लेखनाथ पाण्डे, काठमाडौं, माघ ३- एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले भारतीय विदेशमन्त्री एमएम कृष्णासँग वर्तमान कांग्रेस-एमाले सरकारबाट 'जनादेशको सम्मान नभएको' तर्क गर्दै घुमाउरो भाषामा आफ्नै नेतृत्वमा नयाँ सरकार गठन हुनुपर्ने जिकिर गरेका छन्। माओवादी नेतृत्वको सरकारका लागि 'सोझै दिल्लीसँग वार्ता' घोषणा गरेका अध्यक्ष दाहालले शनिबार कृष्णासँग १ घण्टा १० मिनेट लामो वार्ताका क्रममा माओवादीले सरकार नेतृत्व गर्नु पाउनुपर्ने जिकिर गरेका हुन्।
'हामीले संविधानसभा निर्वाचनमा जनताले जुन म्यान्डेट दिएका छन्, अहिलेको सरकारको प्रकृति हेर्दा त्यसको सम्मान भएन भन्यौं' अध्यक्ष दाहालले वार्तापछि संवाददाताहरूसँग भने, 'नेपाली जनताले राजनीतिक नेतृत्व परिवर्तन गर्न चाहेका छन् भन्ने हाम्रा छिमेकीले बुझ्नुपर्छ, नत्र नेपाली जनताका चाहना पूरा हुन सक्तैन।'
अध्यक्ष दाहालले यसो भन्दै गर्दा एक संवाददाताले बीचैमा नेपालमा सरकार गठन गर्न भारतलाई गुहार्ने? भनी प्रश्न राखेपछि दाहालले सच्चाए, 'त्यसैले म भन्दैछु , मैले सोझै सरकार परिवर्तन र (माओवादी नेतृत्वको) राष्ट्रिय सरकार गठनको कुरा गर्दै गरिन।'
मओवादी पोलिटब्यूरो बैठकले पार्टी नेतृत्वमा सरकार गठन हुँदा त्यसको अध्यक्षता दाहालले गर्ने निर्णय गरिसकेको छ। गत वैशाख २१ मा 'विदेशी प्रभुहरूसामु नझुक्ने' बताउँदै प्रधानमन्त्रीबाट राजीनामा दिएयता दाहालले शुक्रबार पहिलो पटक भारतका विदेशमन्त्री कृष्णा सचिव निरूपमा रावसहित उच्च अधिकारीहरूसँग वार्ता गरेका हुन्। दाहाल कृष्णासँग वार्ता गर्न पार्टीका विदेश विभाग प्रमुख कृष्णबहादुर महरालाई लिएर उनी बसेकै होटेल द्वारिकाज् पुगेका थिए।
माओवादीले माधव नेपाल नेतृत्वको वर्तमान सरकार र राष्ट्रपति कदमविरुद्ध 'नागरिक सर्वोच्चता' को आन्दोलन चर्काइरहेको छ। सँगसँगै सुस्ता र कालापानीमा भूमि अतिक्रमण भएको र १९५० को 'असमान' शान्ति तथा मैत्री सन्धि खारेज हुनुपर्ने भन्दै स्वाधिनता आन्दोलन जारी छ।
अध्यक्ष दाहालले आफूले कृष्णासँगको वार्तामा पनि कालापानी र सुस्तामा भूमि अतिक्रमणलगायत सीमा मुद्दा, असमान सन्धि खारेजी हुनुपर्ने कुरा 'खुलस्त' राखेको बताए।
'कालापानी र सुस्तासहित सीमा अतिक्रमण, असमान सन्धि, नयाँ आर्थिक सम्बन्धको विकास, शान्ति प्रक्रिया र संविधान निर्माणलगायत सबै विषयमा हाम्रा चिन्ता र चासो खुलस्त राख्यौंं' उनले भने।
दाहालका अनुसार भारतीय विदेशमन्त्रीले दुई देशबीच वार्ता र सहमतीबाट यी समस्या समाधान गर्न तयार रहेको बताएका थिए। 'वार्ता र सहमतीबाट यी समस्या समाधान गर्न दुई मुलुकले कदम चाल्नुपर्छ' कृष्णाको भनाई उद्यृत गर्दै दाहालले भने।
