उचाल्नेबाटै भट्टराईलाई धोका
३२ असार २०७९
•
३ मिनेट पाठ
उचाल्नेबाटै भट्टराईलाई धोका
एक महिनाअघिसम्म जनता समाजवादी पार्टी (जसपा) भित्र बाबुराम भट्टराई पक्षधर नेताहरूको अडान थियो, ‘विधानअनुसार पार्टीमा २ अध्यक्षको व्यवस्था कार्यान्वयन गरौं, खाली रहेका एक कार्यकारिणी अध्यक्षमा भट्टराइलाई लैजाऔं। अशोक राइलाई संघीय परिषद्को अध्यक्षमा ल्याऔं। त्यो पनि सम्भव हुँदैन भने खाली भएको एउटा अध्यक्ष पदमा राईलाई ल्याऔं। भट्टराईलाई संघीय परिषद्मै राखौं।’




भट्टराई पक्षधर नेताहरू पार्टीभित्र जसका लागि लड्दै थिए, ती व्यक्ति भित्रभित्रै कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवको कित्तामा गइसकेका थिए। स्थानीय तहको चुनावसम्म अशोक राई भट्टराई पक्षमा थिए। त्यतिबेलासम्म कार्यकारिणी समितिमा भट्टराईको पक्षमा प्रस्ट बहुमत थियो। आफूसँग प्रस्ट बहुमत भएको देखाउन भट्टराई पक्षले चुनावअघि हस्ताक्षर संकलन गर्‍यो। 

स्थानीय तहको चुनाव नजिकै आएकाले अध्यक्ष यादव एक कदम पछि हटे। भट्टराई, यादव र राईलाई समेटेर तीन सदस्यीय हेडक्वार्टर बनाइयो। पार्टीले गर्ने हरेक निर्णयमा यी तीन नेताको हस्ताक्षर अनिवार्य चाहिने भनियो। स्थानीय चुनावमा पार्टीले उम्मेदवार तोकेका व्यक्ति र निर्वाचन आयोगलाई दिने पत्रमा राईको हस्ताक्षर हुने व्यवस्था गरियो। कार्यकारिणी समितिमा आफू अल्पमतमा परेपछि अप्ठेरोमा परेका बेला भएको यो सहमतिले अध्यक्ष यादवलाई राहत मिल्यो।

जसपा राजनीतिक रूपमा फुटे पनि कानुनतः एउटै छ। आन्तरिक समीकरणमा बदलावसँगै कार्यकारिणी समितिमा अल्पमतमा र अध्यक्ष यादव पक्षको कारबाहीमा परेको भट्टराई समूह नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेको छ।  
तर स्थानीय तह चुनावपछि जसपाभित्रको अवस्था फेरियो। आन्तरिक अवस्था यादवको पक्षमा अनुकूल बन्दै गयो। चुनावको केही दिनपछि भट्टराई पक्षले फेरि अध्यक्ष यादवलाई दबाब दिन हस्ताक्षर संकलन गर्न थाल्यो। यसपटक राई भट्टराईको पक्षमा हस्ताक्षर गर्न तयार भएनन्। असार १ र २ गते विधान अधिवेशन बोलाउन अध्यक्ष यादव चुनावअघि नै तयार भएका थिए। 

तर पहिलेको सहमतिअनुसार विधान अधिवेशन बोलाउने छाँटकाँट यादवले नदेखाएपछि उनलाई दबाब दिने उद्देश्यले भट्टराई पक्षले पुनः हस्ताक्षर संकलन सुरु गरेको थियो। तर भट्टराईले सोचेजस्तो कार्यकारिणी समितिका बहुमत सदस्य हस्ताक्षर संकलन गर्न तयार भएनन्। त्यसबेलासम्म पनि इस्तियाक राई, प्रदीप यादव, महेन्द्र यादव, राजकिशोर यादव, अमृता अग्रहरीलगायत नेता भट्टराईको पक्षमा खुलेर लागेका थिए। इस्तियाक र प्रदीपले त यादवविरुद्ध भट्टराईलाई उचाल्न सक्नेजति प्रयास गरे। इस्तियाक, प्रदीप, राजकिशोर, महेन्द्रको बलमा भट्टराई र उनी पक्षधर नेताले अध्यक्ष यादवका गतिविधिको प्रतिवाद गरिरहे। 

