काठमाडौं— मन्त्रिपरिषद बैठक शुक्रबार साँझ बस्ने भएको छ। बैठकले सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्तलाई निलम्बन गर्दै नयाँ कामु महानिरीक्षक तोक्ने स्रोतले बतायो।
'अाजको मन्त्रिपरिषदले सशस्त्र महानिरीक्षक वन्तलाई निलम्बन र नयाँ महानिरीक्षकको चयन गर्नेछ', प्रधानमन्त्री निकट स्रोतले भन्यो।
बैठक साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटार हुनेछ।
प्रधानमन्त्री केपी शर्मा ओली भूकम्प पीडितको अवस्था बुझ्न गोरखाको वारपाक गएका कारण बिहीबार मन्त्रिपरिषद बैठक स्थगित भएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी महानिरीक्षक वन्तलगायत दुई नायब उपरीक्षक र एक निरीक्षकलाई नलिम्बन गर्न बिहीबार सिफारिश गरेको थियो। सामान ढुवानीमा नक्कली बिल बनाएर भ्रस्ट्राचार गरेको अभियोगमा अख्तियारले वन्तलाई निलम्बन सिफारिश गरेको हो।