काठमाडौं– संविधानको पक्षमा तराई मधेसमा केन्द्रित गरेर नेकपा एमालेले ठूला आमसभा गर्ने भएको छ । एमालेले विर्तामोड, विराटनगर, लहान, बर्दिवास, वीरगन्ज, बुटबल, दाङ, बर्दिया, धनगढी र महेन्द्रनगरमा ठूला आमसभा गर्ने योजना बनाएको छ ।जसमध्ये फागुन १५ गते वीरगन्ज र फागुन २१ गते बर्दियामा आमसभा गर्ने मिति तोकिएको महासचिव ईश्वर पोखरेलको विशेष निर्देशनमा उल्लेख छ । त्यसैगरी, प्रदेश नम्बर ३ मा हेटौंडा र धुलिखेल, प्रदेश नम्बर ४ मा पोखरा र बाग्लुङ, क्षेत्र नम्बर ६ मा सुर्खेत र जुम्लामा एमालेले आमसभा गर्न लागेको हो ।
एमालेको मधेसलाई केन्द्रित गरी नयाँ संविधानका पक्षमा चलाउने तीनमहिने अभियानका क्रममा आमसभा गर्न लागेको हो । एमालेले प्रदेश नम्बर १ को आमसभाका लागि केन्द्रीय सदस्यहरु हिक्मत कार्की र जीवन घिमिरे, प्रदेश नम्बर २ का लागि पोलिटब्युरो सदस्य रामप्रित पासवान र केन्द्रीय सदस्य लक्ष्मण पौडेल, प्रदेश नम्बर ३ मा केदार न्यौपाने र अरुण नेपाल, प्रदेश नम्बर ४ मा जगत विश्वकर्मा र गणेश तिमल्सिना, प्रदेश नम्बर ५ मा बैजनाथ चौधरी, खेममान खड्का र यमलाल कँडेल, प्रदेश नम्बर ६ मा यमलाल कँडेल र गोरख बोगटी र प्रदेश नम्बर ७ मा महेश्वर पाठक र रामकुमार ज्ञवालीलाई जिम्मेवारी तोकेको छ ।
मंसिर २१ बाट चितवनको सौराहामा राष्ट्रिय भेलामा शुरुवात गरेको एमालेले तराई मधेसको विभिन्न स्थानको आमसभा गर्दै फागुन १५ कासम्म सञ्चालन हुने जनाएको छ ।
एमालेले अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न स्थायी कमिटीका सदस्यहरुलाई अञ्चलगत रुपमा जिम्मेवारी तोकेको छ ।
जसअनुसार सचिव भीम आचार्यले मेची र कोसी, स्थायी कमिटीका सदस्यहरु शंकर पोखरेल र सत्यनारायण मण्डलले सगरमाथा, सचिव गोकर्ण विष्टले जनकपुर, सचिव योगेश भट्टराईले नारायणी, सचिव प्रदीप ज्ञवालीले गण्डकी, सदस्य मुकुन्द न्यौपानेले धवलागिरी, सचिव पृथ्वीसुब्बा गुरुङले लुम्बिनीलाई कमाण्डर तोकिएको छ । त्यसैगरी राप्ति र कर्णालीमा उपाध्यक्ष युवराज ज्ञवाली, भेरीमा उप महासचिव घनश्याम भुसाल, स्थायी कमिटीका सदस्य किरण गुरुङलाई सेती र सल्लाहकार कमिटीका अध्यक्ष केशव बडाललाई सेतीको जिम्मेवारी दिइएको छ । त्यसैगरी बाग्मतीमा सुरेन्द्र पाण्डे, उपत्यकामा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सम्पर्क कमिटीमा छविलाल विश्वकर्मालाई जिम्मेवारी दिएको छ ।