काठमाडौ– राप्रपा नेपालले मन्त्रीहरुको कामको अनुगमन गर्न उपाध्यक्ष राजिव पराजुलीको संयोजकत्वमा नौ सदस्यीय उच्च स्तरीय समन्वय समितिमा गठन गरेको छ ।
केन्द्रीय कार्य सम्पादन समितिको सोमबार सम्पन्न बैठकले गठन गरेको समितिमा उपाध्यक्षहरु टंक ढकाल र निरञ्जन थापा, महामन्त्रीहरु राजेन्द्र लिङदेन र धवलशम्शेर राणा, सुदुर पश्चिमाञ्चल संयोजक चन्द्रबहादुर गुरुङ र प्रमुख सचेतक दिलनाथ गिरी रहेका छन् ।
समितिले पार्टी र सरकारबीच कामको समन्वय गर्ने, कार्यकर्ताहरुबाट आएका गुनासो सुन्ने, मन्त्रीहरुको कामको अनुगमन गर्ने जस्ता काम गर्ने सह प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।
बैठकमा मन्त्रीहरुले सरकारमा भएका गतिविधिको बारेमा ब्रिफिङ गर्दै अपेक्षाअनुसार काम हुन नसकेको गुनासो गरेका थिए ।