नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नहुने भएको छ।
तीन दिने भारत भ्रमणमा रहेका दाहालको भ्रमणको अन्तिम दिन आइतबार अध्यक्ष नड्डासँग भाजपा मुख्यालयमा पुगेर भेट भएको थियो। उनको प्रधानमन्त्री मोदीसँग भने भेट नहुने उनको सचिवालयले जनाएको छ।
सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा गत शुक्रबार दिल्ली पुगेका दाहालले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्री मोदीसँग समेत भेट गर्ने बताएका थिए। तर उनी माेदीसँग भेट नगरी नेपाल फर्कन लागेका हुन्। दाहाल आजै (आइतबार) साँझ नेपाल फर्किने कार्यक्रम छ।