काठमाडौं— चार नम्बर प्रदेशका एमाले सांसद, केन्द्रीय नेताहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई भेटी मुस्ताङको कोरला नाका तत्काल खुलाउन माग गरेका छन्। पोखरा-बेनी-जोमसोम-लोमानथाङ-कोरला सडक चार लेनको बनाउन समेत उनीहरुले माग गरे।
जोमसोमदेखि कोरला करिब सय किलोमिटर चार लेन बनाउन र बेनीदेखि जोमसोमसम्मको ७६ किलोमिटर सडकको स्तर उन्नति गर्न माग गरेका छन्। उनीहरुले पोखरा अन्तरार्ष्ट्रिय विमानस्थलको काम छिटो अघि बढाउन समेत ध्यानाकर्षण गरेका थिए।
प्रधानमन्त्री ओलीले नेताहरुको कुरा सुनिसकेपछि यस्तो कार्य राष्ट्र हितमा हुने भन्दै त्यसलाई सरकारले गम्भीरतापूर्वक अघि बढाउने बताएका थिए। हरेक आइतबार ११ देखि १२ बजेसम्म सांसद र पार्टी कार्यकर्ताका माग र गुनासो सुन्न व्यवस्थापन गरिएको छलफलमा आज ४ नम्बर प्रदेशका नेताहरुले ओलीसँग भेट गरेका हुन्। चार नम्बर प्रदेशबाट टोलीमा सहभागीहरुमा एमाले सचिव पृथ्वी सुब्बा गुरुङ, पोलिट्ब्युरो सदस्य श्रीमाया थकाली, गणेश तिमल्सिना, पर्वत-२ सांसद विकास लम्साल लगायत थिए।