तर भित्रभित्र पार्टीको आन्तरिक समीकरण फेरिँदै गयो। जसपाले सरकारमा भएका मन्त्री फिर्ता गरी नयाँ पठाउने कुरा चल्यो। मन्त्री फेर्ने चर्चा सुरु भएपछि इस्तियाक र प्रदीपले कित्ता परिवर्तन गरिसकेका थिए। यी दुवैजनालाई मन्त्री बनाउन अध्यक्ष यादव तयार भए। मन्त्री पाउने भएपछि यी दुई नेताले रातारात कित्ता परिवर्तन गरे। अध्यक्ष यादवले अर्को चलाखी पनि गरे। भट्टराईको कित्तामा लाग्न नदिन उनले मन्त्री राजेन्द्र श्रेष्ठलाई भने सरकारबाट फिर्ता बोलाएनन्। यसबाट श्रेष्ठ पनि यादवकै कित्तामा सक्रिय भए।  

भट्टराई पक्षले यादव पक्षलाई काउन्टर दिन छुट्टै बैठक बोलाउने निर्णय गरेपछि परिस्थिति झनै फेरियो। राजकिशोर र अमृता भट्टराईले बोलाएको बैठकमा गएनन्। अमृता भने अहिले पनि आफूहरूसँग सम्पर्कमा रहेको दाबी भट्टराई पक्षधर नेताहरूको छ। भट्टराई पक्षका एक नेताले  

जसपा संघीय परिषद् अध्यक्षको जिम्मेवारी भट्टराईले पाए। तर भट्टराईले फेरि नयाँ बाटो समाउनुपर्ने अवस्था आएको छ। कार्यकारिणी समिति अध्यक्ष यादवले भट्टराई पक्षधर नेताहरूले नयाँ पार्टी खोल्न तयारी गरेकाले कारबाही गरी पार्टीबाट हटाउनुपरेको बताएका छन्। यादवले शुक्रबार बिहान वीरगन्जमा पत्रकार सम्मेलन गरी भट्टराईसहित कार्यकारिणी समितिका ९ सदस्यलाई पार्टीबाट निकाला गरेको जानकारी गराएका हुन्। पत्रकार सम्मेलनमा अशोक राई पनि यादवसँगै थिए।
अर्को समाचार
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
१८ मिनेट अघि
•
१ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
विराटनगर । कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका छन्।




कोशी प्रदेश अधिवेशनबारे जानकारी दिन शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता राईले यस्तो बताएका हुन्।

राईले राणा र पञ्चायतले चारतारे झण्डा र रुख चिन्ह बोक्न रोक्न नसकेको बताउँदै थापाले आफूहरूलाई रोक्न नसक्ने दाबी गरेका हुन्। नेता राईले भने, ‘राणा र पञ्चायतले रोक्दा त बरु जेल गयौं तर, चारतारे झण्डा र रुख चिन्ह बोक्न छाडेनौं, गगन थापाले रोकेर रोकिदैनौं।’ राईले नियमित महाधिवेशन पक्षधर नै आधिकारिक कांग्रेस भएकाले रुख चिन्ह र चारतारे झण्डा आफूहरूकै भएको दाबीसमेत गरे।

उनले गगन थापाप्रति कटाक्ष गर्दै रुख चिन्हबाट चुनाव जितेका आफूहरूलाई चुनाव हारेकाहरूले हटाउने विषय आफैँमा हास्यास्पद रहेको बताए। ‘रुख चिन्हबाट चुनाव जितेका हामीहरूलाई चुनाव हारेकाहरूले हटाउने भन्ने विषय गलत हो’, राईले भने, ‘उहाँले यसलाई विशेष महाधिवेशन ठान्नुभएको भए त्यो भ्रमबाट मुक्त हुनुहोस्।’ राईले नेपाली कांग्रेस कोशी प्रदेशको अधिवेशन मंसिर १७ र १८ गते विराटनगरमा हुने जानकारी दिए।

उनले अधिवेशनको तयारी धमाधम भइरहेको बताउँदै कोशी प्रदेशका १४ वटै जिल्लाबाट अधिवेशनमा २ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने जानकारी दिए। अधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेर तयारीलाई तीव्र पारिएको राईले बताए। अधिवेशनको उद्घाटन कार्यक्रममा सभापति शेरबहादुर देउवा, १५औँ महाधिवेशनका संयोजक डा. शशांक कोइरालालगायत केन्द्रीय नेताहरू सहभागी हुने नेता राईले जानकारी दिए।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस