्तिसँगको प्रत्यक्ष लडाइँकोरुपमा एमालेले लिएको थियो। १० वडाका १९ मतदान स्थलमा १ हजार बढीको संख्यामा हतियारधारी सुरक्षाकर्मी मात्र खटाइएको थियो। यी सबै तयारी र दृश्य हेर्दा धेरैलाई मन परेको थिएन। सत्ता र शक्ति हुनेले जे पनि गर्न पाईन्छ र भन्ने प्रश्नको उत्तर स्वयम मतदाता नै खोजिरहेका थिए। बुढीगंगामा उसैपनि एमालेको बलियो संगठन छ। आफ्नैबाट घात हुने बाहेक अन्य अवस्थामा बुढीगंगामा एमाले सहज जित्न सक्ने संगठन भएको दल हो।

वैशाख ३० को मतदानलाई रद्द गरेर सत्ता र शक्तिको आडमा जबरजस्त गराइएको असार २३ को निर्वाचन परिणाम ठिक उल्टो भयो। जुन परिणाम बारे सत्ता गठबन्धनले सोचेको पनि थिएन्। काँग्रेसका उम्मेदवारले नै जित्नेमा गठबन्धन पक्ष ढुक्क थियो।

तर परिणाममा नेकपा एमालेका उम्मेदवार रामबहादुर बाँनिया र माया कुँवरले फराकिलो मत अन्तरले जित हात पारे। अन्ततः १० वटा वडामध्ये ७ वडाध्यक्षसहित एमालेका उम्मेदवार विजयी भए। नेपाली कांग्रेसले ३ वटा वडामा सीमित बन्यो।  

मेयरमा विजयी बानीयाँले ४ हजार ७ सय ७७ मत ल्याउँदा कांग्रेसका रंगबहादुर खातीले ३ हजार ७ सय ७४ मत पाए। उपमेयरमा एमालेकी माया कुवँरले ४ हजार ७ सय २७मत पाउँदा कांग्रेसकी रिता शाहीले ३ हजार ७ सय ५५ मत पाईन।  

मेयरमा १ हजार ३ र उपमेयरमा ९ सय ७२ मत अन्तरले एमालेले जितेको छ। बुढीगंगामा नगरपालिकामा १३ हजार ६५९ मतदाता रहेका छन्। यस पटक ९ हजार १२४ मत खसेको थियो।

यो फराकिलो जितमा मतदान गर्ने नगर्ने समेत खुसी भएका देखियो। अहिले बाजुरामा खम्मले दाजु रङ्गलाई जिताउन शक्ति र सत्ताको चरम दुरुपयोग गरेको तर, त्यति हुँदा पनि उनले जित्न नसकेको चर्चा व्यापक बनेको छ।

बुढीगंगा १ मा रणबहादुर थापा, २ मा पदम भण्डारी, ३ मा खडक अधिकारी, ४ मा वडा नं. २ को वडाध्यक्षमा एमालेका पदम भण्डारी, ४ मा मिनबहादुर शाह, ५ मा चक्र बहादुर थापा, ६ मा विष्णु जैशी, ७ मा भुवन केसी, ८ मा रमेश रावल, ९ मिनबहादुर सिंह र १० दलबहादुर साउँद डेभिडको टिम विजयी भएका छन्।

विजयी मध्ये ३ मा एमालेका खडक अधिकारी र ८ का काँग्रेसका भुवन केसी दोहोरिएका हुन्।  गत वैशाख ३० गतेको निर्वाचन स्वच्छ, निश्पक्ष नभएको र धाँधली भएको भन्दै निर्वाचन स्थगित गरिएको थियो। निर्वाचन पुनः गर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो।  

वैशाख ३० मा भएको चुनावमा बुढीगंगाका १० वडामध्ये ६ वटामा विवाद भएको थियो। वडा २, ३, ४, ५, ७ र ९ का केन्द्रमा मतदान स्वतन्त्र हुन नसकेको भन्दै विवाद भएको थियो।२, ३, ५ र ९ वडाका मतदानस्थल एमालेका कार्यकर्ताले नियन्त्रणमा लिएको कांग्रेसको आरोप थियो।  

यस्तै, वडा नं. ४ र ७ का मतदान स्थलहरु कांग्रेस कार्यकर्ताले नियन्त्रणमा लिएको एमालेको आरोप थियो। यी ६ वटै वडाका मतदानस्थलमा झडप, उम्मेदवारमाथि कुटपिट र मतदाता लखेटिएकाको आरोप दुबै पक्षको थियो। ७५.५८ प्रतिशत मत खसेको थियो। भने अहिले ६६.८३ प्रतिशत खसेको हो।  