वार्ताका क्रममा भारतीय विदेशमन्त्री कृष्णाले माओवादीबाट भइरहेका भारतविरोधी आन्दोलनप्रति चिन्ता व्यक्त गर्दै यसले दुई देशबीचको सम्बन्ध बिग्रिनसक्ने चेतावनी दिएका थिए। यसलाई अध्यक्ष दाहालले पुष्टि गरे।
'माओवादीका आन्दोलनले द्विपक्षीय सम्बन्ध राम्रो बनाउनेभन्दा पनि नराम्रो बनाउन सक्छ' कृष्णाको भनाई उद्यृत गर्दै दाहालले थपे, 'हामीले यी सबै आन्दोलन र मुद्दा भारतसँगको सम्बन्ध बिगार्न होइन, सुमधुर बनाउन गरेका हौं भन्यौं।'
अध्यक्ष दाहालले कृष्णासँग माओवादी संविधानसभा निर्वाचनपछि सबभन्दा जनादेश प्राप्त दलका रूपमा उदाए पनि अहिले विभिन्न वृत्तबाट 'आइसोलेट गर्ने प्रयास' भइरहेकोमा चिन्ता व्यक्त गरेका थिए। 'नेपाल युगन्तकारी परिवर्तनको मोडमा छ, नेपाली जनताले सबै क्षेत्रमा परिवर्तन चाहेका छन्। उनीहरूले राजनीतिक नेतृत्वमा (पनि) परिवर्तन चाहेका छन् भन्ने हाम्रा छिमेकीले बुझ्नुपर्छ' दाहालको भनाई थियो।
सरकारबाट बाहिरिएसँग माओवादी-भारतसम्बन्ध तिक्ततापूर्ण रहँदै आएको थियो। दाहालले सम्बन्ध सुधारका लागि लण्डन, सिंगापुर र हङकङमा भारतीय गुप्तचर सस्थाका प्रतिनिधिसँग छलफल गरे पनि दिल्लीका उच्च अधिकारीहरूसँग प्रत्यक्ष वार्ता गर्ने उनको प्रयास सार्थक हुन सकेको थिएन।
होटल द्वारिकाज्मा शनिबार भएको वार्ताले माओवादी-भारत सम्बन्ध सुधारमा 'नयाँ सुरुवात' भएको दाहालले टिप्पणी गरे। उनले भने, '(यो भेटवार्ताले) अहिल्यै 'आइसब्रेक' भयो चाँही म भन्दिन, तर यसले हामीबीच जुन समस्या छन्, त्यसलाई समाधान गर्न नयाँ सुरुवात गरेको छ।'
दाहालले भारतसँग सुमधुर सम्बन्ध स्थापना निम्ति पुरानो आधार नभई नयाँ आधार जरूरी भएको पनि बताए। तर, नयाँ आधार के भन्ने चाँही प्रष्ट पारेनन्।
विदेशमन्त्री कृष्णा र सचिव रावसहितको भारतीय टोलिले शनिबारै कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग पनि भेटवार्ता गरेको थियो। कोइराला निवास महाराजगञ्जमा साँझ ७ बजेदेखि करिब ४५ मिनेट चलेको वार्तामा शान्ति प्रक्रिया, नयाँ संविधान निर्माण, उच्चस्तरीय राजनीतिक संयन्त्र र यसको भूमिका लगायत विषयमा कुराकानी भएको स्रोतले बताए।
त्यसअघि, कृष्णाले राष्ट्रपति रामवरण यादवसँग शीतल निवासमा शिष्टाचार भेट गरी 'भारत सरकारका तर्फबाट पहिल्यै भएको भ्रमणको निम्तो पुनः अघि बढाएका थिए। 'राष्ट्रपति (यादव) लाई भारतीय राष्ट्रपति र भारतीय जनताका तर्फबाट शुभकामना दिए"' कृष्णाले भेटपछि संवाददातासँग भने। राष्ट्रपतिसँग शान्ति प्रक्रिया र संविधान निर्माणलगायत समसामयिक विषयमा छलफल भएको पनि उनले जानकारी दिए।