काठमाडाैं–प्रधानमन्त्री केपी शर्मा अोलीले मन्त्रिपरिषदको अाकस्मिक बैठक डाकेका छन्। बेलुका ७ बजेका लागि बोलाइएको बैठकमा के बिषयमा छलफल हुने भन्नेबारे मन्त्रीहरूलाईसमेत जानकारी दिइएको छैन।
‘सातबजे बैठकको खबर अाएको छ तर छफलफलको एजेण्डाबारे जानकारी अाएको छैन’, उद्योग मन्त्री सोमप्रसाद पाण्डेले भने ‘अाकस्मिक बैठक भएकोले केही विशेष हुनसक्छ।’
बैठकमा पछिल्लो राजनीतिक अवस्था र मधेसी मोर्चाले फेरी थालेको अान्दोलनबारे छलफल हुने संभावना छ। राैतहटको गाैरमा एक अान्दोलनकारीको मृत्यु भएको र मोर्चा झनै अाक्रामक भएको अवस्थामा अाकस्मिक बैठक बस्न लागेको हो। प्रधानमन्त्री अोलीले शनिबार कैलाली पुगेर वार्ताबाट नभए कानुनी उपाय खोज्ने बताएका थिए।