त्यो बेला काँग्रेस उम्मेदवार रंगबहादुर खातीको वडा नं. ४ मा ९९.४१ प्रतिशत मत खसाइएको थियो। वडा नं. २, ३, ५ र ९ मा प्रहरीले मतपेटिका मतदान केन्द्रमै छाडेर हिँडेका थिए।  

नेकपा एमालेले विधि प्रक्रिया पूरा गरेर सम्पन्न निर्वाचनलाई कुनै व्यक्ति र आफन्त जिताउन राज्यको शक्ति प्रयोग हुन हुदैन्, भन्ने अडान सहीत गणनाको पक्षमा थियो। भने नेपाली काँग्रेसले २,३,५र ९ मा पूर्ण रुपमा धाँधली भएको आरोप सहीत पुन मतदान हुनुपर्ने पक्षमा थियो।  

आयोगकै अनुगमन टोलीको सिफारिस विपरित निर्वाचन  

बुढीगंगाको विवाद अध्ययन गर्न निर्वाचन आयुक्त सगुनशमशेर जबरासहितको टोलीले स्थलगत अध्ययन गरेर फिर्ता गएको थियो।निर्वाचन आयुक्त सगुन समशेर जबराको नेतृत्वमा आएको छानविन टोलीले मतगणना हुनु पर्ने र विधी पुगेर सबैस्थानमा निर्वाचन भएको प्रतिवेदन बुझाएको थियो।  

तर सत्ता र शक्तिको आडमा नागरिकको मतको अपमान गरि बुढीगंगाको निर्वाचन गरेरै छोडे, जनताले भने पुनः निर्वाचनमा पनि सही र गल्तीहरुलाई छुट्याएर देखाइदिएको छ। आयोगकै आयुक्तको प्रतिवेदनमा समेत विश्वास गरिएन र पुन: निर्वाचनको निर्णय गरियो, यो सबै सत्ता र शक्तिको दम्भ थियो।  

मतदातामा भाग लिएका र आफ्नो निर्णयको प्रयोग गरेका नागरिकमाथि गरेको अन्याय जनताले प्रष्ट देखाएका छन्। सत्ता र शक्तिको दुरुपयोग गरेर चुनाव रद्द गर्ने गरिएका सबै षड्यन्त्र जनताले पुन मतदानबाटै जवाफ दिएको एमालेले बताएको छ।  

कांग्रेस सत्ता र शक्तिकै आडमा चुनाव जित्ने दाउमा थियो। तर नागरिकले भने त्यो हुन नदिएको एमालेका नेताहरुले बताएका छन्। एमाले नेता कर्णबहादुर थापा प्रधानमन्त्री, प्रहरी महा निरिक्षक, निर्वाचन आयोग र सरकारका महान्याधिवक्ताले नै चुनाव हारेको र जनताले जितेको प्रतिक्रिया दिएका थिए।  

सत्ताको आडमा काँग्रेसबाट मेयरका उम्मेदवार दाई रंग खातीलाई जिताउने महान्यायाधिवक्ता खम्मबहादुर खातीको प्रयास असफल भएको सामाजिक सञ्जालमा कडा टिका टिप्पोणि हुन थालेको छ। खातीकै दबाबमा निर्वाचन आयोग र अदालतले जनताको मतको अपमान गरेर पुन निर्वाचन गराएको आरोप एमालेका नेताहरुको छ।  

व्यक्ति जिताउने सबै षड्यन्त्र जनताले नै जनमतबाट चकनाचुर बनाएको प्रक्रिया जनस्तरबाटै आउन थालेको छ। काँग्रेसभित्र कै केही पंक्तिबाटै नहुनु पर्ने काम गरिएको र जनताले सत्ताको दुरुपयोग नस्वीकारको अभिव्यक्ति आउन थालेका छन्।  

आयोगका बहुमत सदस्यद्धारा आयुक्तको प्रतिवेदन नै अस्वीकार  

आयुक्त सगुन समशेर जबराको प्रतिवेदन नै निर्वाचन आयोगका प्रमुख आयुक्त सहीतको बहुमत सदस्यले अस्वीकार गरेको छ। आफ्नै प्रतिनिधीलाई समेत सत्ता र शक्तिको मात र महान्याधिवक्ताको दबाबले विश्वास गर्न दिएन।

आयुक्तले आयोगमा पेस गरेको प्रतिवेदनमा भनिएको छ, ‘नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुखका उम्मेदवारले पेस गर्नुभएको निवेदनअनुसार वडा नम्बर २, ३, ५ र ९ को निर्वाचन रद्द गरी पुनः निर्वाचन गर्न कानूनी आधार नदेखिएको हुँदा उक्त नगरपालिकाको सबै वडाको मतगणना कार्य यथाशीघ्र सुरु गर्न उपयुक्त देखिन्छ।’

