काठमाडौं–मधेसी मोर्चाको माग सम्बोधन गर्ने गरी सरकारले निर्णय गरेको तीन बुँदे प्रस्तावलाई भारतलेसमेत स्वागत गरेपछि केही दिनभित्रै मधेसी मोर्चासँग सरकारले निर्णायक वार्ता गर्ने तयारी गरेको छ।वार्ताको मिति तय गरेर वार्तालाई निर्णायक बनाउने तयारी भइरहेको संचारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले बताए। 'अहिले पनि अनौपचारिक वार्ता र संवाद भइरहेको छ,' मन्त्री राईले नागरिकन्युजसँग भने,'एक/दुई दिनभित्रै मोर्चासँग निर्णायक वार्ता हुन्छ।' तीन बुँदे प्रस्तावको भारतले स्वागत गरिसकेको अवस्थामा मोर्चासँग हुने वार्ता सकारात्मक हुनेमा सरकार आशावादी देखिएको छ। 'सकारले हदैसम्मको लचकता अपनाएर तीन बुँदे प्रस्ताव पारित गरेको हो,' मन्त्री राईले भने,'तीन बुँदे प्रस्तावकै रोडम्यापको आधारमा मोर्चासँग निर्णायक वार्ता हुन्छ।'
तर मोर्चाले भने सरकारी प्रस्ताव अमूर्त भएको भन्दै त्यसले मधेसको समस्या सम्बोधन नगर्ने जनाएको छ। सरकारले पारित गरेको तीन बुँदे प्रस्ताव यसअघिका वार्तामै पेस भइसकेको भन्दै उधारो प्रस्तावले मोर्चाले स्वीकार नगर्ने जनाएको छ । मधेसी मोर्चाका नेता एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले पारित गरेको तीन बुँदे प्रस्ताव मोर्चाले अस्विकार गरेको बताए। 'अमूर्त प्रस्तावले मधेसको समस्या समाधान हुँदैन,' यादवले नागरिकन्युजसँग भने,'मोर्चाको मुख्य माग सीमाकंन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र र समानुपाति समावेशी हो। ती मुद्दा तत्काल सम्बोधान हुनुपर्छ।'
सरकारले भने यो भन्दा अधिक लचकता अपनाउन नसकिने जनाएको छ। सहमतिबाटै समस्याको समाधान गर्न सरकारले हदैसम्मको लचकता अपनाएको भन्दै सकारका प्रवक्ता मन्त्री राईले तीन बुँदे प्रस्तावमा मोर्चा सहमत नभए मोर्चाको उद्देश्य संसारले बुझ्ने टिप्पणी गरे। 'सरकारले सुरुदेखि नै प्रष्ट धारणा राख्दै आएको थियो,' उनले भने,'त्यसमा पनि मोर्चाले शंका गरेपछि मन्त्रिपरिषदले तीन बुँदे प्रस्ताव पारित नै गरेको छ। यो भन्दा धेरै लचकता अपनाउने ठाउँ छैन।'
सरकारले भने सरकारी प्रस्तावको भारतलेसमेत स्वागत गरिसकेको भन्दै त्यसले सकारात्मक माहोल बनाएको जनाएको छ। मन्त्री राईले एक/दुई दिनभित्रै मोर्चासँग निर्णायक वार्ता हुने र अबरुद्ध सबै नाका सुचारु हुने दाबी गरे।
मोर्चाका नेता यादवले भने मधेस आन्दोलन नेपालको आन्तरिक समस्या भएकाले त्यसलाई आन्तरिक रुपमै समाधान गर्नुपर्ने जनाए । उनले सरकारी प्रस्तावको कसले स्वागत गर्यो वा विरोध गर्यो भन्नु उचित नहुने भन्दै तीन बुँदे प्रस्तावले मधेसको माग सम्बोधन नहुने जनाए।