काठमाडौं–पुराना कम्युनिष्ट नेता खगुलाल गुरुङलाई सम्मान गर्ने कार्यक्रम। स्थान पर्यटन बोर्ड। प्रमुख अतिथि प्रधानमन्त्री केपी ओली। कार्यक्रमका आयोजक नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह।यो कसैलाई निमन्त्रणा गरिएको होइन। यो त आइतबार राजधानीमा सम्पन्न एक कार्यक्रमको व्यहोरा मात्र हो। तर कार्यक्रमका आयोजक नेकपा मसालका महामन्त्री सिंह भने मंचमा देखा परेनन्। नेकपा मसालको निर्णय अनुसार सिंह अहिले पनि अर्धभूमिगत नै छन्।
त्यसैले उनी मंचमा देखिने कुरै भएन। खगुलाल गुरुङलाई सम्मान गर्न प्रधानमन्त्रीलाई प्रमुख अतिथि बनाइएको थियो। प्रधानमन्त्री ओली पनि उखान टुक्कामा खप्पिस। सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले मोहनविक्रम सिंहप्रति लक्षित गर्दै भने,' अब कोही पनि भूमिगत, अर्धभूमिगत र चौथाई भूमिगत बस्नुपर्ने अवस्था छैन।' यसो भन्दा दर्शक दीर्घामा बसेका सिंहभने मुसुमुसु हाँसिरहेका थिए। सिंह मंचमा नबसी दर्शकदीर्घामा बसेका थिए।
प्रधानमन्त्री ओलीले थपे,'उहाँ (सिंह) आफ्नै धर्मका कारणले अर्धभूमिगत हुनुभएको हो। मैले उहाँलाई देखिरहेको छु। मैले केही भन्न मिल्दैन।' ओलीले विगतमा आफूपनि भूमिगत भएको तर पक्राउ परी लामोसमयसम्म गोल घरमा बसेको प्रसंग निकाल्दै आफू प्रधानमन्त्री भएको बेला अब कोही पनि भूमिगत हुनु नपर्ने बताए। भागेर नभइ खुल्ला राजनीतिबाट नै परिवर्तन गर्न सकिने उनको भनाइ थियो।