‘नेपालमा भरपर्दाे शक्तिको खोजीमा चीन’
२९ असार २०७९
•
३ मिनेट पाठ
‘नेपालमा भरपर्दाे शक्तिको खोजीमा चीन’
नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जिन्चाओले एकपछि अर्काे गर्दै सरकार तथा राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाट गरिरहेका छन्।




नेपाल भ्रमणमा आएको पहिलो दिन आइतबार उनले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गरे। दोस्रो दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका उनले सोही दिन सुन्दरीजलस्थित बिपी संग्रहालय पनि अवलोकन गरे। भ्रमणको तेस्रो दिन उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग भेट गरे। उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गर्ने कार्यक्रम छ।

चिनियाँ नेता लिउले कम्युनिस्ट पार्टीका नेताहरूसँग भेटी कुराकानी गरेको समय तुलनात्मक रूपमा लामो छ। औपचारिकता र शिष्टाचारका लागि गरिने अन्तर्राष्ट्रिय भेटघाट तथा छलफल छोटो अवधिमै सम्पन्न हुने जानकार बताउँछन्। चिनियाँ नेता लिउको भेटमा सामान्य कुराकानीभन्दा पनि गहन र गम्भीर विषयमा छलफल भएको जानकारको बुझाइ छ। अर्काेतर्फ लिउले विभिन्न दलका शीर्ष नेताहरूसँग भएको भेटमा चीनले सबै दलसँग सुमधुर सम्बन्ध बनाउन चाहेको पनि बताएका छन्। चिनियाँ नेता लिउले कम्युनिस्ट पार्टीका नेतालाई भेट्न छुट्याएको समय र बिपी संग्रहालय अवलोकन भ्रमण गर्नुको पछाडि गहिरो अर्थ लुकेको चिनियाँ मामिलाका जानकार बताउँछन्।

नेपालमा राजसंस्थाको अन्त्यसँगै ‘डिल’ गर्ने भरपर्दाे शक्ति नभेटेको चीन पछिल्लो समय त्यसकै खोजीमा रहेको र अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउको भ्रमणको प्रमुख कारणमध्ये यो पनि एक रहेको जानकार बताउँछन्। ‘चीन यहाँ भरपर्दाे मित्र शक्तिको खोजीमा छ। कम्युनिस्ट नेताहरूसँग घण्टौंको संवाद र सुन्दरीजलस्थित बिपी संग्रहालयको भ्रमण गरेर उनले त्यो सन्देश प्रष्ट रूपमा दिन खोजेका छन्,’ चीनका लागि नेपालका पूर्वराजदूत राजेश्वर आचार्यले भने। चीनको पहिलो प्राथमिकता नेपालमा शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण गर्नु नै भए पनि बिपी संग्रहालयको भ्रमण गरेर उसले कांग्रेससँगको सम्बन्ध पनि बिपीकै पालादेखि हो भनेर सुधार गर्न चाहेको सन्देश दिएको आचार्य बताउँछन्।

सन् २०१२ जनवरी १४ मा केही समयका लागि नेपाल भ्रमणमा आएका तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जिया वाओले सिंहदरबारमा भएको भेटका क्रममा तत्कालीन कांग्रेस सभापति सुशील कोइरालासँग ‘तपाईं बिपी कोइरालाको परिवारको सदस्य हो’ भनेर जिज्ञासा राखेको सार्वजनिक भएको थियो। नेपालमा बलियो मित्रशक्तिको खोजीमा रहेको चीनले कम्युनिस्टहरूको स्थायित्व नहुँदा कांग्रेससँग पनि सम्बन्ध विस्तार गर्न चाहिरहेको र बिपीको ‘लिगेसी’ खोज्नुको कारण त्यही भएको कूटनीतिक मामिलाका जानकार बताउँछन्।

‘पहिले राजसंस्था नै शक्तिको केन्द्र भएकाले राजालाई समाएर सरकारसँग सामान्य सम्बन्ध बनाउँदा पनि पुग्थ्यो। अहिले एउटा मात्र शक्तिलाई समातेर हुँदैन। त्यसैले चीनले मूलतः नेपाली कांग्रेस र वामपन्थी दुवै पक्षसँग सम्बन्ध विस्तार गर्न चाहेको देखिन्छ,’ आचार्यले भने। चीनमा सरकार सञ्चालनसम्बन्धी सम्पूर्ण काम कम्युनिस्ट पार्टीले नै गर्ने भएकाले सो पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख नेपाल आएर यहाँका राजनीतिक दलसँग सम्बन्ध विस्तारको कुरा गर्नु अर्थपूर्ण रहेको आचार्य बताउँछन्।

चिनियाँ नेता लिउको नेपाल भ्रमणका पछाडि अन्य कारण पनि भएको जानकार बताउँछन्। विभिन्न कारणमध्ये एउटा चीनको सुरक्षा र एक चीन नीतिप्रति नेपालको प्रतिबद्धता प्रभावकारी कार्यान्वयनमा ल्याउन जोड दिनु हो। पछिल्लो समय एमसिसी, एसपिपी र अमेरिकी उच्च अधिकारीको नेपाल भ्रमण र तिब्बती क्याम्प भ्रमणले चीन सशंकित भएको छ।

नेपालमा अमेरिकाको भूमिका नेपालले थेग्नै नसक्ने गरी बढ्ने हो कि भन्ने चीनको चिन्ता भएकाले पनि चिनियाँ वरिष्ठ अधिकारीको नेपाल भ्रमण भएको पूर्वराजदूत आचार्य बताउँछन्। ‘अमेरिकीहरूको भूमिका बढ्दै जाँदा नेपाल थेग्नै नसक्ने गरी उनीहरूको ट्र्यापमा पर्न सक्छ र त्यसले चीनको सुरक्षामा पनि असर पर्छ भन्नेमा चीन सचेत देखिन्छ। सम्बन्धलाई सन्तुलनमा राख्न पनि लिउको भ्रमण भएको हुनसक्छ,’ आचार्यले भने।  
अर्को समाचार
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
४७ मिनेट अघि
•
० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।




पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा आबद्ध गराएको जनाएको छ।

शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यलाई पार्टी सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गरेका थिए।

बज्राचार्यको आगमनले पार्टीको केन्द्रीय नेतृत्व थप अनुभवी, प्राज्ञिक र सशक्त बन्ने तथा नीति निर्माण र राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने पार्टीको विश्वास छ।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
यो पनि पढौँ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस