प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले पत्रकारकाविरुद्ध दिएको अभिव्यक्तिको प्रेस चौतारी मोरङले विरोध गरेको छ।
मंगलबार प्रेस चौतारी नेपाल मोरङका अध्यक्ष सुदीप कोइराला र चौतारी प्रदेश १ का अध्यक्ष अविजाल विष्टले विज्ञप्ति जारी गर्दै मन्त्री कार्कीको अभिव्यक्तिको विरोध गरेका हुन्। ‘संविधानमै लोकतन्त्र र पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी भइसकेको अवस्थामा सुरक्षा तथा कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीबाट आफू अनुकूलको समाचार नआउँदा दिएको अभिव्यक्तिले हाम्रो गम्भीर ध्यानाकर्षण गराएको छ,’ विज्ञप्तिमा भनिएको छ।
धम्कीपूर्ण भाषाको प्रयोग गर्दै मन्त्री कार्कीले समाचार लेख्नुपूर्व ४ पटक सोच्नु पर्नेसम्मका अभिव्यक्ति दिनु पूर्ण प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति भएको ठहर गरेको चौतारीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। आफूविरुद्ध आएका समाचारको खण्डन गर्ने नाममा मन्त्री कार्कीले समाचार लेख्ने पत्रकारलाई बलात्कारी बनाउनेसम्मको धाकधम्की दिनुले विधिको शासनको उपहास मात्रै भएको छैन,’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘सुरक्षा र कानुनको जिम्मेवारी सम्हालेका मन्त्रीले पत्रकारमाथि डर त्रास फैलाउन खोजेको देखिन्छ।’
यस्तो अभिव्यक्तिको घोर निन्दा र भत्र्सना गरिएको छ। त्यस्ता अभिव्यक्तिप्रति गम्भीर हुन प्रदेश सरकारलाई आग्रह गर्दै पत्रकारलाई निर्भयका साथ समाचार लेख्ने वातावरण बनाउन विज्ञप्तिमा माग गरिएको छ।