'तीन महिनामा राजनीतिक संयन्त्रबाट सीमांकन'
०५ पौष २०७२
•
७ मिनेट पाठ
'तीन महिनामा राजनीतिक संयन्त्रबाट सीमांकन'
काठमाडौं- प्रदेश सीमांकनको विवाद समाधान गर्न राजनीतिक संयन्त्र गठन गर्ने प्रतिबद्धता व्यक्त गर्दै सरकारले मधेसी मोर्चालाई आन्दोलन फिर्ता लिन आह्वान गरेको छ। सिंहदरबारमा आइतबार साँझ भएको मन्त्रिपरिषदको आकस्मिक बैठकले राजनीतिक सहमतिका आधारमा गठन गरिने संयन्त्रले सीमांकनका विषयमा तीन महिनाभित्र सुझाव दिने जनाएको छ।




'प्रदेश सीमांकन सम्बन्धमा आन्दोलनरत दलहरुले उठाएको मागलाई समेत दृष्टिगत गर्दै राजनीतिक सहमतिअनुसार संविधानमा उपयुक्त व्यवस्था गरिनेछ,' बैठकपछि उद्योगमन्त्री सोमप्रसाद पाण्डेले भने, 'यस्तो राजनीतिक सहमतिका लागि एक राजनीतिक संयन्त्र गठन गरिनेछ। उक्त संयन्त्रले तीन महिनाभित्र सुझावसहितको प्रतिवदेन दिनेछ।'

हाल रहेको सात प्रदेश सीमांकनको विरोध गर्दै आएको आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराई मधेसमा दुई प्रदेश मात्रै हुनुपर्ने माग गर्दै आएको छ। आन्दोलनरत मधेसी मोर्चाले प्रदेश सीमांकन सच्याइनुपर्ने निर्णय नै प्रमुख भएको बताउँदै आएको छ।

प्रमुख तीन दलसँग धेरै चरणमा भएका छलफलमा सीमांकन राजनीतिक संयन्त्रबाट गर्न तयार रहे पनि मधेसी मोर्चाले सीमांकन कुन–कुन जिल्लाको हुने हो, त्यस्ता विषयमा स्पष्ट प्रतिबद्धता खोजेका छन्। मधेसी मोर्चाको नाका घेर्नेसहितका आन्दोलनका कारण देशभरको जनजीवन प्रभावित बनेको छ। त्यसैलाई बहाना बनाएर भारत सरकारले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको छ।

सरकारले प्रमुख तीन दलबीच भएको सहमतिलाई अनुमोदन गरेको छ। यसअघि तीन दलबीच सुशील कोइराला नेतृत्वको सरकारले अघि सारेको संविधान संशोधन प्रस्ताव अघि बढाउने निर्णय गरेको थियो।

त्यसमा राज्यका निकायमा समानुपातिक समावेशी सहभागिताको सुनिश्चित गर्ने र संविधान प्रारम्भ हुँदा कायम रहेका प्रत्येक जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र कायम रहने गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने रहेको छ।

आकस्मिक बैठकले संविधान संशोधनको प्रस्तावलाई अघि बढाउने निर्णय गरेको हो।

एघारबुँदे माग प्रस्तुत गरेको मोर्चाले सरकारले जबर्जस्ती संविधान संशोधनको प्रस्ताव अघि बढाएको भन्दै आन्दोलनको थप कार्यक्रम सार्वजनिक गरेको थियो। उनीहरुले कोइराला नेतृत्वको सरकारले अघि बढाएको संशोधन प्रस्तावले आफ्नो माग सम्बोधन नहुने भन्दै त्यसमा पुनर्लेखन चाहेका छन्।

उनीहरुले अबको वार्ता मधेसमै हुनुपर्ने अडान राख्दै आएका छन्। मधेसी मोर्चाले ५१ प्रतिशत जनसंख्या रहेको तराई मधेसमा त्यत्तिकै संख्यामा निर्वाचन क्षेत्र हुनुपर्ने बताउँदै आएको छ।

मधेसी दलहरुले उठाउँदै आएको नागरिकता लगायत अन्य मागमा समेत वार्ता र सहमतिका आधारमा समाधान खोज्न सकिने सरकारले जनाएको छ। नयाँ संविधान जारी हुनु पूर्वदेखि नै मधेसी मोर्चाको आन्दोलनले ४ महिना पार गरेको छ।

यसैबीच, बैठकमा आइतबार मात्रै कूटनीतिक सम्बन्ध स्थापना भएको दुई सय वर्षको कार्यक्रममा सहभागी भएर फर्केका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले आफ्नो बेलायत भ्रमणबारे जानकारी गराएको सञ्चारमन्त्रीको समेत जिम्मेवारी सम्हालेका उद्योग मन्त्री पाण्डेले बताए।

'गणतन्त्रमाथि प्रहार'

जनकपुरमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि भएको दुर्व्यवहार गर्न प्रयास र लाञ्छना लगाउने कार्यको निन्दा र भर्त्सना गर्दै सरकारले सो घटनामा संलग्नमाथि कानुनी कारबाही गर्ने भएको छ।

आइतबार भएको मन्त्रिपरिषद बैठकले राष्ट्रपति भण्डारीमाथि भएको दुर्व्यवहार प्रयास र लान्छना सिंगो राष्ट्र, लोकतन्त्र र गणतन्त्रमाथिको प्रहार भएको ठहर गरेको छ।

'महिला भनेर उहाँप्रति लगाइएको लाञ्छना नारीलाई विभिन्न रुपमा पूजा गर्ने हाम्रो संस्कृति र संस्कार विपरीत समस्त महिला जगतमाथिको समेत अपमान हो,' मन्त्रिपरिषदको निर्णयमा भनिएको छ, 'राष्ट्रको शिर झुकाउने यस्तो अभद्र र असभ्य व्यवहार भविष्यमा दोहरिन नदिनेतर्फ सम्बद्ध सबैको गम्भीर ध्यानाकर्षण गराउँदै दोषीउपर कानुनबमोजिम कारबाहीको हुने यो बैठक स्पष्ट पार्दछ।'

पुस १ गते विवाह पञ्चमीको दिन जनकपुरस्थित जानकी मन्दिरमा दर्शन गर्न पुगेकी राष्ट्रपति भण्डारीमाथि आक्रमणको प्रयास भएको थियो भने मधेसी मोर्चाका कार्यकर्ताले 'विधवा' राष्ट्रपतिले मन्दिर प्रवेश गरेर अपवित्र बनाएको भन्दै गंगाजल छर्कंदै 'शुद्धीकरण' गरेका थिए।

मन्त्रिपरिषद बैठकले राष्ट्रपति भण्डारीमाथि भएको घटना ऐतिहासिक धार्मिक स्थल जानकी मन्दिर र जनताको धार्मिक आस्थामाथिको प्रहार भएको ठहर गरेको छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस