सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सबै राजनीतिक दलसँग सहमति गरेर नागरिकता सम्बन्धी विधेयक पास गर्ने बताएका छन्। उनले एमालेसहितका संसदमा प्रतिनिधीत्व गर्ने दलहरुसँग सहमति गरेर विधेयक पास गरि छाड्ने बताए।
‘नेपालमा जन्मिएर नागरिकताविहीन हुने अब अन्त्य हुनेछ,’ सुनसरीको इनरुवामा सोमबार आयोजित कार्यक्रममा मन्त्री कार्कीले भने, ‘संसदमा प्रतिनिधीत्व गर्ने सवै दलहरुसँग सहमति गरेर नागरिकता सम्बन्धी विधेयक पास हुनेछ।’ नागरिकतासम्बन्धी विधेयक अहिले संसदमा विचारधीन अवस्थामा छ।
उनले नागरिताबाट वञ्चित नेपालीलाई दिने प्रक्रिया सरकारले अघि बढाई सकेको जानकारी दिए। ‘नेपालमा जन्मिएर नागरिता नपाउँदा उच्च शिक्षा अध्ययन गर्न, बैकमा खाता खोल्न, लोक सेवा आयोगको परीक्षामा सामेल हुन लगायतका काममा युवा पुस्ताले समस्या भोग्दै आएका छन,’ उनले भने।
मन्त्री कार्कीले आफू सञ्चार र सूचना प्रविधि मन्त्री हुँदा सुनसरीले स्वभाविकरुपमा बढी लाभ लिने बताए। ‘ हुन त म ७७ जिल्लाकै मन्त्री भएपनि आफ्नो निर्वाचन क्षेत्र सुनसरीलाई प्राथमिकतामा राखेर काम गर्नेछु,’ उनले भने, ‘सुनसरीमा सञ्चार क्षेत्रको विकासका लागि इन्टरनेट सुविधा र टावर थपको काम पनि हुनेछ।’
उनले कुनै धर्मलाई आधार बनाएर कलह गर्न नहुने पनि सुल्झाए। ‘सवै धर्मका मान्छे एउटै भएकाले गर्दा समाजमा मिलेर अघि बढनुपर्छ,’ उनले भने, ‘धर्ममार्फत समाजमा एकताको शान्तितर्फ अघि बढनुपर्छ।’