रूपन्देहीको तिलोत्तमा नगरपालिकाको चौथो नगरसभा बैठक गणपुरक संख्या नपुगेपछि स्थगित भएको छ। ९० सदस्यीय जनप्रतिनिधि रहेको सभामा आइतबार ४२ जनाको मात्रै हाजिरी भएपछि स्थगित भएको हो। बैठक स्थगितपछि एमालेबाट निर्वाचित जनप्रतिनिधि नाराबाजी गरेका छन्।
अहिले उनीहरूले नाराबाजी र अभद्र व्यवहार प्रदर्शन गरिरहेका छन्। उपमेयर जागेश्वरी चौधरीले सभाहल नजिक आफ्ना निकटका जनप्रतिनिधि जम्मा गरेर कांग्रेस मुर्दाबाद, कांग्रेसका हाकिम मुर्दावाद, राजिनामा दे लगायतका नारा लगाएका हुन्। उपमेयर चौधरीले हाकिमलाई त भनेरै गाली गरेपछि कांग्रेसबाट निर्वाचित वडाध्यक्षले आपत्ति जनाएका छन्।
बैठक स्थगित भए लगत्तै नगर प्रमुख रामकृष्ण खांण र प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवाली कार्यालय जानका लागि निस्किने क्रममा एमालेले घेराबन्दी गरेर नाराबाजी गरेपछि स्थिति तनावग्रस्त भएको छ। घेराबन्दीमा परेपछि मेयर खाण र प्रमुख प्रशासकीय अधिकृत सुरक्षित हुनका लागि नजिकैको हल भित्र पसेका थिए।
सोहि हलमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू पुगेर हुलदंगा र अभद्र व्यबहार प्रदर्सन गरेका छन। त्यसपछि प्रहरीको बाक्लो उपस्थिती बनाइएको छ। तर एमालेबाट निर्वाचित जनप्रतिनिधिले भने काग्रेसको कार्यालयमा मेयर र प्रमुख प्रशासकीय अधिकृत बैठक बसेको भन्ने आरोप लगाएका छन्।
तर, काग्रेसबाट निर्वाचित वडा नं ३ का वडाध्यक्ष कल्याण पौडेलले भने मेयर र प्रशासकिय अधिकृत घेराबन्दीमा परेको हल्ला फैलिएपछि बल्ल आफुहरु त्यहा पुगेको बताए। यसअघि असार ३१ गते नगरसभाको बजेट पास गर्न बसेको बैठकमा उपमेयर चौधरीका कारण बैठक बस्न २ घण्टा ढिलाई भएको र गणपुरक संख्या नपुगेपछि बैठक स्थगित भएको हो।
सभामा एकमात्र एजेन्डा बजेट पास गर्ने भएपनि एमालेले भने उपसमितिको पनि एजेन्डासंगै लैजान भनेपछि बिबाद चुलिएको हो। तिलोत्तमाको कार्यपालिकाले गठन गर्ने विभिन्न उपसमितिमा एमालेले बहुमतको दम्भ देखाउदै एकलौटि गर्न खोजेपछि सुरू देखिनै बिबाद उत्पादन भएको छ। तर नगरप्रमुख खांणले भने समितिहरू सहमतिका आधारमा समाबेशी र सबैलाई समेटेर बनाउनुपर्ने बताएका छन्। आज स्थगित बैठक भोलि बस्नेछ।