बुँदा नम्बर २ मा निर्वाचन रद्द गरी पुनः निर्वाचन कार्यक्रम घोषणा गर्ने जिल्ला सुरक्षा समितिको बैठकमा निर्णय गरेर मुख्य निर्वाचन अधिकृतलाई पठाउने विषय पनि समितिले गलत ठहर गरेको थियो। प्रतिवेदनमा महान्यायाधिवक्ता खम्म बहादुर खातीले पदको चरम दुरुपयोग गरेको भन्दै स्पष्टीकरण दिनसमेत सुझाव दिइएको छ।  

महान्यायाधिवक्ता खातीले मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय तथा बुढीगंगाका निर्वाचन अधिकृतलाई बारम्बार फोन गरेर अनावश्यक दबाब दिएको प्रतिवेदनमा उल्लेख छ।  

बाजुरामा रहँदा शक्तिको दुरुपयोग गरेको भन्दै कारबाही झेलेका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चतुर्भुज ओझा नेपाल प्रहरीमा जागिर खानुअघि कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी सङ्घमार्फत स्ववियु सभापति समेत भएका थिए।  

कांग्रेस शुभचिन्तक भएकै कारण खातीले दाजु जिताउन नेपाल प्रहरीको दुरुपयोग गरेका थिए। दाजुलाई जिताउन महान्यायाधिवक्ताले पदको दुरुपयोग गरेको आयुक्तको प्रतिवेदनमा प्रष्ट उल्लेख छ।  

सबैभन्दा ठूलो प्रभाव महान्यायाधिवक्ता खातीले १४ असारमा देखाए। त्यस दिन पुनः निर्वाचन कि मतगणना भन्ने विवादमा अन्ततः उनी सर्वोच्च अदालत र निर्वाचन आयोग दुवै संवैधानिक अङ्गलाई आफ्नो पक्षमा उभ्याउन सफल भए। तर जनतालाई भने पक्षमा पार्न सकेनन्।  

नेपाली कांग्रेसबाट उम्मेदवार बनेका रङ्ग खातीको अनुकूल निर्वाचन आयोगबाट निर्णय गराउन सफल भएका खातीले त्यस दिन कामु प्रधानन्यायाधिश दीपककुमार कार्कीलाई भेटेर निस्केलगत्तै सर्वोच्चबाट पनि सोहीअनुरूपको आदेश आएको थियो।  

कामु प्रधानन्यायाधीश कार्की र सुष्मलता माथेमाको संयुक्त इजलासमा बुढीगंगाको मतगणना गर्न अन्तरिम आदेश माग गर्दै वडाध्यक्षका उम्मेदवार दलबहादुर साउदले दायर गरेको रिटमाथिको सुनुवाइ भएको थियो।  

टी ब्रेकपछि सुनुवाइ हुने भनेर इजलासबाट बाहिरिएका प्रधानन्यायाधीशको कार्यकक्षमा महान्यायाधिवक्ता खाती छिरेपछि अन्य आदेश आउने आकलन साउद पक्षका वकिलहरूले गरिसकेका थिए।  

नभन्दै टी ब्रेकपछि सो मुद्दाको सुनुवाइ गर्दै कार्कीले अन्तरिम आदेश जारी नहुने आदेश सुनाए। त्यसपछि कांग्रेस वृत्तमा पुनः हुने निर्वाचनमा जीत सुनिश्चित भएको आकलन गरिएको थियो।  

एमाले वृत्तमा भने शक्ति र सत्ताको कारण फरक परिणाम आउन सक्ने अनुमान थियो। मतदाताहरूले भने प्रदेशका शीर्ष नेताहरूको क्षेत्र भएका कारण फेरि विवाद हुनसक्ने बताएका थिए।  

बुढीगंगा नगरपालिका जिल्लाकै कांग्रेस र एमालेका ‘ठूला नेता’हरुको गृहनगर हो। कांग्रेस नेता तथा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी र कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र रहेका महान्यायाधिवक्ता खम्मबहादुर खाती यही नगरबाट प्रतिनिधित्व गर्छन्।  

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम सह–इन्चार्ज कर्ण थापा, केन्द्रीय सदस्य तथा सांसद लालबहादुर थापा र सुदूरपश्चिम प्रदेशका पूर्वकानुनमन्त्री प्रकाश शाहको मतदान केन्द्र यही नगरपालिकामा पर्छ।  

दुवै पक्षमा प्रभावशाली नेता भएका कारण गृहनगर जित्नैपर्ने दबाबका साथ उनीहरू चुनावअघिदेखि नै सक्रिय थिए। यी विवादका कारण पुनः निर्वाचन हुँदा अझै अवस्था पेचिलो बन्न सक्ने बताइएको थियो। तर,अवस्था त्यस्तो भएन सामान्य विवादबाहेक ठूलो घटना भएन।  

तुलसीको विरुवा रोपेर विजयी जुलुस

बुढीगंगा नगरपालिकामा एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिले तुल्सीको तुलसीको विरुवा रोपेर जितको जुलुस निकालेको छ। तुलसी रोप्ने दिन पनि परेकोले  तुलसीको विरुवा रोपेर विजयी जुलुस निकालेको हो।

निर्वाचित जनप्रतिनिधि मेयर रामबहादुर बानियाँले र उपमेयर माया कुमारी कुवरले तुल्सीको बोट रोपेपछि जितको जुलुस निकालेको एमाले बुढीगंगा नगर कमिटी अध्यक्ष नरेन्द्र थापाले बताएका छन्।

हिन्दु प्ररमपरा अनुसार हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी गरिने विशेष पूजा आराधनाको अवसरमा तुलसी रोपेर विजयी उत्सव मनाएको थापाको भनाई छ।

१० वडामा ७ मा एमाले ३ मा काँग्रेस  

नगरमा रहेका १० वटा वडा मध्ये काँग्रेस ३ मा समेटिएको छ। २०७४ मा जितेको वडा पनि गुमाएको छ।  नेपाली काँग्रेसका रद्द गराएर गरिएको चुनाव पनि फलिफाव भएन्।  

तत्कालीन समयमा नेपाली काँग्रेसबाटका उम्मेदवार राजेन्द्र सिंहसँग एमालेका उम्मेदवार रामबहादुर सिंह पराजित भएका थिए। यो पटक काँग्रेसका लोकबहादुर थापालाई एमालेका रणबहादुर थापाले पराजित गरेका छन्।  

१० मध्ये १, २, ३, ५, ६, ९ र १० नम्बर वडा एमालेले जितेको छ। बाँकी ४, ७ र ८ मा नेपाली काँग्रेसले जितेको छ। ४ र ८ काँग्रेसकै पकड क्षेत्र हुन्। भने ७ मा पनि एमालेले ५८ मतको झिनो अन्तरले हारेको बेहोरेको छ। ८ नम्बर वडा गुमाउन परेपनि एमालेका उम्मेदवार विराज रावलले राम्रो सुधार गरेका छन्।  

बैशाख ३० कै मत गणना गरेको भए काँग्रेसले नगर प्रमुख उपप्रमुख गुमाएपनि वडा थप्ने अवस्था थियो। पुरानै मत गणना गरेको भए थप २ वटा वडा जित्ने दाबी काँग्रेस नेताहरु कै छ। यतिबेला काँग्रेसले पालिका मात्र गुमाएन, सत्ता र शक्तिको दम्भमा २ वटा वडा समेत गुमाएको छ।
अर्को समाचार
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
११ मिनेट अघि
•
१ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।




इनम सापकोटा प्रकरणमा सरकारले कृत्रिम प्रमाण सिर्जना गर्न खोजेको आरोप सार्वजनिक भएपछि सरकारको अनुसन्धान प्रणाली र राज्यशक्तिको दुरुपयोगमाथि गम्भीर प्रश्न उठेको भन्दै बस्नेतले यस्तो उक्त टिप्पणी गरेका छन्।

‘सत्ता स्थायी होइन तर राज्यले गरेको गैरकानुनी कामको जवाफदेहिता स्थायी हुन्छ। सरकारमा बस्नु भनेको संविधान र कानुनभन्दा माथि बस्नु होइन,’ उनले भने।

प्रहरी र प्रशासन सरकारका निजी संयन्त्र नभई संविधान र कानुनप्रति उत्तरदायी संस्था भएको उल्लेख गर्दै सरकार पनि कानुन र दवाफदेहिताको दायरमा बस्नुपर्ने उनको भनाइ छ।

बस्नेतले सरकारलाई प्रश्न गर्दै भनेका छन्, ‘नागरिकले गल्ती गरे कानुन लाग्ने, तर सरकारी निकायका जिम्मेवार व्यक्ति र संयन्त्रले नै कानुन मिचेको आरोप लाग्दा छानबिन नहुने ? राज्यशक्तिको प्रयोग गरेर कसैलाई फसाउन पाइँदैन। सरकारका गतिविधि कानुनभन्दा माथि र बाहिर हुँदैनन्।’

विवादास्पद कार्यशैली र एकपछि अर्को गरी सार्वजनिक भइरहेका प्रकरणले बालेन्द्र शाह नेतृत्वको सरकारको चरित्र उदाङ्गो बनाउँदै लगेको उनको टिप्पणी छ। सरकार सुशासनको नारा दिएर राज्य आतंकको बाटोमा हिड्न खोज्नु विडम्बनापूर्ण भएको उनको टिप्पणी छ।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २० मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यो पनि पढौँ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस